सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
कोरोनाबाट विश्वभर १० लाख ३८ हजारको मृत्यु,दुई करोड ६१ लाख ३० हजार निको भए

कोरोनाबाट विश्वभर १० लाख ३८ हजारको मृत्यु,दुई करोड ६१ लाख ३० हजार निको भए

अन्तराष्ट्रिय, समाचार
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ३८ हजार पुगेको छ ।जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५१ लाख ४० हजार भन्दा बढी पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई करोड ६१ लाख ३० हजार निको भएका छन् भने करिब ७९ लाख ६ हजार भन्दा बढी मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६६ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७६ लाख नाघिसकेको छ । कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १४ हजार को मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ । ...
भक्तपुरमा किशोरीमाथि सामुहिक बलात्कार, दुई जना पक्राउ;एक फरार

भक्तपुरमा किशोरीमाथि सामुहिक बलात्कार, दुई जना पक्राउ;एक फरार

अपराध, समाचार
भक्तपुरमा १७ वर्षीया किशोरीमाथि दुईदिनसम्म लगातार बलात्कार भएको छ। भक्तपुर नगरपालिका–८ कालाँचामा ३ जना युवाले शुक्रबार शनिबार किशोरीलाई लठ्याउने औषधि खुवाएर सामुहिक बलात्कार गरेका थिए। काठमाडौं। भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा ३ जनाले सामूहिक बलात्कार गरेको उजुरीको आधारमा दुई जनालाई महानगरीय प्रहरी वृत जगातीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सुर्य श्रेष्ठ छन्। महानगरीय प्रहरी वृत्त जगातीका डिएसपी राजेश थापाका अनुसार किशोरीलाई बसकै कर्मचारीहरुल लठ्याउने औषधि खुवाएर दुईदिनसम्म बलात्कार गरेका थिए। सो घट्नामा संलग्न एक जना भने फरार रहेको छन्। उनीहरुले ती किशोरीलाई काठमाडौबाट भक्तपुर लगेर बलात्कार गरेका थिए। शनिबार ५ बजे मात्रै ती किशोरी प्रहरीको सम्पर्कमा पुगपछि उनीहरुलाई पक्राउ गरि...
बालुवाटारमा कोरोना संक्रमित बढेपछि नेकपा सचिवालय बैठक स्थगित

बालुवाटारमा कोरोना संक्रमित बढेपछि नेकपा सचिवालय बैठक स्थगित

राजनीति, समाचार
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका चार सदस्य सहित करिब७० सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टिभएपछि बैठक स्थगित गरिएको हो । पछिल्लो समय सरकारले गरेको राजनीतिक नियुक्तबारे पार्टीमा प्रश्न उठेपछि बैठक बोलाइएको थियो । सरकारले डा युवराज खतिवडा र मुख्यसचिबलाई पार्टीमा छलफलनगरि राजदूत नियुक्त गरेपछि नेकपामा विवाद देखिएको छ । ...
मुन्द्रेको कमेडी क्लबबाट दिपाश्री आउट, करिश्मा ईन

मुन्द्रेको कमेडी क्लबबाट दिपाश्री आउट, करिश्मा ईन

मनोरन्जन, समाचार
चर्चित टेलिभिजन कार्यक्रम मुन्द्रेको कमेडी क्लबबाट दिपाश्री निरौलालाई हटाइएको छ । उनको स्थानमा चर्चित नायिका करिश्मा मानन्धरलाई ल्याइएको। अब प्रसारण हुने एपिसोडमा दिपाश्रीको ठाउँमा दर्शकले करिश्मालाई देख्नेछन् । केही समय अघि दिपाश्रीले राजेश हमाल महानायक बारे दिएको अभिव्यक्तिलाई लिएर विवादमा तानिएकी थिईन् । उक्त प्रकरणमा उनको चर्को आलोचना भएपछि उनले माफी मागेकी थिइन् । मुन्द्रेको कमेडी क्लब कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा नै दिपाश्रीलाई हटाईएको स्रोतको दाबी छ । दिपाश्रीले उक्त कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै आएकी थिईन् । अबको कार्यक्रममा भने अध्यक्षतामा करिश्मालाई देख्न पाईने भएको छ । मुन्द्रेको कमेडी क्लब चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो हो । कोरोना कहरका कारण उक्त सो लामो समय स्थगित् गरिएको थियो । ...
पूर्व डिएसपीलाई साइबर अपराधमा ५० हजार जरिवाना र २५ हजार क्षतिपूर्ति

पूर्व डिएसपीलाई साइबर अपराधमा ५० हजार जरिवाना र २५ हजार क्षतिपूर्ति

अपराध, समाचार
 नेपाल प्रहरीबाट अवकाशप्राप्त पूर्व प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण खड्कालाई साइबर अपराधमा ५० हजार जरिवना र २५ हजार क्षतिपूर्तिको फैसला भएको छ । काठमाडौ जिल्ला अदालतले खड्काले चलाउँदै आएको फेसबुक आईडीबाट आफ्नै बुहारीलाई अश्लिल गालीगलौज गरेको म्यासेज पठाएको आरोप प्रमाणित गर्दै सो जरिवना र क्षतिपूर्तिको फैसला गरेको हो । अदालतले अनुसन्धानको क्रममा १५ दिन हिरासतमा रहेको दिनलाई कैद आधार मानेर ५० हजार जरिवाना र २५ हजार क्षतिपूर्तिको सुनाएको हो । जाहेरवाला पीडितलाई मानसिक यातना दिएको भन्दै अदालतले क्षतिपूर्ति भराउने फसाला समेत गरेको छ । खड्काकी भाईबुहारी समुना खड्काले दिएको साईबर अपराध विरुद्धको जाहेरीका आधारमा उनलाई प्रहरीले दुई वर्ष अघि नियन्त्रणमा लिएर अदालतमा मुद्धा बुझाएको थियो । काठमाडौ जिल्ला अदालतबाट १ लाख धरौटीमा रिहा भएका उनलाई हालै सो जरिवाना सुनाएको थियो । ‘मुद्धाका...
युवा उद्यमी तथा कलाकार उषा रुम्वाद्धारा सञ्चालित यूआरएस शप को तेस्रो शाखा विस्तार

युवा उद्यमी तथा कलाकार उषा रुम्वाद्धारा सञ्चालित यूआरएस शप को तेस्रो शाखा विस्तार

मनोरन्जन, समाचार
युवा उद्यमी तथा कलाकार उषा रुम्वाद्धारा सञ्चालित यूआरएस शप को तेस्रो शाखा विस्तार भएको छ । नयाँ बानेश्वर स्थित यूआरएस शपको नायिका श्वेता खड्काले औपचारिक रुपमा उद्घाटन गरेकी हुन् । विगत १९ वर्ष देखि महिलाहरुको फेन्सी कपडा ब्यापार शुरु गरेकी युवा उद्यमी रुम्वाले आफ्नो पसलको तेस्रो शाखा विस्तार गरेकी हुन् । महिलाहरुको हरेक सामान पाईने यूआरएस शप मा नायिका श्वेता खड्का समेत निरन्तर ग्राहक हुन् । आफ्नो ग्राहकको सुविधालाई मध्य नजर गर्दै पुरानो बानेश्वरमा आफ्नो दुई वटा पसल पछि अहिले नयाँ बानेश्वरमा स्थापना गरेको सञ्चालक रुम्वाले बताईन् । कोभिड -१९ को महामारी विच र दर्शैको समयमा विशेष छुटका साथ विक्रि गरिने समेत रुम्वाले जानकारी दिईन् । सञ्चालक रुम्वाले विभिन्न म्यूजिक भिडियोमा समेत अभिनय गरेकी छिन् भने महिलाको फेन्सी कपडाको ब्यापार गर्ने उनी सफल महिला उद्यमी हुन् । साभारः कृसुना मिडिया ...

सरकार अब बन्दाबन्दी गर्ने अवस्थातिर जानु हुँदैन:डा. डीआर उपाध्याय

राजनीति, समाचार
यतिबेला हाम्रो सामु कोरोना भाइरस (कोभिड–१९) को चुनौतीले घेरेको छ । यो चुनौतीले अर्थतन्त्रलाई गम्भीर असर पारेको छ । यसको असरले नेपालको अर्थतन्त्र चलायमान हुन सकेको छैन । धेरैले रोजगारी गुमाएका छन् । लगानी घटेको छ । उद्योगधन्दा, कलकारखानामा सवै ठप्प छन् । कामगर्न असहज बातावरण सिर्जना भएको छ । कृषि, उद्योग र सेवाको आय घट्दै गएको छ । गत डिसेम्बरके अन्तिममा चीनको वुहान प्रान्तबाट देखिएको यो कोभिड भाइरसले विश्वभर सङ्क्रमण र मृत्युको सङ्ख्या दिनहुँ बढ्दो छ । यो भाइरसले गर्दा नेपालीको जनजीविका गम्भीर रूपमा थला परेको छ । सरकारले क्रमिक रूपमा अर्थतन्त्रलाई चलायमान बनाउँदै लैजाने कार्यनीति लिनुपर्छ । कोरोनाबाट छलिँदै अव अर्थतन्त्र चलायमान बनाउनु पर्ने जरुरी देखिएको छ । सधैभरी यसै गरेर जनताको जनजीवन चल्दैन । के कोरोना जोखिम कम भएर अर्थतन्त्रका आयामहरू खुला गरिएको हो ? त्यसो पक्कै होइन । अहिलेको...
कोरोना संक्रमित ट्रम्पको अवस्था गम्भीर

कोरोना संक्रमित ट्रम्पको अवस्था गम्भीर

अन्तराष्ट्रिय, स्वास्थ्य
 कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अवस्था गम्भीर बनेको छ। अमेरिकी न्युज च्यानल सीएनएनसले स्रोतलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ट्रम्पको स्वास्थ्य अवस्थामा समस्या देखिएको हो। ट्रम्पको स्वास्थ्यमा सुधारका लागि अबको ४८ घण्टा निकै महत्वपूर्ण मानिएको छ। यद्यपी शनिबार विहानै ट्रम्पको उपचारमा संलग्न डा. सीन कनले राष्ट्रपतिले स्वस्थ महशुश गरेको बताएका थिए। ट्रम्प र उनकी श्रीमती मेलानियालाई दुई दिन पहिला कोरोना पोजेटिभ देखिएको थियो। यसैबीच विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ४९ लाख ८ हजार ६८७ पुगेको छ। हालसम्म २ करोड ५९ लाख ८९ हजार ७५९ जना निको भएका छन् भने ७९ लाख ३६ हजार ९३८ जना संक्रिय संक्रमित छन्। कोरोना संक्रमणबाट १० लाख ३३ हजार बढीको मृत्यु भइसकेको छ। ...
बुटवलमा आन्दोलन चर्किन थालेपछि  निषेधाज्ञा

बुटवलमा आन्दोलन चर्किन थालेपछि निषेधाज्ञा

राजनीति, समाचार
प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन हुन थालेपछि रुपन्देही प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोक्दै ५ जना भन्दा बढी जम्मा हुन रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति साढे ८ बजे सूचना जारी गरी असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ। मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म ५ जना भन्दा धेरै भेला हुन पाइनेछैन। यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्...
चरङ्गेफेदीको ३ बिद्यालयका  विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

चरङ्गेफेदीको ३ बिद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

शिक्षा, समाचार, समाज
मिलाप फाउण्डेसनको आयोजना र राष्ट्रखबर तथा लायन्स क्लब अफ काठमाडौं संचितको सहकार्यमा काभ्रेको ३ वटा बिद्यालयमा अध्यनरत १४० जना विद्यार्थीहरुलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको मिलाप फाउण्डेशनले अन्य विभिन्न सहयोगी हातहरुको सहकार्यमा शुक्रबार काभ्रेपलाञ्चोक, नमोबुद्ध–६ चरङ्गेफेदीमा रहेको श्री काली गङ्गा प्रमाइमरी स्कुलमा आयोजित कार्यक्रममा साल्ट ट्रेडिङ्ग कर्पोरेशनले उपलव्ध गराएको स्कूल व्याग सहित उक्त स्टेशनरी सामाग्री,माक्स, साबुन लगायतका बिद्यार्थी उपयोगी सामाग्रीहरु हस्तान्तरण गरेको हो । समाजसेवी तथा नेपाली काँग्रेसका चर्चित युवानेता गणेश लामाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा, कलाकार यमन श्रेष्ठ, लायन्स क्लव काठमाडौंका अध्यक्ष तथा युनिर्वसल डेण्टलका संस्थापक राजेन्द्रमान ल...