आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
नेपाल -चीन सम्बन्ध स्थापनाको ६५ औँ वर्ष

नेपाल -चीन सम्बन्ध स्थापनाको ६५ औँ वर्ष

राजनीति, समाचार
काठमाडौं । आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सव। यसैअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गरेकी छन्। सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन्। राष्ट्रपति सीले गत अक्टोबरमा गरेको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेको स्मरण राष्ट्रपति भण्डारीले गरेकी छन्। सन्देशमा राष्ट्रपति भण्डारीले गत अप्रिलमा आफूले गरेको चीनको राजक...
पर्साका सांसद प्रदिप यादवमा कोरोना संक्रमण

पर्साका सांसद प्रदिप यादवमा कोरोना संक्रमण

राजनीति, समाचार, स्वास्थ्य
काठमाडौं। प्रतिनिधिसभाका सांसद प्रदिप यादवमा कोरोना संक्रमण देखिएको छ। पर्साबाट प्रतिनिधिसभामा प्रत्येक्ष निर्वाचित जनता समाजवादी पार्टीका सांसद यादवले आफ्नो फेसबुकमाफर्त आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन्। उनले आफूले कोरोना परीक्षणका लागि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको बताएका छन्। उनले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको र वीरगञ्जस्थित आफ्नै घरमा आइसोलेशनमा बसेको बताएका छन्। यादव संक्रमित हुने पहिलो सांसद हुन्। यसअघि कर्णाली प्रदेशका सदस्य जीवनबहादुर शाही संक्रमित भएका थिए। उनी ठिक भएर अस्पतालबाट डिस्चार्ज भइकसकेका छन्। ...
गुल्मीको रुरुक्षेत्रमा पहिरोमा पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

गुल्मीको रुरुक्षेत्रमा पहिरोमा पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

समाचार, समाज
गुल्मीको रूरूक्षेत्र गाउँपालिका ५ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। माथिबाट खसेको पहिरोसहितको ढुंगाले घर पुरिँदा रूरूक्षेत्र ५ बम्घा आटीपाटाकी ३० वर्षीया बिना माझी (बोटे), उनका छोराहरु ९ वर्षीय सागर, ७ वर्षीय हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको हो। ‘गए राति करिब आठ बजेको घटना हो,’ गुल्मीका प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले भने, ‘आमा र छोराछोरीसहित परिवारका चारै जनाको घटनास्थलमै मृत्यु भएको छ।’ बिनाका पति राजु माझी (बोटे) भने रोजगारीको सिलसिलामा भारतमा छन्। उद्धारका इलाका प्रहरी कार्यालय रिडी र जुहाङबाट प्रहरी टोली राति नै घटनास्थलमा पुगेको एसपी खड्काले जानकारी दिए। ...
चर्चित हांस्यकलाकार गोपाल ढकाल छन्दे निर्देशित “टेन्सन साफ” शुक्रबारबाट ‘छन्दे’ युट्युब च्यानलबाट सार्वजनिक(भिडियो)

चर्चित हांस्यकलाकार गोपाल ढकाल छन्दे निर्देशित “टेन्सन साफ” शुक्रबारबाट ‘छन्दे’ युट्युब च्यानलबाट सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं– हास्य श्रृंखला टेन्सन साफ आज शुक्रबारदेखि युट्युबको छन्दे च्यानलबाट प्रदर्शन भएको छ । लामो समयदेखि अभिनयमा सक्रिय कलाकार गोपाल ढकाल छन्देले टेन्सन साफ शीर्षकको टेलिश्रृंखलामार्फत आफ्नो युट्युब च्यालन छन्देबाट निरन्तरता दिने भएका छन् । हर्कमान वाइबा (रिदम), रबिन भुषाल(कडा), राजेश महर्जन, सुर्यकला आचार्यको निर्माण संयोजनमा तयार भएको ‘टेन्सन साफ’ श्रृंखलाको लेखन तथा निर्देशन पनि छन्देले नै गरेका छन् । एभरग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्ट प्रा.लि को ब्यानरमा निर्मित टेन्सन साफमा श्याम राई, उद्धव प्रसाद भट्टराई, गोपाल ढकाल(छन्दे), गीता नेपाल, रोहित कार्की, प्रमिला राई, हर्कमान वाईबा(रिदम), रबिन भुषाल(कडा), आशिका अधिकारी, उमेश पाण्डे (उमिशा),शोभित वाईबा, मिठु माझी, राजेश महर्जन आदिले अभिनय गरेका छन् । गोपाल ढकाल छन्देको शीर्ष गीत लेखन, बैकुण्ठ अधिकारीको एरेन्ज तथा संगीतमा कृ...
भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना

भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना

अन्तराष्ट्रिय, समाचार
एजेन्सी । भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना भएकी छिन् । बिहीबार साँझ ७ बजे गान्धीलाई अस्पताल भर्ना गरिएको हो । अस्पतालका अनुसार अहिले उनको अवस्था स्थिर रहेको छ । अस्पताल बोर्डका अध्यक्ष डा.डिएस राणाकाअनुसार गान्धीलाई नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल भर्ना गरिएको हो । राणाले गान्धीको अवस्था अहिले सामान्य रहेको बताए । तर गान्धीलाई पेटको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको केही भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । यसअघि फब्रुअरी २, २०२० मा पनि गान्धी पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । त्यसबेला उनलाई भेट्न थुप्रै नेताहरु पुगेका थिए । ७३ वर्षीया गान्धी केही वर्षयता स्वास्थ्य समस्याहरुसँग संघर्ष गर्दै आएकी छिन् । ...
मेलम्चीको पानी मङ्सिरमा आउन सक्ने

मेलम्चीको पानी मङ्सिरमा आउन सक्ने

आर्थिक, समाचार
काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेश द्वारको संरचना र जडानमा पुनर्विचार गरिने भएको छ । यही असार ३० गते एक जनाको मृत्यु, एक बेपत्ता र दुई जना घाइते हुने गरी भएको घटनाको प्राविधिक अध्ययन समितिले डिजाइनिङ र जडानमा पुनः समीक्षा गर्नुपर्ने सुझाव दिएको छ । यसका कारण मेलम्ची खानेपानी आयोजनाले पानी आपूर्ति दिने समय कम्तीमा थप दुई महिना ढिला हुने देखिएको छ । पूर्वनिर्धारित समयअनुसार आगामी असोजमा आउने भनिएको मेलम्ची अब कम्तीमा दुई महिना पर धकेलिएको छ । समितिले अकस्मात् खुलेको गेटसँगै थप दुईवटा गेटको समीक्षा गर्न सुझाव रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए । उनका अनुसार गेटको ‘नटबोल्ट फेल’ भएर खुल्यो । त्यस कारण डिजाइन र जडानको प्राविधिक पक्षलाई समीक्षा गर्नुपर्ने भएको छ । ...
न्यायधीशलाई कोरोना संक्रमण पछि जनकपुर उच्च अदालत र जिल्ला अदालत आजदेखि बन्द

न्यायधीशलाई कोरोना संक्रमण पछि जनकपुर उच्च अदालत र जिल्ला अदालत आजदेखि बन्द

समाचार, स्वास्थ्य
कोरोना संक्रमण बढेको भन्दै जनकपुर उच्च अदालत र जिल्ला अदालत धनुषा निश्चित कामकारबाही बाहेक अन्य सबै सेवाहरु आजदेखि बन्द हुने भएको छ। उच्च अदालत जनकपुरका एक न्यायाधीशलाई कोरोना संक्रमण भएपछि बिहीबार बसेको उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, उच्च तथा जिल्ला सरकारी वकिलको कार्यालय एवं बार एसोशिएसनको छलफलबाट यस्तो निर्णय लिएको हो। साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जना कर्मचारीहरुको स्वाब प्रादेशिक प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा एकजना न्यायाधीशको रिपोर्ट पोजेटिभ आएको थियो। ...
उपत्यकामा कोरोनाको जोखिम बढ्यो,उच्च सतर्कता अपनाउन सीएमसीको आग्रह

उपत्यकामा कोरोनाको जोखिम बढ्यो,उच्च सतर्कता अपनाउन सीएमसीको आग्रह

समाचार, स्वास्थ्य
काठमाडौँ – काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्रले काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ । सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले उच्च सतर्कता अपनाउन सीएमसीले सरोकारवालालाई आग्रह गरेको हो । यहाँका उद्योग धन्दा, कलकारखाना र सबै कार्यालय सुचारु हुँदा विभिन्न जिल्लाबाट मजदुर आउने क्रम बढेसँगै कोरोनाका सङ्क्रमितको सङ्ख्या वृद्धि भएको सीएमसीको बुझाइ छ । काठमाडौँ, सङ्कट व्यवस्थापन केन्द्र ९सीएमसी०का सल्लाहकार एवं काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले उपत्यका प्रवेश गर्ने व्यक्तिलाई उच्च निगरानी राख्न जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरिएको बताए । उनले उपत्यकामा कोरोना समुदायमा फैलिए भयावह हुने भएकाले भारतबाट आउने नागरिकको अनिवार्य पीसीआर परीक्षण...
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आफ्नै यूट्यूब च्यानल संचालनमा

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आफ्नै यूट्यूब च्यानल संचालनमा

मनोरन्जन, समाचार
नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (Nepal International Film Festival) (NIFF) आयोजना गर्दै आएको संस्था नेपाल चलचित्र तथा सास्कृतिक प्रतिष्ठान Nepal Film and Cultural Academy (NFCA)ले युटुब च्यानल सञ्चालन गरेको छ । यस संस्थाले मकवानपुरको चलचित्र लेखन कार्यशालाको भिडियो हालेर च्यानलको शुरुवात गरेको छ । संस्थाले NIFF का तीनवटै आयोजनाका भिडियोहरु क्रमश: हाल्दै जाने जनाएको छ । नेपाली चलचित्रको उचित बजारीकरण, विस्तार, ब्यवस्थापन गर्ने अनि समय समयमा गरिने कार्यशालाहरुको भिडियोहरु यस च्यानलमा राखेर नेपाली चलचित्रकर्मीहरुले स्वदेशीलाई मात्रा नभई विदेशी चलचित्रकर्मीहरुले पनि यस च्यानलबाट बिशेषगरी नेपाली चलचित्रको थप अध्ययन गर्न सहज हुन सक्ने जानकारी संस्थाका महासचिव राजु के.सिले जानकारी दिनुभयो । संस्थाले आयोजना गर्ने प्रत्यक गतिविधी यस च्यानलमा राखिने पनि जानकारी गराउनु भयो । ...
रातको समयमा भारतबाट लुकिछिपी नेपाल भित्रिने क्रम बढ्यो

रातको समयमा भारतबाट लुकिछिपी नेपाल भित्रिने क्रम बढ्यो

समाचार, समाज
बारा – रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढेपछि सीमा क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दिउँसोको समयमा नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको उच्च निगरानी रहेका कारण राति नेपाल भित्रिनेहरु धेरै हुने गरेका हुन् । भारतबाट नेपाल भित्रिने क्रम नरोकिएपछि बारा जिल्लाका सीमा क्षेत्रका बासिन्दा त्रसित भएका कलैया उपमहानगरपालिका वडा नं १०, मटिअर्वा टोलका रामायाण पडितले बताए । यसरी भारतबाट आउनेहरु बारा जिल्लाको पूर्वमा सिम्रौनगढ, पचरौता नगरपालिका, सुर्वण, फेटा र बिश्रामपुर गाउँपालिकाको दक्षिणी भागमा पर्ने खुला सीमाबाट नेपाल प्रवेश गर्छन् । दिउँसो कम देखिए पनि राति धेरै सङ्ख्यामा ओहोरदोहोर गर्ने गरेको सिम्रौनगढ नगरपालिकाका जयप्रसाद कुशवाहाले जानकारी दिए । भारतीय नागरिक लुकिछिपी बारा, पर्सामा आउने, चुपचाप बस्ने र उद्योग कारखानामा काम गर्ने बताइएको छ । यो क्रम बढ्दै गएपछि अहिले पथलैय...