भारतले चिनियां एप्समा रोक लगाए लगतै,चीनमा भारतीय समाचारपत्र र वेभसाइटमाथि प्रतिबन्ध
एजेन्सी । भारतले ५९ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएलगत्तै चीनले पनि भारतीय समाचारपत्रमाथि प्रतिबन्ध लगाएको छ । चीनले भारतीय समाचारपत्र र वेभसाइटमाथि प्रतिबन्ध लगाएको हो । तर भारतले एप्समाथि प्रतिबन्ध लगाएपनि चिनियाँ समाचारपत्र र वेभसाइटमाथि भने प्रतिबन्ध लगाएको छैन । चिनियाँ सरकारले भारतीय समाचारपत्रमाथि प्रतिबन्ध लगाएपछि कयौं मानिसहरु भारतीय समाचारपत्र र वेभासाइट पढ्नबाट बञ्चित भएका छन् । त्यस्तै चीनमा केबल नेटवर्क र भारतीय टिभी च्यानल(डिटिएच) पनि बन्द गरिएको जनाइएको छ । त्यहाँ भारतीय टिभी च्यानलहरु इन्टरनेट प्रोटोकल (आईपी) टिभी अर्थात इन्टरनेटमार्फत हेर्न सकिन्थ्यो । त्यस्तै चीनमा पछिल्ला २ दिनदेखि आइफोन र डेस्कटपसँगै एक्सप्रेस भीपीएनमार्फत हुने काम पनि रोकिएको छ । भीपीएन एक शक्तिशाली उपकरण हो, जसले प्रयोगकर्ताहरुलाई सरकारी इन्टरनेट जडानका साथै निजी नेटवर्कहरु निर्माण गर्ने अनु...









