आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
पासबिना यात्रु ओसार्ने दुई चालक पक्राउ

पासबिना यात्रु ओसार्ने दुई चालक पक्राउ

अपराध, समाचार
काठमाडौँ, २२ असार- नेपाल प्रहरीले सवारी पासबिना यात्रु ओसार्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले पासबिना बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे१ज ११३५ का चालक सञ्जय विक र डोटीबाट काठमाडौँ आउँदै गरेको बा२ज ८६ नम्बरका ट्याक्सी चालक शङ्खमान तामाङलाई आइतबार राति पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ विकले पासबिना १७ यात्रुसँग रु २५ हजार तथा तामाङले तीन यात्रुसँग रु ३० हजार पाउने सर्तमा काठमाडौँ आएको बताएको छ । पक्राउ परेका दुवै जनालाई सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । ...
रसुवागढी नाकाबाट आजदेखि चिनियाँ सामग्री नेपाल भित्रिन थाले

रसुवागढी नाकाबाट आजदेखि चिनियाँ सामग्री नेपाल भित्रिन थाले

आर्थिक, समाचार
२२,असार- रसुवागढी नाकाबाट आजदेखि चिनियाँ सामग्री नेपाल भित्रिन थालेको छ । कोभिड –१९ जोखिमका कारण गत माघ १५ गतेदेखि आवतजावत समेत बन्द रहेको रसुवागढी नाकाबाट पाँच महिनापछि आज बिहान पहिलो पटक मालसामान आयात भएको सशस्त्र प्रहरी भन्सार सुरक्षा तथा राजश्व २१ नं गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखी चिनियाँ पक्षले रसुवागढीकोे मितेरी पुलसम्म सामग्री पु¥याई दिएको सीमाक्षेत्रका सरकारी अधिकारीले बताएका छन् । मध्याह्न १२ बजे अगावै दुई ट्रकमा जुुत्ता, चप्पल, कपडालगायत मालवस्तु भन्सार हातामा पुगिसकेको र आउने क्रम जारी रहेको प्रनाउ थापाले ताउनुभयो । कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले दुुई देशका सीमा अधिकारीबीच गत हप्ता भएको सहमतिअनुरूप रसुवागढीस्थित मितेरी पुलमा चिनियाँ व्यवसायीले सामग्री ल्याएको बताइएको छ । रासस ...
काठमाडौंको कुन कुन स्थानका छन आज थपिएका संक्रिमत ?

काठमाडौंको कुन कुन स्थानका छन आज थपिएका संक्रिमत ?

समाचार, स्वास्थ्य
२२ असार, काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये कुल ५४ जना काठमाडौं उपत्यकामा थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले बताए अनुसार थपिएका ५४ जनामध्ये २४ जना काठमाडौंका, २० जना ललितपुरका र १० जना भक्तपुरका रहेका छन् । काठमाडौंमा थपिएका २४ जना संक्रमितहरुमध्ये कपन, महाराजगञ्ज, चाबहिल, भक्तपुरको चाँगुनारायण, ललितपुरको महालक्ष्मीस्थान, सुनाकोठी, थैब, गोदावरी, हात्तीवन, चापागाउँ, हरिसिद्धिलगायतका ठाउँमा भेटिएको प्रवक्ता गौतमले बताए । थपिएका थप संक्रमितसँगै हालसम्म उपत्यकाका काठमाडौंमा १६१ जना, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना संक्रमित देखिएका छन्। त्यस्तै, हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या संख्या १५ हजार ९ सय ६४ पुगेको मन्त्रालयले...
महानगरीय अपराध महाशाखाको सेवा बानेश्वरबाट शुरु

महानगरीय अपराध महाशाखाको सेवा बानेश्वरबाट शुरु

अपराध, समाचार
काठमाडौं-नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको सेवा बानेश्वरबाट दिन शुरु गरिएको छ। काठमाडौँ महानगरपालिका–१२ टेकुबाट दिँदै आएको सेवा अब वडा नं ३१ मीनभवन बानेश्वरबाट दिन शुरु गरिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार टेकुमा नयाँ भवन निर्माण शुरु गरिएकाले आइतबार बानेश्वरबाट महाशाखाले सेवा दिन शुरु गरेको जानकारी दिएको हो । महाशाखाले हाल बैंकिङ कसुर, ठगी, वैदेशिक रोजगारी, साइबर अपराध, चोरी, डकैती, गुण्डागर्दी, वन्यजन्तु तथा बहुमूल्य काठको तस्करीलगायतका मुद्दामा अनुसन्धान तथा कारवाही गर्दै आएको छ । ...
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमित

समाचार, स्वास्थ्य
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमित भेटिएका छन। यो उपत्यकामा एकदिनमै भेटिएको आजसम्मकै बढी संक्रमित संख्या हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा ५४ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम पाटन अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २३ जना, ललितपुरका २०, भक्तपुरका १० जनामा कोरोना संक्रमण भेटिएको छ। यस्तै त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका एक जना गरी पछिल्लो २४ घण्टामा उपत्यकामा ५४ जनामा कोरोना संक्रमण भेटिएको छ। ...
साढे दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान कार्य साउन १ देखि सुचारु

साढे दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान कार्य साउन १ देखि सुचारु

आर्थिक, समाचार
काठमाडौं – करिब साढे दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान कार्य साउन १ देखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले बाग्मती प्रदेशका यातायात कार्यालयमा दर्ता रहेका सरकारी, संस्थान र निजी स्वामित्वमा रहेका सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्न सूचना गरेको छ । विभागले असार २१ गतेदेखि अनलाइन फाराम खुला गरेको छ । विभागको वेबसाइटमा गई इम्बोस्ड नम्बर प्लेट प्रणालीमा प्रवेश गरी अनलाइन फाराम भर्न सकिने जनाएको छ । दुई पाङ्ग्रे सवारीका लागि दुई हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ । तीन पाङ्ग्रे सवारीका लागि दुई हजार नौ सय रुपियाँ, चार पाङ्ग्रे तथा मझौला सवारीका लागि तीन हजार दुई सय रुपियाँ र ठूला सवारीका लागि तीन हजार छ सय रुपियाँ शुल्क तोकिएको छ । दुई पाङ्ग्रे सवारीका लागि यातायात व्यवस्था कार्यालय गुर्जुधारा, तीन पाङ्ग्रे र साना तथा मझौला चार पाङ्ग्रे सवारीका लागि सवारी परीक...
तेस्रो सर्वाधिक संक्रमित देश बन्यो भारत,

तेस्रो सर्वाधिक संक्रमित देश बन्यो भारत,

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या आइतबार रुसभन्दा धेरै भएको छ । भारतमा संक्रमितको संख्या ६ लाख ९५ हजार ३ सय ९६ रहेको छ भने रुसमा ६ लाख ८१ हजार २ सय ५१ संक्रमित छन् । यसका साथै भारत संसारको तेस्रो सबैभन्दा संक्रमित देश बनेको छ । पछिल्लो १० दिनमा भारतमा संक्रमितको संख्या अत्यधिक बढेको छ । रुसमा १० दिनभित्र ६७ हजार ६ सय ३४ संक्रमित भेटिए भने भारतमा २ लाख ९ सय १९ बिरामी भेटिएका छन् । भारतमा ६.९५ लाख संक्रमित हुन १ सय ५८ दिन लाग्यो । भारतमा दैनिक औसतमा २२ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । यहाँ जूनमा ३ लाख ८७ हजार ४ सय २५ संक्रमित भेटिए । यहाँ २१ जूनपछि हरेक दिन १५ हजार बढी संक्रमित भेटिएका छन् । ...
बरिष्ठ कलाकार त्रय भैरब थापा,मह जोडी र शकुन्तला शर्मालाई भुवन चैत्य बसुन्धरा फाउण्डेशनको पुरस्कार घोषणा

बरिष्ठ कलाकार त्रय भैरब थापा,मह जोडी र शकुन्तला शर्मालाई भुवन चैत्य बसुन्धरा फाउण्डेशनको पुरस्कार घोषणा

मनोरन्जन, समाचार
भुवन चैत्य बसुन्धरा फाउण्डेशनले नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा ६ दशक भन्दा बढी समय देखि कार्यरत विशिष्ट नृत्य निर्देशक भैरव बहादुर थापालाई हरिश भुवनचन्द पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। यसैगरी चैत्य देवी सिंह पुरस्कार ४ दशक भन्दा बढी समय देखि रंगमञ्च, चलचित्र तथा सामाजिक सेवामा सकृय रहेएका विशिष्ट हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (महजोडी) लाई र चेतनारायण बसुन्धरा भूसाल पुरस्कार ५ दशक भन्दा बढी समय देखि रंगमञ्च तथा चलचित्रमा कार्यरत विशिष्ट अभिनेत्री सकुन्तला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ। प्रत्येक पुरस्कारको रकम एकाउन्न हजार राशीको रहेको छ। फाउण्डेशनकी अध्यक्ष वरिष्ठ कलाकार बसुन्धरा भुसालकाे अध्यक्षतामा बसेकाे बैठकले साे निर्णय गरेकाे हाे। अघिल्लो वर्षको तीनवटै पुरस्कार चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषलाई एक लाख त्रिपन...
पछिल्लो २४ घण्टामा नेपालमा थप २९३ जना कोरोना संक्रमित ,काठमाडौंका २७ सहित उपत्यकामा ३० संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा थप २९३ जना कोरोना संक्रमित ,काठमाडौंका २७ सहित उपत्यकामा ३० संक्रमित थपिए

समाचार, स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २७ जना, ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंका संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ५ जना, वीर अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालमा २१ जना भेटिएका हुन् । शिक्षण अस्पतालमै भक्तपुरका १ जना र ललितपुरका २ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा नेपालमा थप २९३ जना कोरोना संक्रमित थपिएका छन्।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ हजार ५४७ पुगेको छ। आज २५ प्रयोगशालामा ४ हजार ७१० ज...
लोकप्रिय गायक रमेश श्रेष्ठ ‘मेलोडी’को “चौबन्दी”  सार्बजनिक(भिडियो सहित)

लोकप्रिय गायक रमेश श्रेष्ठ ‘मेलोडी’को “चौबन्दी” सार्बजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
लोकप्रिय गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गित “चौबन्दी” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइसकेका तथा देशैभर हुने मेला महोत्सब तथा सास्कृतिक कार्यक्रममा ब्यस्त बनेका गायक रमेशको सुमधुर आवाजमा रहेको “चौबन्दी” भर्खरै मात्र आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ । https://www.youtube.com/watch?v=SNald4VuFXU&feature=emb_logo बसन्त राइको शब्द तथा गायक रमेश श्रेष्ठको स्वर तथा संगीत रहेको गीतको भिडियोलाइ अन्जु ढकालले छायांकनले गरेका छन् भने बिकाश खड्काले निर्देशन गरेका छन् । भिडियोमा बिकाश खड्का तथा अञ्जना तामाङलाइ फिचर्ड गरिएको छ । ...