मोहम्मद अफताब आलम प्रकरणमा थप एक जना प्रतिवादी पक्राउ
रौतहटको राजपुरमा बम बनाउनेक्रममा भएको विस्फोटमा परि भएको मृत्यु र घाइतेलाई इटाभट्टामा हालेर लागेको आरोपको मोहम्मद अफताब आलम प्रकरणमा थप एक जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजपुर नगरपालिका(६ का ३४ वर्षीय शेष सरोज भन्ने शेष सराज रहेका छन्।
नेपाली कांग्रेसका तत्कालिन सांसद आलम हाल मुद्धा पुर्पक्षका लागि कारागारमा छन्। उनीपछि अर्का प्रतिवादीलाई प्रदेश(२ प्रहरीले गत महिना पक्राउ गरेको थियो। प्रहरीले २०६४ सालको संविधान सभाको निर्वाचनको अघिल्लो दिन भएको घटनामा अनुसन्धान गर्दै गत वर्ष आलमलाई पक्राउ गरेको थियो। आलमसहित ११ जनाविरुद्ध मुद्धा दर्ता भएकामा अझै ८ जना फरार छन्।
आलमले भोलिपल्ट हुने निर्वाचनमा धाँधली गर्न स्थानीय इद्रिस शेखको गोठघरमा बम बनाइरहेको बेला विस्फोट भएको र त्यसपछि मृतक तथा घाइतेलाई नजिकैको इटाभट्टामा लगेर हालेर मारेको आरोप लागेको छ। त्यहाँ धेरै भारतीय भएकाले...









