आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
चीनसम्बन्धी कुनै रणनीतिक भूल नगर्न भारतलाई चीनको चेतावनी

चीनसम्बन्धी कुनै रणनीतिक भूल नगर्न भारतलाई चीनको चेतावनी

अन्तराष्ट्रिय, राजनीति, समाचार
चीनसम्बन्धी कुनै रणनीतिक भूल नगर्न भारतलाई चीनले चेतावनी दिएको छ। जुन १५ मा लद्दाखमा रक्तपातपूर्ण झडपपछि दुई देशबीच सम्बन्ध तनावपूर्ण बन्दै गएको छ। शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाख पुगेर सैनिकहरुसँग भेट गरेका थिए। त्यहाँ चीनतर्फ संकेत गर्दै मोदीले विस्तारवादको युग समाप्त भएको बताएका थिए। शुक्रबार नै बेइजिङमा नियमित पत्रकार सम्मेलनमा बोल्दै विदेश मन्त्रालयका प्रवक्ता चाओ लिच्यनले गैरजिम्मेवार टिप्पणी नगर्न भारतीय अधिकारीहरुलाई चेतावनी दिए। ‘भारतले द्विपक्षीय सम्बन्धलाई सुरक्षित बनाउन चीनसँग मिलेर काम गर्नुपर्छ,’ चाओले भने, ‘भारतले चीनका बारेमा कुनै रणनीतिक भूल गर्नुहुन्न।’ चिनियाँ विदेश मन्त्रालयको यो टिप्पणीलाई पछिल्लो विवाद सुरु भएयता हालसम्मकै कडा वक्तव्य मानिएको छ। विवाद बढ्दै जाँदा भारतले ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ। त्यस्तै सडक परियोजनाहरुमा चिनियाँ...
कोरोना अपडेट : आज पुष्टि भएका ७४० जना कोरोना संक्रमित कहाँ-कहाँका ?

कोरोना अपडेट : आज पुष्टि भएका ७४० जना कोरोना संक्रमित कहाँ-कहाँका ?

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३४ जना महिला र ६०६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै हालसम्म दुई हजार १७ जना महिला र १३ हजार २४२ पुरुष गरी १५ हजार २५९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।  पछिल्लो २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका एक, भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा सल्यानका आठ, बर्दियाका १०, दैलेखका दुई, दाङका एक, रोल्पाका एक, सुर्खेतका ६ जनामा संक्रमण देखिएको छ।  त्यस्तै राप्ती विज्ञान प्रतिष्ठान दाङमा दाङका आठजना, आरटीपीसीआर दैलेख प्रयोगशालामा दैलेखका १०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कालीकोटका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।  मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पताल/पशुपन...
संघमा आर्थिक अनियमितता छैन :नेपाल बक्सिङ संघ

संघमा आर्थिक अनियमितता छैन :नेपाल बक्सिङ संघ

खेलकुद, समाचार
नेपाल बक्सिङ संघले आफ्नाे संघका सबै कार्य पारदर्शि भएको दाबी गरेको छ।  केही सञ्चारमाध्यमबाट आफ्नो संघमा आर्थिक अनियमितता भएको विधान मिचिएको, बक्सिङको स्तर खुम्चिएको भन्ने समाचार प्रकाशित प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रकाशित समाचारमा कुनै सत्यता नभएको संघले जनाएकाे छ। १२औं दक्षिण एशियाली खेलकूदमा ३ वटा कास्य पदक, काठमाडौंमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुदमा ३६ वर्ष पुरानो रेकर्ड ब्रेक गर्दै बक्सिङ इतिहासकै सर्वाधिक ३ स्वर्ण, ६ रजत, र ६ कास्य पदक जित्दै राष्ट्रको गरिमा बढाउन सक्षम रहेको संघले बताएको छ। दक्षिण एसियाकै भारत पछि दोश्रो बक्सिङ्ग पावर हाउसको रूपमा उदय भइरहेको नेपाल बक्सिङ संघलाई झुठो समाचारले सहयोग नगर्ने संघका प्रवक्ता श्यामकाजी अवालेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  विज्ञप्तिमा भनिएको छ, ‘यस अघि संघबाट स्पष्टिकरण सोधिएका केही पदाधिकारी...
शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ११ उडान अवतरण

शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ११ उडान अवतरण

आर्थिक, समाचार
काठमाडौं । शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुल ११ उडान-अवतरण सम्पन्न भए । कोरोना भाइरसको संक्रमणपछि विदेशमा अलपत्र नेपालीलाई घर फर्काउने अभियान अहिले जारी छ । यस क्रममा शुक्रबार विभिन्न ६ गन्तब्यबाट जहाज आएका छन् । यी जहाजले कुल ९१८ जना यात्रुलाई नेपाल ल्याएका छन् । नेपालबाट भने कुल २ सय ५५ जना व्यक्ति विदेश गएका छन् । शुक्रबार २ वटा शवसमेत नेपाल ल्याइएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सको जहाजले दोहाबाट १४५ यात्रु र २ वटा शवलाई नेपाल ल्याएको छ । हिमालय एयरलाइन्सले आवुधावीबाट १ सय ४२ जना यात्रुलाई नेपाल भित्राएको छ । नेपाल एयरलाइन्सले दुवईबाट १ सय ४७ जना यात्रुलाई नेपाल ल्याएको छ । दुबईमा एक यात्रु गएका छन् । मालिन्दो एयरले मलेसियाबाट १ सय ७६ जनालाई नेपाल ल्याएको छ । कतार एयरवेजले दोहाबाट १४१ जना यात्रुलाई नेपाल ल्याएको छ । यो जहाजले...
गण्डकी प्रदेशमा थप ३२ जना कोरोनाका बिरामी फेला,कुल संक्रमितको संख्या १०६३

गण्डकी प्रदेशमा थप ३२ जना कोरोनाका बिरामी फेला,कुल संक्रमितको संख्या १०६३

समाचार, स्वास्थ्य
गण्डकी प्रदेशमा थप ३२ जना कोरोनाका बिरामी फेला परेका छन् । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा थप ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो । जसमध्ये नवलपरासी पूर्वका १९ जना, तनहुँका ९ जना, पर्बतका ३ जना र बाग्लुङका एक जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले जनाएको छ । आज थपिएका ३२ जना सहित गण्डकीमा कुल संक्रमितको संख्या १०६३ पुगेको छ । आज थपिएका संक्रमितहरुलाई आईसोलेशनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ...
भारतमा एकैदिन २२ हजार भन्दा बढि कोरोना संक्रमित, ३७७ जनाको मृत्यु

भारतमा एकैदिन २२ हजार भन्दा बढि कोरोना संक्रमित, ३७७ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भारतमा कोरोनाबाट दिन प्रति दिन मृत्यु हुने मानिसको संख्या बढदै गएको छ । त्यस्तै भारमा एकैदिन ३७७ जनाभन्दा बढीको मृत्यु भएको छ । योसंगै मृत्यु हुने मानिसको संख्या १८ हजार २२५ पुगेको छ । भने एकैदिन २२ हजार संक्रमित फेला परेका छन् त्यस्तै संक्रमित हुनेहरुको संख्या भारतमा छ लाख नाघेको छ ।  सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट ६ लाख ४ हजार ६४१ जना संक्रमित भएका छन् । कुल सङ्क्रमितमध्ये ३ लाख ७९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । २ लाख २६ हजार ९४७ जना अझै पनि संक्रमित अवस्थामै रहेको जनाएको छ । ...
विश्वभर कोरोना भाइरसको संक्रमणको नयां रेकर्ड ,एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै

विश्वभर कोरोना भाइरसको संक्रमणको नयां रेकर्ड ,एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्वभर कोरोना भाइरसको संक्रमण झन् झन् बढ्दै गएको छ। गएको २४ घण्टामा विश्वभर २ लाख ८ हजार २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। गएको २४ घण्टामा अमेरिकामा मात्रै साढे ५६ हजारमा संक्रमण देखिएको छ। त्यसैगरी ब्राजिलमा झण्डै ४८ हजार र भारतमा झण्डै २२ हजारमा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरमा उल्लेख छ। संक्रमण तीब्र बन्न थालेपछि अमेरिकाका कतिपय राज्यले लकडाउनलाई पुनः कडाई गर्न थालेका छन्। गएको २४ घण्टामा विश्वभर पाँच हजार एक सय ४५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। अहिलेसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख २३ हजार दुई सय ३२ पुगेको छ। यो शुक्रबार बिहान साढे ६ बजेसम्मको तथ्यांक हो। अहिलेसम्म विश्वभर संक्रमितको संख्या एक करोड नौ लाख ७३ हजार ६ सय नाघेको छ। अहिलेसम्म संक्रमणको कारण सबैभन्दा धेरै अम...
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लकडाउनका बेलाको घरभाडा नलिन घरधनीलाई आग्रह

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लकडाउनका बेलाको घरभाडा नलिन घरधनीलाई आग्रह

राजनीति, समाचार
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लकडाउनका बेलाको घरभाडा नलिन घरधनीलाई आग्रह गरेको छ। विप्लव समूहका सेती–महाकाली व्यूरोले एक विज्ञप्ति जारी गर्दै लकडाउनका बेला घरभाडा नलिन घरधनीलाई आग्रहसंगै लकडाउन अवधीभरको व्याज मिनाह गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरेको छ। विप्लव नेतृत्वको नेकपाले आफूले गरेको आग्रहको वेवास्ता गरी लकडाउनको बेलाको घरभाडा लिने घरधनीलाई कारवाहीको भागेदार हुनुपर्ने चेतावनी समेत दिएको छ। पार्टीका नेता निर्माणद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनको कारण जनताको जीवन गुजारा गर्न मुस्किल भइरहेको बेला शहर बजारका घरधनीहरुले घर भाडा अशुल गर्ने नाममा बाहालमा बस्ने हरुलाई निकै दुःख दिइरहेको र यसमा राज्यले पनि ध्यान नदेखाएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। केही मानवीय भावना भएका घर मालिक बाहेक सबै पूँजीवादी चेतनाले लैश भएका व्यक्तिहरुले घर ...
सामाजिक संजालमा कलाकारहरु आरोप प्रत्यारोपमा संलग्न देखिएको प्रति कलाकार संघको ध्यानाकर्षण

सामाजिक संजालमा कलाकारहरु आरोप प्रत्यारोपमा संलग्न देखिएको प्रति कलाकार संघको ध्यानाकर्षण

मनोरन्जन, समाचार
काठमाडौँ – नेपाल चलचित्र कलाकार संघले एक प्रेस बिज्ञप्ति जारि गर्दै बर्तमान अबस्थामा सामाजिक संन्जालमा नेपाली चलचित्र क्षेत्र र चलचित्रका कलाकारहरुको सम्बन्धमा विभिन्न कुराहरु आएको र कलाकार स्वयं पनि विभिन्न आरोप प्रत्यारोपमा संलग्न देखिएको परिबेसमा नेपाल चलचित्र कलाकार संघको ध्यानाकर्षण भएको जानकारी गराएको छ । संघका अध्यक्ष रविन्द्र खड्काद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । हेर्नुहोस प्रेस बिज्ञप्ति :                                              प्रेस विज्ञप्तीकेही दिन यता सामाजिक संन्जालमा नेपाली चलचित्र क्षेत्र र चलचित्रका कलाकारहरुको सम्बन्धमा विभिन्न कुराहरु आएको र कलाकार स्वयं पनि विभिन्न आरोप प्रत्यारोपमा संलग्न देखिएकाले नेपाल चलचित्र कलाकार संघको ध्यान आ...
क्वारेन्टिनबाट भागेर घर गएका ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

क्वारेन्टिनबाट भागेर घर गएका ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
क्वारेन्टिनबाट भागेर घर गएका कैलालीको गोदावरी नगरपालिका–११ ओलानीका ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सक्रमणको पुष्टि भएको छ । भारतबाट आएकामध्ये र्आरडीटी पोजेटिभ देखिएका ७० जनालाई वडा नम्बर ११ को सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । उनीहरूको ४ असारमा स्वाब संकलन गरिएको थियो । तर लामो समयसम्म पनि रिर्पोट नआएको भन्दै ५९ जना क्वारेन्टिनबाट भागेर घर गएका थिए । ‘त्यसको केही दिनपछि रिर्पोट आयो’ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख वीरबहादुर कुँवरले भने ‘७० मध्ये ४२ जनामा संक्रमणको पुष्टि भयो ।’ वडाध्यक्ष शिबबहादुर विकका अनुसार संक्रमित ४२ मा भागेर घर गएका ३३ जना पनि छन् । अब उनीहरुको कन्ट्याक ट्रेसिङ थालिएको छ । ‘उहाँहरू कतिको सम्पर्कमा आउनु भयो भनेर सोधपुछ गर्दैछौँ,’ कुँवरले भने, ‘सम्पर्कमा आएका सबैको पीसीआर टेस्ट आवश्यक देखिएको छ ।’ नगरपालिकाले क्वारेन्टिनब...