आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
चीनमा फेरि कोरोना संक्रमण फैलिन थाल्यो

चीनमा फेरि कोरोना संक्रमण फैलिन थाल्यो

अन्तराष्ट्रिय, स्वास्थ्य
चीनमा फेरि कोरोना संक्रमण फैलिन थालेको छ। कोरोना महामारी नियन्त्रण भएको भनिएको लामो समयपछि पुनः संक्रमित देखिन थालेपछि चीन सरकार चिन्तित बनेको छ। चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो समय चीनको उत्तरपूर्वी तटीय सहर डालियानमा देखापरेको कोरोना संक्रमण फैलिँदै अहिले देशका ५ प्रान्तको ९ सहरमा पुगिसकेको छ । समाचार एजेन्सी एएफपीका अनुसार कोरोना संक्रमण फेरि जाग्न थालेपछि लकडाउनजस्ता प्रतिबन्ध पुनः सुरु गर्नुपर्ने देखिएको चिनियाँ अधिकारीले बताएका छन् । गत वर्ष (सन् २०१९) अन्तिमतिर चीनमा सुरु भएको कोरोना संक्रमण लकडाउनलगायत प्रतिबन्ध लगाइएपछि नियन्त्रणमा आएको थियो। तर केही दिनयता चीनका विभिन्न स्थानमा कोरोना संक्रमण पुनः देखापर्न थालेको हो। मंगलबार मात्रै चीनमा ६८ जना नयाँ संक्रमित भेटिएका हुन्। यो संख्या अप्रिलयताकै ठूलो भएको चिनियाँ अधिकारीले जनाएका छन्। त्यसमा पनि ५७ संक्रमित ...
तालिवानद्वारा तीन दिने युद्धविराम घोषणा

तालिवानद्वारा तीन दिने युद्धविराम घोषणा

अन्तराष्ट्रिय, राजनीति
एजेन्सी- तालिवानले ईद अल अधाको मुस्लिम छुट्टीको समयमा शुक्रबारदेखि तीन दिनको युद्धविराम घोषणा गरेको छ। मंगलबार नै दुई महिनाभन्दा बढी अवधिपछि अफगानिस्तान सरकारले दोस्रो पटक तालिवानसँग वार्ताको प्रस्ताव गरेसँगै उक्त समूहले पर्वको समय पारेर युद्धविरामको घोषणा गरेको हो। तालिवान समूहका प्रवक्ता जाविहुल्ला मुजाहिदले एक विज्ञप्ति जारी गर्दै भने, ‘सबै मुजाहिद्दीन (तालिबानी लडाकू)लाई ईद अल–अधाको तीन दिन र तीन रातमा दुश्मनको विरूद्ध कुनै किसिमका सशस्त्र कारबाही रोक्न आह्वान गरिएको छ।’ यसअघि मङ्गलबार नै राष्ट्रपति असरफ घानीले राष्ट्रपतिको कार्यालयका उच्च पदस्थ अधिकारीसँग एक हप्ताभित्र शान्तिवार्ता हुने बताएका थिए। ...
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको  रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रबृहत्तर गुरुयोजना

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रबृहत्तर गुरुयोजना

आर्थिक, समाचार
काठमाडौं । रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रको बृहत्तर गुरुयोजनमा जमलस्थित यसअघि परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न प्रस्ताव गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौँको मौलिकता झल्काउने र खुला ठाउँ (ओपन स्पेस) निकाल्ने लक्ष्यसहित रानीपोखरीदेखि दशरथ रङ्गशालासम्मलाई समावेश गरेर गुरुयोजनाको प्रस्ताव तयार पारेको छ । जसमा शुरुआती चरणमा घण्टाघरतर्फ रहेको त्रिचन्द्र कलेजको भवनलाई प्रवलीकरण गरी जस्ताको जस्तै बनाउने, त्यसपछि घण्टाघर पछाडि रहेको खाली जग्गा र जमलमा रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्ने प्रस्ताव गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घण्टाघरतर्फ रहेको भवनको प्रवलीकरणका लागि गत वर्ष विस्तृत परियोजना प्रस्ताव ...
स्याङ्जामा २५ संक्रमित थपिए,१६ जना संक्रमित प्रहरी

स्याङ्जामा २५ संक्रमित थपिए,१६ जना संक्रमित प्रहरी

समाचार, स्वास्थ्य
पोखरा । स्याङ्जामा आज थपिएका २५ संक्रमितमध्ये १६ जना संक्रमित प्रहरी रहेको खुलेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आज बेलुकी विज्ञप्ति निकालेर स्याङ्जामा २५ संक्रमित थपिएको जानकारी दिएको थियो । जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले १६ जना प्रहरीमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । हिजो मात्रै स्याङ्जा प्रहरी प्रमुखसहित १८ जनालाई कोरोना पुष्टि भएको थियो । यसअघि पनि स्याङ्जामा २ हवल्दार र एक सिपाहीमा कोरोना पुष्टि भई सकेको छ । यो सँगै स्याङ्जामा ३७ प्रहरीमा कोरोना पुष्टि भएको छ । सुरक्षा निकायका प्रतिनिधि नै कोरोना संक्रमित बनेपछि स्याङ्जाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । सार्वजनिक सवारी बन्द गरेर अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कनको लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेको छ । ...
पारिश्रमिकको विषयमा रोजगारदाता र ट्रेड युनियनबीच ७ बुँदे सहमति

पारिश्रमिकको विषयमा रोजगारदाता र ट्रेड युनियनबीच ७ बुँदे सहमति

आर्थिक, समाचार
लकडाउनको समयमा दिने पारिश्रमिकको विषयमा रोजगारदाता र ट्रेड युनियनबीच सहमति भएको छ । काममा नजाने श्रमिकले चैतको पुरा तथा वैशाख र जेठ महिनाको आधा तलव पाउने भएका छन्। नेपाल रोजगारदाता परिषद र श्रमिक संगठनहरुबीच भएको ७ बुँदे सहमति अनुसार लकडाउनको अवधिमा काममा नगएका श्रमिकहरुलाई तलब उपलब्ध गराइने भएको हो। रोजगारदाताको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा श्रमिकका तर्फबाट संयुक्त ट्रेड युनियन सहित ८ वटा मजदूर संगठनले सम्झौतामा हस्ताक्षर गरेका छन्। उद्योग व्यवसाय क्षेत्रको प्रकृति फरकफरक हुने भएकोले व्यवसायको प्रकृति र अवस्था अनुसार उद्योग प्रतिष्ठानको सहज सञ्चालन, लकडाउन अवधिको पारिश्रमिक भुक्तानी र श्रमिकलाई आलोपालो गरी काममा लगाउने लगायतका विषयमा सम्बन्धित वस्तुगत संघ तथा सो क्षेत्रसँग सम्बन्धित उद्योग प्रत...
लकडाउन हटेसँगै कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

लकडाउन हटेसँगै कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

समाचार, स्वास्थ्य
काठमाडौं, साउन १० लकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको चिकित्सकले बताएका छन् । कोरोना संक्रमितको संख्या १८ हजार नाघे पनि संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ सुस्त गतिमा गरिएकाले जोखिम अत्यधिक बढेको हो । लकडाउन खुकुलो भएपछिको अवधिमा मात्रै संक्रमितको संख्या १२ हजार १ सय ६३ पुगेको छ । पहिलोपटक गत १ असारमा लकडाउन खुकुलो भएको थियो । गत ७ साउनदेखि सरकारले लकडाउन पूर्ण रूपमा हटाएको छ । पछिल्ला दुई दिनमा २ सय ८० जनामा संक्रमण देखिएको छ । लकडाउन खुकुलो हुँदा भौतिक दूरी कायम नहुने र संक्रमितसँग सम्पर्क हुन सक्ने भएकाले जोखिम बढ्न सक्ने जनस्वास्थ्य विज्ञहरूको विश्लेषण छ । मुख्यतः काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरू गुड्न थालेका छन् । ती सवारी साधनमा चढ्न...
गायक बिनय कार्कीको गीत ‘मायामा फँसे कि म ’ सार्बजनिक(भिडियो सहित)

गायक बिनय कार्कीको गीत ‘मायामा फँसे कि म ’ सार्बजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
साउन ९ , साङ्गीतिक क्षेत्रमा डेढ दशक बिताइसकेका गायक, सङ्गीतकार तथा सङ्गीत संयोजक बिनय कार्कीको धेरै पछि एउटा आशा लाग्दो गीत ‘मायामा फँसे कि म…’ सार्बजनिक भयको छ । रियालिटी शो भ्वाइस अफ नेपाल सिजन-२ मा ‘भुमो’ गीतबाट निकै भाइरल भएर चर्चा कमाउन सफल बिनयले ‘मायामा’ बोलको गीत सार्बजनिक गरेर अझ धेरै स्रोता/दर्शकको माया पाउने आशा राखेको बताउछन । बिनयलाई यो गीतमा लोकप्रिय गायिका मेलिना राईले साथ दिएकी छन् । माया प्रेममा रहेर बनाइयको गीतमा सबिन लामाको शब्द रहेको छ भने सङ्गीत बिनय स्यम्कै रहेको छ । सङ्गीत सम्योजक भने शेलेन्द्र प्रधान बाबुको रहेको छ । ‘मैले सधैँ जसो गाइरहेको गीतमा भन्दा केही फरक गीत आएको छ । यो गीतलाई पनि सबैले माया गरिदिनु हुन्छ भन्ने विश्वास लिएकी छु’ मेलिना राईले भनिन् । गीतको भिडियोमा गायक बिनय र अलिशा शर्मालाई फिचरिङ गरिएको छ । आशिस रानाको कोरियोग्राफर र निर्देशन रहेक...
चारकिलोमा पहिरो मुल्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

चारकिलोमा पहिरो मुल्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

समाचार, समाज
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । पहिरो ठूलो भएकाले के कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने उनले जानकारी बताए । सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ । ...
सितापाइलामा युवतीलाई तेजाब छ्याप्ने दुई व्यक्ति पक्राउ

सितापाइलामा युवतीलाई तेजाब छ्याप्ने दुई व्यक्ति पक्राउ

अपराध, समाचार
युवतीलाई तेजाब छ्याप्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति तेजाब छ्यापेर भागेका रौतहट लक्ष्मीपुरका मोहमद आलम र भारतका मुन्ना महमदलाई घटनाको २ घण्टामै प्रहरीले पक्राउ गरेको हो। उनीहरू हाल डल्लु बस्ने र कालिगढको काम गर्ने गरेको प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए। युवतीलाई मुन्नाले मन पराएको तर युवतीले अर्कैलाई मन पराएको रिसमा एसिड छ्यापेको उनीहरूले प्रहरीसमक्ष बयान दिएका छन्। बिहीबार राति पौने ९ बजेतिर युवतीलाई तेजाब छ्यापेर उनीहरूले कोठातर्फ भागेका थिए। तेजाब मुन्नाले छ्यापेका थिए। मोहमदले मुन्नालाई युवतीको घरनजिकै लगेर छाडेको र एसिड छ्यापेपछि दुवै जना मोटरसाइकलमा भागेका थिए। पीडित युवतीको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ। बाफलमा जुजु धौ र चिउरा किनेर फर्किंदै गर्दा उनलाई तेजाब छ्यापि...
सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार

सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार

अपराध, समाचार
काठमाडौं । राजधानीको सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको हो । दही किन्न भनि डेराबाट बाहिर निस्केकी उनीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो । उनलाई कसले एसिड प्रहार गरेको हो भन्नेबारे खुल्न नसकेको महानगरीय प्रहरी बृत्त स्वयम्भुका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए ।उनको मुखमा एसिड परेको छ भने अहिले कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको भट्टले जानकारी दिए । उनले एसिड प्रहार गर्नेको खोजी हुनुका साथै यस सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए । ...