आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
मेलम्चीमा पहिरोले पुरिएर ८ मजदुर बेपत्ता

मेलम्चीमा पहिरोले पुरिएर ८ मजदुर बेपत्ता

समाचार, समाज
काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची बजारनजिकै पहिरोमा पुरिएर आठजना मजदुर बेपत्ता भएका छन्।  मेलम्ची नगरपालिका-११ स्थित मेलम्ची बजार पिपल बोटमा कभर्ड निर्माणका लागि खटिएका मजदुरहरूलाई पहिरोले पुरेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले बताए।  मजदुरहरू बसेको छाप्रो पहिरोले पुर्दा ९ जना हराएका थिए। तीमध्ये एकजनाको जीवितै उद्धार गरिएको छ। आठजनाको खोजी भइरहेको छ।  “घटनास्थलको प्रकृति हेर्दा उनीहरूको जीवितै उद्धार हुनसक्ने सम्भावना न्यून देखिन्छ”, उनले भने।  मेयर अर्यालका अनुसार ती मजदुरहरू ठेकेदारले तराईबाट ल्याएका थिए। उनीहरूको नाम ठेगाना खुलिसकेको छैन।  घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोलीले उद्धारलाई जारी राखेको छ।  ...
चीनसँग खरिद गरेका छ वटा चिनियाँ जहाज ‘ग्राउन्डेड’

चीनसँग खरिद गरेका छ वटा चिनियाँ जहाज ‘ग्राउन्डेड’

आर्थिक, समाचार
काठमाडौँ – सञ्चालन घाटा बढ्दै गएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका छ वटा चिनियाँ जहाज यसै सातादेखि ‘ग्राउन्डेड’ भएका छन् । बढ्दो दायित्वबीच निगम सञ्चालक समितिले गत असार १६ गते चिनियाँ जहाज सञ्चालनमा नल्याउने निर्णय गरेसँगै नेपाली आकाशमा चिनियाँ जहाजको उडानमा अहिलेलाई पूर्णविराम लागेको हो । आन्तरिक उडानमा पनि निगमलाई प्रतिस्पर्धी बनाउने र विकट क्षेत्रमा नियमित उडान गर्ने उद्देश्यसाथ २०७१ वैशाखमा निगमले चीनमै निर्मित ५६ सिट क्षमताका दुईवटा एमए ६० र १७ सिट क्षमताका चारवटा वाई १२ जहाज ल्याएको थियो । यसमध्ये एउटा एमए ६० र एउटा वाई १२ जहाज निगमको अनुदानमा र बाँकी चारवटा जहाज चीनकै एक्जिम बैङ्कसँग ऋण लिएर निगमले साढे चार अर्ब रुपियाँमा खरिद गरेको थियो । पहिलोपटक २०७१ वैशाखमा चिनियाँ जहाज भित्रिएदेखि नै बारम्बारको प्राविधिक समस्या र आर्थिक भारका कारण निगमले यसको...
आज जनै पूर्णिमा रक्षाबन्धन, देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै

आज जनै पूर्णिमा रक्षाबन्धन, देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै

समाचार, समाज
काठमाडाैं। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ। यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानव...
भारत जाने यात्रुहरुका लागि भारत सरकारको नयाँ नियम सार्वजनिक

भारत जाने यात्रुहरुका लागि भारत सरकारको नयाँ नियम सार्वजनिक

अन्तराष्ट्रिय, समाचार
एजेन्सी । विदेशबाट भारत जाने यात्रुहरुका लागि भारत सरकारले नयाँ दिशानिर्देश जारी गरेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विदेशबाट भारत भित्रिने यात्रुहरुका लागि नयाँ नियम सार्वजनिक गरेको हो । यो नियम अर्थात दिशा निर्देश अगष्ट ८ देखि लागू हुने जनाइएको छ । दिशानिर्देशनुसार सबै यात्रुहरुले यात्रा समयभन्दा ७२ घण्टाअघि नयाँ दिल्ली एयरपोर्टको वेभसाइट  newdelhiairport.in एक स्वघोषणा फारम (सेल्फ डिक्लेरेशन फारम) भनुपर्नेछ । दिशानिर्देशमा भनिएको छ कि यात्रुहरुले पोर्टलमा शपथपत्र पनि दिनुपर्नेछ । जबकी उनीहरुले १ देखि १४ दिनसम्मको क्वारेन्टिन अवधि अनुसरण गर्नेछन् । त्यसमध्ये ७ दिनको संस्थागत क्वारेन्टिन हुनेछ भने ७ दिनको होम क्वारेन्टिन हुनेछ । संस्थागत क्वारेन्टिनमा बस्दाको खर्च आफैंले बेहोर्नुपर्नेछ । यात्रुहरुले नयाँ दिशा निर्द...
घुस लिएको अभियोगमा लेखा अधिकृत विरुद्ध विशेष अदालतमा मुद्दा

घुस लिएको अभियोगमा लेखा अधिकृत विरुद्ध विशेष अदालतमा मुद्दा

अपराध, समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६५ हजार घुस लिएको अभियोगमा इटहरी नगरपालिका सुनसरीका लेखा अधिकृत विकास पोखरेल विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । उपमहारनगरपालिकाको शिक्षा शाखाले कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी दिने क्रममा पोखरेलले सेवाग्राहीसँग घुस माग गरेको आरोप लागेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी पोखरेल विरुद्ध बिगो अनुसारको कारवाहीको माग दाबी गरिएको छ । ...
भारतका गृहमन्त्री शाह कोरोना संक्रमित, मेदान्तमा भर्ना

भारतका गृहमन्त्री शाह कोरोना संक्रमित, मेदान्तमा भर्ना

अन्तराष्ट्रिय, समाचार
काठमाडौं। भारतका केन्द्रीय गृहमन्त्री अमित शाह कोरोना संक्रमित भएका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार शाहलाई आइतबार कोरोना देखिएको थियो। कोरोना पोजेटिभ भएपछि उनी अस्पताल भर्ना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। डाक्टरहरुले अस्पतालमा भर्ना हुन सल्लाहा दिएपछि उनलाई दिल्लीस्थित मेदान्त अस्पतालमा भर्ना गरिएको छ। आइतबारै भारतको उत्तर प्रदेशकी एक क्याविनेट मन्त्री कमल रानीको कोरोनाकै कारण मृत्यु भएको थियो। ...
चर्चित कलाकार किरण केसी वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ‘उपभोक्ता अधिकार सद्भावनादूत’मा नियुक्त

चर्चित कलाकार किरण केसी वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ‘उपभोक्ता अधिकार सद्भावनादूत’मा नियुक्त

आर्थिक, समाचार
काठमाडौं । चर्चित कलाकार किरण केसी वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको उपभोक्ता अधिकार सद्भावनादूतमा नियुक्त भएका छन । कलाक्षेत्रमा मात्र नभै समाज परिवर्तनका लागी दृढ विश्वास सहि दिशानिर्देश र निरन्तर कार्य संचालन तथा निष्पक्ष निर्भय कानून कार्यान्वयन एवं सचेतना अभिवृद्धिमा उतिकै सक्रिय रहेका कारण केसीलाई विभागको सद्भावनादूतमा नियुक्त गरिएको छ ।मनोरन्जन क्षेत्रमा रहेर लाखौ करोडौ आमदर्शकको मन जितिसकेका कलाकार केसीको ‘असल सोच विचारले स्नेह र हितपूर्ण स्वच्छ विचार अनि मैत्रीभावले खबर आदान प्रदान गर्न महत्वपूर्ण अभिभारा वहन गर्ने हेतु आफुलाई दिएको उक्त जिम्मेवारीले थप उर्जा मिलेको र यस पुण्यकार्यलाई आफू निश्पक्ष रुपमा व्यवहारमा उतार्न सदा तत्पर रहने’ कुरा केसीले बताए । ‘अखाद्य वस्तुको प्रयोगले मानवीय स्वास्थ्यमा पर्ने नकरात्मक असरले एक व्यक्तिलाई मात्र नभई सम्पूर्ण परिवारकै स्...
चर्चामा गायक शिव परियारको स्वर तथा डा.चन्द्र गिरीको शव्दमा ‘नाचें फिरिरी’को गीतको भिडियो (भिडियोसहित)

चर्चामा गायक शिव परियारको स्वर तथा डा.चन्द्र गिरीको शव्दमा ‘नाचें फिरिरी’को गीतको भिडियो (भिडियोसहित)

मनोरन्जन, समाचार
साउन १७ । डा. चन्द्र गिरीको शब्दरचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन र शिव परियारको स्वरमा रहेको गीत ‘नाचें फिरिरी’को भिडियोले अपलोड भएको छोटो समयमै लोभलाग्दो भ्युज पाएको छ । यही साउन १५ गते बिहीबार दिउँसो २ बजे रिलिज भएको यो भिडियोले समाचार लेखिरहँदाको समय अर्थात् २ दिनमा ६ लाख भन्दा बढी भ्युज पाईसकेको छ । लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका झापाली गीतकार डा. गिरी वरिष्ठ वातावरणविद् हुन् । गीतकार गिरीका लगभग १ दर्जन गीत रेकर्ड भईसकेका छन् । अरु गीतका भिडियो पनि क्रमैसँग रिलिज गरिने कुरा उनले जानकारी गराए । गम्भीर विष्टको परिकल्पना तथा निर्देशन, सुबोल थापाको कोरियोग्राफी र अर्जुन तिवारीको सिनेम्याटोग्राफीमा छयाँकन भएको यस भिडियोमा विकाश ज्ञवालीले सम्पादन र जीवन थापाले कलर करेक्शन गरेका छन् । भिडियोमा दर्शकले अत्यन्तै रुचाएका कलाकार ट्वीन्सर्् प्रिज्मा र...
इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना संक्रमण

इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४० सशस्त्र प्रहरीको स्वाब संकलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना संक्रमण देखिएको हो। स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही साउन १३ गते उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। यसअघि १० सशस्त्र प्रहरीमा नै कोरोना संक्रमण पुष्टि भइसकेको छ। हालसम्मका सशस्त्र प्रहरीका २७ जनामा संक्रमण पुष्टि भइसकेको छ। इलाम नगरपालिकाका ८९ जनाको स्वाब सङ्कलन गरेर पठाइएको छ । जिल्लाभरिमा १६० को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल व्यक्ति विमल बरालले बताए। बाँकी सशस्त्र प्रहरीको स्वाब संकलनको तयारी भइरहेको बताइएको छ। आज पोजेटिभ देखिएका सबैलाई थप उपचारका लागि मोरङस्थित गोठगाउँमा लैजाने तयारी भइरहेको छ। यसअघि संक्रमण फेला परेकाहरुको सोही अस्पतालमा उपचार भइरहेको छ। योसँगै इलाममा कोरोना पुष...
वीरगन्जमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

वीरगन्जमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

समाज, स्वास्थ्य
वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको ज्यान गएको छ। नारायणी बयोधा अस्पतालमा मृत्यु ती महिलाको शुक्रबार दिउँसो मृत्युको थियो। स्वास्थ्यमा समस्या आएपछि बुधबार अस्पतालमा भर्ना भएकी वीरगञ्ज महानगरपालिका–१६ ५० वर्षीर्या ती महिलाको मृतयुपछि कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनायो। ती महिलाको शुक्रबार स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पताल पठाइएको थियो। उनको शुक्रबार बिहान १0 बजे मृत्यु भएको र रिपोर्टभने राति मात्रै आएको अस्पताल स्रोतले बतायो। पछिल्लो दुई दिनमा वीरगन्जमा कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको थियो। ...