फुटबललाई ड्रोग्बाको बाईबाई, सबैखाले फुटबलबाट लिए सन्यासको ।
एजेन्सी–अग्लो शरीर अनि झ्याप्ले कपाल । मैदानमा विपक्षीटिम लाई हैरान बनाउन माहिर । सन् २००० को दशकमा विश्व फुटबलमा डिडियर ड्रोग्बाले यही पहिचान बनाए । उनी मैदानमा डटेर खेल्ने खेलाडीमध्य्ए एक हुन । ड्रोग्बाको मेहनतको फलस्वरुप अफ्रिकी मूलुक आइभोरी कोस्टले विश्व फुटबलका ठूलो छलाङ मार्यो ।
आइभोरी कोस्टका यिनै महान फुटबलर ड्रोग्बाले बुधबार राती सबैखाले फुटबलबाट सन्यासको घोषणा गरे।
चार बर्षअघि राष्ट्रिय टोलीबाट सन्यास लिएका ४० बर्षीय ड्रोग्बाले क्लब फुटबलबाट पनि सन्यास लिएका छन । ‘२० बर्ष लामो फुटबल खेललाई मैले विट मार्ने निर्णय गरें । फुटबलले दिएको सफताबाट म सन्तुष्ट छु । बाँकी समय फुटबलमै कुनै न कुनै भूमिकामा रहनेछु,’ ड्रोग्बाले बताए ।
सन् २००२ देखि २०१४ सम्म आइभोरी कोस्टको राष्ट्रिय टोलीमा पहिलो रोजाईका खेलाडी ड्रोग्बाले टोलीमा रहदा महत्वपूर्ण योगदान दिए ।
सन् २००६, २०१० र २०१४ को विश्...









