आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
आज गुरु पूर्णिमा : किन मान्ने गुरुलाई ?

आज गुरु पूर्णिमा : किन मान्ने गुरुलाई ?

शिक्षा
काठमाडौँ -आज आषाढ शुक्ल पूर्णिमाका दिन  गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ– गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर  ।गुरु : साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम  ।।माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भन...
लकडाउनले ब्यबसायमा मार परेको भन्दै नाई संघले बढायो कपाल काटेको रेट

लकडाउनले ब्यबसायमा मार परेको भन्दै नाई संघले बढायो कपाल काटेको रेट

आर्थिक, समाचार
काठमाडौं- नेपाल नाइ संघले काठमाडौं उपत्यकामा अब कपाल काटेको नयाँ रेट तोकेको छ। संघले लकडाउनले आफ्नो व्‍यवसाय मारमा परेको भन्‍दै कपाल काटेको नयाँ रेट कायम गरेको जिल्ला अध्‍यक्ष राजेश ठाकुरले जानकारी दिए। उनले भने, ‘अब कपाल काटेको १५० र दारी काटेको एकसय देखि २ सय रुपैयाँ तोकेका छौँ।’ उनका अनुसार लकडाउनपछि बजारमा कपालमा लगाउने सामग्रीको मूल्‍य बढेकाले कपाल, दाह्रीलगायतको मूल्‍यमा वृद्धि गर्नु परेको हो। यस्तै उनले संघले जारी गरेको विज्ञप्ति अनुसार नै उपत्‍यकाभरि यही रेट लागू हुने समेत बताए। उनले भने, ‘असार १७ देखि नाइ संघले तोकेको रेटमा उपत्यकाका सैलुनमा यही रेट कायम हुन्छ। यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।’ नाइ संघको विज्ञप्ति अनुसार अब कपाल डिजाइनिङ कटिङ गरेको (नेटबाट)३५० देखि ५ सय, दाढी डिजाइनिङ गरेको २५० देखि ३ सय, टाउको मसाज गरेको २५०, सैम्पू ...
आज ११ अन्तर्राष्ट्रिय उडान, एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

आज ११ अन्तर्राष्ट्रिय उडान, एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

आर्थिक, समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ । साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट २४९ यात्रु र पाँच शव ल्याएको छ । सोही एयरलाइन्सले दमामबाट १४४ र मलेसियाको क्वालालम्पुरबाट ९६ यात्रु र तीन शव ल्याएको छ । यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४ यात्रु र दुई शव तथा कुवेतबाट १५६ यात्रु ल्याएको छ । उक्त एयरलाइन्सको जहाज नेपाली ल्याउन आज राति दोहा र आबुधाबी प्रस्थान गरेको छ । नेपाल एयरलाइन्सको जहाज पनि दोहा प्रस्थान गरेको छ । उद्धार उडानका लागि टर्किस एयरलाइन्स पनि इस्तान्बुल प्रस्थान गरेको छ । त्यसैगरी कतार एयरवेजले दोहाबाट १२७ र जजिराले कुवेतबाट १५६ यात्रु ल्याएको छ । भोलि आइतबार पनि नौ अन्...
गीत लेखेर विभिन्न १४ वटा विश्व रकेर्ड राखेका डा. डीआर उपाध्यायको अर्को विश्व रेकर्ड

गीत लेखेर विभिन्न १४ वटा विश्व रकेर्ड राखेका डा. डीआर उपाध्यायको अर्को विश्व रेकर्ड

मनोरन्जन, समाचार
उपन्यासकार तथा गीतकार डा. डीआर उपाध्यायको आज अर्को विश्व रेकर्ड सार्वजनिक भएको छ । आधुनिक गीति एल्वम ‘मायाको सागरमा’ एक गीत १२ भाषामा (12 Languages in one song)ले गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको सार्वजनिक गरिएको हो । गीत लेखेर यसअघि विभिन्न १४ वटा विश्व रकेर्ड राखेका उपाध्यायको शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा सामाजिक दुरी कायम राख्दै पत्रकार भेटघाटबीच गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको सार्वजनिक गरिएको हो । उक्त अवसरमा प्रमुख अतिथि मन्त्री रामेश्वर राय यादवले ‘उपाध्यायले गीत मार्फत धेरैवटा विश्व रकेर्ड कायम गर्नुभएको विषय सम्पूर्ण नेपालीकै लागि गौरवको कुरा हो’, भन्दै ‘उपाध्यायका अझ रेकर्डहरु कार्यम हुँदै जाउन’ भने । उपाध्यायले ‘म समाजका लागि गीत लेख्छु, आत्मसन्तुष्टिका लागि गीत लेख्छु’, भन्दै आफूल...
चर्चित गायक आनन्द कार्कीको स्वर तथा माईकल चन्दको निर्देशनमा  ‘नेपाल भारत’ सार्वजनिक (भिडियो सहित)

चर्चित गायक आनन्द कार्कीको स्वर तथा माईकल चन्दको निर्देशनमा ‘नेपाल भारत’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं । चर्चित गायक आनन्द कार्कीको स्वर रहेको गीत ‘नेपाल भारत’ सार्वजनिक भएको छ । नयाँ गीत ‘ नेपाल भारत’ हाल नेपाल भारत वीच सिमा बिवादले देखिएको चिसिएको सम्बन्धलाई सुधार गर्नुपर्छ भन्ने सन्देश गीत मार्फत प्रस्तुत गरेका छन । ‘नेपाल र भारतबीच मित्रताको बर्षौं पुरानो सभ्यता भएको र गहिरो सामाजिक, सांस्कृतिक सम्बन्धमा निहित रहेकोले दुवै देशबीचको व्यापारिक सम्बन्धलाई मजबुत रुपमा अघि बढाउन आवश्यक देखिएकोले उक्त गीत तयार पारिएको ‘ जानकारी लोकप्रिय गायक कार्कीले बताए ।बुद्धिसागर दाहालको शव्द,भुपेन्द्र रायमाझीको एरेन्ज तथा संगीत रहेको गीतको भिडियोलाई चर्चित कोरियोग्राफर समेत रहेका म्यूजिक भिडियो निर्देशक माईकल चन्दले निर्देशन गरेका छन । बिरेन टिटुङ्ग तथा बिनोद याक्खाको छायांकन,राम सिंह भाटको सम्पादन रहेको भिडियोको कन्सेप्ट अनुज कार्कीको रहेको छ । वल्र्ड कभर मिडियाको पोष्ट प्रडक्सन रहे...
प्रधानमन्त्री ओली अचानक शीतल निवास पुगे

प्रधानमन्त्री ओली अचानक शीतल निवास पुगे

राजनीति, समाचार
काठमाडौं। सत्तारुढ दल नेकपामा आन्तरिक विवादका बीच प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न शीतल निवास पुगेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले प्रधानमन्त्री शीतल निवास गएको पुष्टि गरे। प्रधानमन्त्री ओलीको नेकपाका बहुमत स्थायी कमिटी सदस्यहरुले राजीनामा मागेपछि विवाद चर्किएको छ। नेकपाको जारी स्थायी कमिटी बैठकमा राजीनमा मागिएपछि चर्केको विवादका बीच प्रधानमन्त्री ओलीले संसदको अधिवेशन अन्त्य गरेका थिए। उता पार्टीमा सहमति जुटाउन भन्दै स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित गरिएको छ। पछिल्लो राजनीतिक परिस्थितिबारे राष्ट्रपतिसँग परामर्श गर्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन्। यही असाढ १० गतेबाट शुरु भएको नेकपा स्थायी कमिटीबो बैठकपछि प्रधानमन्त्री ओलीले आधा दर्जन पटक राष्ट्रपतिसँग भेट गरिसकेका छन्। ...
पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, दुई जनाको मृत्यु

समाचार, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप दुई जनाको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । गोरखा, पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही, देवदेहका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । पालुङटारका पुरुष १६ गते कतारबाट आएका थिए । पालुङटारको जीवनज्योति माविको क्वारेन्टिनमा बस्दा स्वास्थ्य बिग्रिँदै गएपछि जिल्ला अस्पतालको आइसोलेनमा भर्ना गरिएको थियो । उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भयो । उनको २० असारको दिन विहान ५ बजेर ५ मिनेटमा निधन भएको ...
भोलिबाट यातायात व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने

भोलिबाट यातायात व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने

आर्थिक, समाचार
काठमाडौं, २० असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जनाएको छ । यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको महासङ्घको आरोप छ । सञ्चालनका लागि सरकारसँग माग गर्दा अहिलेसम्म छलफल भन्दै अल्मलाएको र कुनै निर्णय नगरेकाले व्यवसायी आफैँ सञ्चालन गर्ने टुङ्गोमा पुगेका हुन् । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्छन्, यातायात क्षेत्रमा आश्रित परिवार भोकै रहने अस्वस्था छ, बैङ्कको ऋणको त कुरै नगरौँ, गाडी चलेकै छन् तर सावर्जनिक मात्र रोकियो, निजी गाडीले यात्रु ओसारेका छन्, त्यसैले हामीले २१ गतेपछि आफैँ निर्णय गरेर चलाउँछौँ । उपत्यकाका ट...
गोरखा अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

गोरखा अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
काठमाडौं । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । थप जानकारी आउन बांकी ।
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ । ममा कोरोना पोजेटिभ पाइएको छ ।’ विदेशमन्त्री कुरैशीले लेखेका छन्, ‘अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’ उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पाकिस्तानमा २ लाख २१ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ । पाकिस्तानमा कोरोनाबाट हालसम्म १ लाख १३ हजार ६२३ जना निको पनि भएका छन् । ...