आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
स्वरसम्राटको २८औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी राजधानीमा मनाइयो

स्वरसम्राटको २८औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी राजधानीमा मनाइयो

समाचार, समाज
काठमाडौं, मंसिर-१९ । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको २८औं स्मृति दिवस बुधबार राजधानीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नारायणगोपाल संगीत कोषले बुधबार राजधानीमा आयोजना गरेको स्मृति दिवसमा संगीत क्षेत्रमा विशेष योगदान पुर्‍याउने ६ जना स्रष्टाहरुलाई नगद पुरस्कारसहित नारायणगोपाल विशेष सम्मान प्रदान गरीएको छ । सम्मानित हुनेहरुमा गायक तथा संगीतकार कर्म योञ्जन, गीतकार नीर शाह, दीर्घसिंह बम, विश्वम्भर प्याकुरेल, राजेन्द्र रिजाल र दिनेश अधिकारी छन् । सम्मानित स्रष्टाहरुले नारायणगोपालले नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानकाबारेमा चर्चा गर्दै उनलाई राष्ट्रिय विभूतिको सूचीमा राख्न सरकारसित अपिल समेत गरेका थिए । कार्यक्रममा सहभागीहरु अन्यले नारायणगोपाल नेपालीको ढुकढुकीमा बाँचीरहने एक अदभूत प्रतिभा रहेको जनाए । कार्यक्रममा विभिन्न कलाकारहरुले नारायणगोपालले गाएका गीतको सांगीतिक...
विमल बेल्जियम प्रस्थान गर्दै गर्दा  किरण भने काठमाडौंमा

विमल बेल्जियम प्रस्थान गर्दै गर्दा किरण भने काठमाडौंमा

खेलकुद, समाचार
काठमाडौं, मंसिर-१९ । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्ती मगर बुधबार बेल्जियमतर्फ प्रस्थान गरेका छन् । बेल्जियमको दोस्रो डिभिजनको क्लबमा ‘ट्रायल’ दिन विमल १० हप्ताका लागि बेल्जियमतर्फ प्रस्थान गरेका हुन् । ट्रायलमा सफल भएको खन्डमा विमललाई सोही क्लबले अनुबन्ध गर्ने छ । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विमल च्यासल युथ क्लबमा आबद्ध रहेका थिए । च्यासलबाट पाँचौं चरणका खेलसम्म खेलेका विमल क्लबसँगको करार रद्द गर्दै बेल्जियमतर्फ प्रस्थान गरेका हुन् । विमलको कप्तानीमा नेपालले सन् २०१५ मा १९ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी जितेको थियो । गोलकिपर किरण चेम्जोङ फर्किए नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर रहदै आएका किरण चेम्जोङ माल्दिभ्सको लिग खेलेर स्वदेश फर्किएका छन् । बुधबार काठमाडौं आइपुगेका किरणलाई शहिद स्मारक ‘ए’ डिभिजन लिगमा अनु...
संसदीय सुनुवाई विशेष समितिले राजदुतको सुनुवाई मंसिर २३ मा गर्दै

संसदीय सुनुवाई विशेष समितिले राजदुतको सुनुवाई मंसिर २३ मा गर्दै

राजनीति, समाचार
काठमाडौं, मंसिर-१९ । सरकारले सिफारिस गरेका ४ देशका राजदुतको सुनुवाई संसदीय सुनुवाई विशेष समितिले मंसिर २३ गते आइतबार गर्ने भएको छ । संसदीय सुनुवाई विशेष समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा भारतका लागि राजदुत सिफारिस गरेका निलाम्बर आचार्य, यूएईका लागि कृष्ण ढकाल, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे र इजरायलका लागि राजदुत सिफारिस गरिएकी अञ्जान शाक्यसँग २३ गते बिहान ११ बजे सुनुवाई गर्ने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जनाए । प्रस्तावित राजदुतहरु मध्ये एकजना उपर समितिमा उजुरी परेकाले शुक्रबार नै सो सम्बन्धमा छलफल गरिने सभापति कर्णले जनाए । राष्ट्रको मर्यादासमेत राख्नुपर्ने भएकाले राजदुतको आवश्यक योग्यता र क्षमताका विषयमा अनुभवी पूर्व राजदुतहरुसँग पनि विशेष छलफल गर्ने निर्णय गरिएको समितिले जानकारी दिएको छ ।...
बर्दियामा ब्राउन सुगर सहित एक भारतीय नागरीक पक्राउ

बर्दियामा ब्राउन सुगर सहित एक भारतीय नागरीक पक्राउ

अपराध, समाचार, समाज
बर्दिया, मंसिर-१९ । बर्दिया जिल्लको मधुवन नगरपालिका- ७ बाट ब्राउन सुगर सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको बहराईच जिल्ला मोतिपुर थाना मिहपुरुवाका २५ वर्षीय विमलेश कुमार हरजनलाई लागूऔषध सहित पक्राउ गरिएको प्रहरीले बताएको छ । शंकास्पद रुपमा हिँडिरहेकोआवस्ठा्मा हरजनको तलासी लिदा ३० ग्राम ब्राउन सुगर फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जनाए । उनका अनुसार बरामद ब्राउन सुगरको बजार मूल्य लगभग दुई लाख पर्न जान्छ ।...
नेप्से परिसूचक शून्य दशमलव ९३ प्रतिशत बढ्यो

नेप्से परिसूचक शून्य दशमलव ९३ प्रतिशत बढ्यो

आर्थिक, समाचार
नेप्से परिसूचकमा मंगलबार शून्य दशमलव ९३ प्रतिशत बृद्दि भएर बन्द भएको छ । नेप्से बिस्तारै उकालो लागे पनि यस दिनको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा निकै घटेको छ । बजार निरन्तर ओरालो लागेर निराश भएका लगानीकर्ता मंगलबार भने बजार बढेपछि उत्साहित देखिएका छन् । वाणिज्य बैंकहरूले धमाधम लाभांश बाड्ने घोषणा गर्न थालेपछि लगानीकर्ता सो तर्फ आकर्षित भएका देखिन्छन । निरन्तर बजार ओरालो लागेपछि कम्पनीहरूको सेयरमूल्य पनि निकै सस्तिएको हो। लाभांश संकलन गर्ने समयमा सस्तो मूल्यमा राम्रा कम्पनीको सेयर खरिद गर्न लगानीकर्ताहरु बजार प्रवेश गरेका कारण बजार एकाएक बढेको एक ब्रोकरले जनाए । आकर्षक लाभांश घोषणा गरेका बिभिन्न कम्पनीको बुक क्लोज मिति नजिकिएका कारण पनि बजार केही दिन देखि प्रभावित हुदै आएको देखिन्छ । अबका केही दिनमा लगानी बजारले सकारात्मक गति लिने लगानीकर्ताको अपेक्षा छ । लगानी बजार खुलेको पहिलो एक...
चाेरीकाे माेटरसार्इकलसहित चन्द्रनिगाहपुरमा दुर्इजना ब्याक्ति पक्राउ

चाेरीकाे माेटरसार्इकलसहित चन्द्रनिगाहपुरमा दुर्इजना ब्याक्ति पक्राउ

अपराध, समाचार, समाज
चन्द्रनिगाहपुर, मंसिर १८ । चोरीको मोटरसाइकल सहित ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले मंगलबार दुई जना व्याक्तिलाई पक्राउ गरेको छ । भक्तपुरबाट चोरी भएको पल्सर मोटरसाईकल सहित रौतहट गुजरा नगरपालिका ४ का शेख सम्सुद्दिन र शेख नेहाजलाई प्रहरीले पक्राउ गरेको हो । चन्द्रपुरबाट उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका डिएसपी युवराज खड्काले जानकारी दिए । साबिक बा९६प १७७० नम्बरको मोटरसाईकललाई बा९१प ४२७ नम्बर बनाएर चढेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियोे । मोटरसाइकल हराएपछि सवारी धनी ध्रुव श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए । पक्राउ परेका दुवै र मोटरसाइकल आवश्यक कारवाहीका लागि भक्तपुर पठाइने डिएसपी खड्काले जनाए।...
निर्मलाकाे निम्ति न्याय माग्दै प्रहरीकाे भ्यानमा पाेस्टर टाँसेर प्रदर्शन गर्दा  भागदौड मच्चियो

निर्मलाकाे निम्ति न्याय माग्दै प्रहरीकाे भ्यानमा पाेस्टर टाँसेर प्रदर्शन गर्दा भागदौड मच्चियो

अपराध, समाचार, समाज
काठमाडौं, मंसिर १८ । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय माग्दै नेपाल विद्यार्थी संघले मंगलबार प्रहरीको गाडीमा ‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएकाे निर्मलाको पोस्टर टाँसेको छ। काठमाडौंको प्रर्दशनीमार्गस्थित आरआर क्याम्पस नेविसंघ इकाइले निर्मलाको फोटो भएको ‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएकाे पोस्टर प्रहरीको गाडीमा टाँसेकाे हाे । नेविसंघ आरआर इकाइले क्याम्पसको मुलगेट अगाडिबाट सुरु गर्दै, प्रर्दशनीमार्ग, पुतलीसडक, भृकुटीमण्डपमा निर्मलालाई न्याय माग्दै उनको पोस्टर टाँसेका थिए। नेविसंघ आरआर क्याम्पसका नेता उत्तम साउदका अनुसार निर्मलालाई न्याय माग्दै पाँच सय भन्दा ज्याद पोस्टर टाँसिएको हो। प्रहरीको भ्यानमा पोस्टर टाँसेपछि भने प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो । भ्यानमा टाँसेको पोस्टर प्रहरीहरूले नै च्यातेका थिए ।...
१५औँ खेलमा रोकियो पिएसजीको जितको शृङ्खला

१५औँ खेलमा रोकियो पिएसजीको जितको शृङ्खला

खेलकुद, समाचार
काठमाडौं, मंसिर १८ । पेरिस सेन्ट जर्मेन (पिएसजी)को फ्रेन्च लिग वानमा लगातार जितको शृङ्खला १५औँ खेलमा पुगेर अन्त्य भएको छ । १४ औं खेलसम्म लगातार जित निकालेको पिएसजी बार्डोसँग २–२ गोलको बराबरीमा रोकियो । युरोपकै सबैभन्दा खर्चिलो तथा स्टार खेलाडीले भरिएको पिएसजीलाई बार्डोले २–२ को बराबरीमा रोके पनि शीर्षस्थानमा उसको फराकिलो अग्रता कायम छ । पिएसजीले लिगमा दोस्रो स्थानमा रहेको मोन्टफेलियर संग स्पष्ट १४ अंकको अग्रता लिएको छ । पिएसजीले १५ खेलबाट सर्वाधिक ४३ अंक बटुलेको छ । यसक्रममा पिएसजीले १४ जित र १ बराबरी खेलेको छ । दोस्रो स्थानमा रहेको मोन्टफेलियरले भने १५ खेलबाट २९ अंक जोडेको छ । मोन्टफेलियरले ८ जित, ५ बराबरी तथा २ हारको सामना गरेको छ । तेस्रो स्थानमा रहेको लियोनको २८ अंक छ । लोस्क २७ अंकका साथ चौथो स्थानमा छ ।...
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा उपाध्यक्ष कप प्रदेश स्तरीय वादो कँराते हुदै

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा उपाध्यक्ष कप प्रदेश स्तरीय वादो कँराते हुदै

मनोरन्जन, समाचार
काठमाडौं।रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा गाउँपालिका उपाध्यक्ष कप प्रदेश स्तरिय वादो कराते प्रतियोगिता यही मंसिर २९ र पौष १ श्री कण्ठेश्वर उ.मा.बि. को प्राङ्गण टोकरपुरमा आयोजना हुने भएको छ। दोरम्बा गाउँपालिकाको बार्षिक कार्यक्रम बमोजिम दोरम्बा गाउँपालिकाको आयोजनामा र आई.डब्लु.एफ.एन.कराते डो संघ जिल्ला डोजो रामेछापको सह-आयोजनामा हुन गईरहेको उक्त कराते प्रतियोगिताले दोरम्बा गाउँपालिका भित्र कराते खेलको प्रतिभावन खेलाडीहरुको उदय हुने साथै पर्यटकीय स्थल दोरम्बा गाउँपालिकामा आन्तरिक पर्यटन प्रबद्धनमा सहयोग र खेलकुद माध्यम बाट नै एउटा नमुना गाउँपालिकाको रुपमा दोरम्बा गाउँपालिकालाई चिनाउने दोरम्बा गाउँपालिकाकी उपाध्यक्ष शुश्री कृशला घिसिङ्ले बताउनु भयो। दोरम्बा गाउँपालिकामा करातेको पहिलो कार्यक्रम नै प्रदेश स्तरीय हुने भएकोले सम्पुर्ण दोरम्बा गाउँपालिका बासीहरु यस कार्यक्रमलाई सफल रुपमा स...
पूर्व क्षेत्रको पर्यटकिय क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले पुसमा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ शुरु हुने

पूर्व क्षेत्रको पर्यटकिय क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले पुसमा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ शुरु हुने

आर्थिक, समाचार, समाज
काठमाडौं, मंसिर १८ । पूर्व क्षेत्रको पर्यटकिय क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ शुरु हुने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिले मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई समेटेर मेची अञ्चलस्तरीय पर्यटन महोत्सव गर्न लागिएको जानकारी दिएको छ । आगामी पुस ५ गतेदेखि पुस १५ गतेसम्म महोत्वस आयोजना गरिने बताइएको छ । सिक्किम र पश्चिम बंगालसहितका लगभग १ लाख आन्तरिक र बाह्य पर्यटक भित्र्याउने तथा २ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य आयोजकको रहेको छ । मेची अञ्चलको सम्पुर्ण जिल्लको सांस्कृतिक, आर्थिक र पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको मेची पहाडि क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौलारीले जानाए । ‘समृद्धिको आधार हाम्रो पर्यटन...