फेयर एण्ड लभ्लीमाथि रंगभेदी भएको आरोप लागेसँगै,नाम बदल्ने घोषणा
चर्चित ब्युटी क्रिम फेयर एण्ड लभ्लीको नाम परिवर्तन हुने भएको छ । गोरोपनालाई बढावा दिने भन्दै विज्ञापन गर्दै आएको फेयर एण्ड लभ्लीमाथि रंगभेदी भएको आरोप लागेसँगै निर्माता कम्पनी युनिलिभरले फेयर एण्ड लभ्लीको मार्केटिङको तरिका तथा ब्राण्ड नाम बदल्ने घोषणा गरेको हो ।
बिहिबार एक विज्ञप्ती जारी गर्दै युनिलिभरले आगामी केही हप्तामै फेयर एण्ड लभ्लीको ब्राण्ड नाम परिवर्तन हुने जनाएको छ।
साथै अब आफ्ना उत्पादन तथा विज्ञापनहरुमा गोरो वा गोरोपन जस्ता शव्दहरुको प्रयोग नगर्ने पनि युनिलिभरले घोषणा गरेको छ ।
छालाको सौन्दर्य सम्बन्धी उत्पादनहरुमा सुन्दरताको मानकलाई लिएर मानिसहरुको सोँच बदलिइरहेको भन्दै उसले अब यसमा सबै तप्कालाई सामेल गरिने जनाएको छ ।
छालाको सौन्दर्य प्रशाधन सम्बन्धी आफ्ना विश्वस्तरीय उत्पादनहरुका विषयमा आफु पूर्णरुपमा सचेत रहेको भन्दै युनिलिभरले अब सबै रङ तथा प्रकारको छालालाई ध्य...









