सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
राजकुमार महर्जनको ‘गरीबी’सार्वजनिक(भिडियो)

राजकुमार महर्जनको ‘गरीबी’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाण्डौँ,गायक मित्र केसी र गायिका गरिमा घिमिरेको सुमधुर आवाजले सुसज्जित ‘गरिबी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा मित्र के सिको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज बिशाल निरौलाले गरेका हुन् । https://youtu.be/FrFzdxOxgkE राजकुमार महर्जनको दमदार अभिनय रहेको भिडियोमा उनी लगायत सुयासी कार्की, प्रशंसा महर्जन, केशव आचार्य, रविन बस्याल, प्रकृति प्रश्नाको अभिनय रहेको छ ।राजकुमार महर्जन निर्माता रहेको भिडियोमा निमा रायको निर्देशन रहेको छ । भिडियोमा स्वरुप थापाको छायांकन र राया प्रोडक्सनको सम्पादन छ ।भिडियो ह्वाइटपिंगन इन्टरटेन्टमेन्टको युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । ...
राष्ट्रिय गीत ‘जाग युवा हो’ सार्वजनिक (भिडियोसहित)

राष्ट्रिय गीत ‘जाग युवा हो’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
प्रताप दासको स्वरमा रहेको राष्ट्रिय गीत ‘जाग युवा हो…’ सार्वजनिक भएको छ । इन्दु दनुवारको शब्द, सुरज लामिछानेको सङ्गीत तथा कथा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यादव पुडासैनीको निर्देशन, नारायण रिजालको कोरियोग्राफी र सुरजको सहनिर्देशन रहेको गीतको भिडियोमा दीलिप रायमाझी, इन्दु दनुवार, बालकलाकार आस्तिक रिजालले अभिनय गर्नुभएको छ । https://youtu.be/oqoe4tN11cs सुरेश बज्राचार्यको छायाँकन रहेको गीतको भिडियोमा अनिल कुमार महर्जनको सम्पादन छ । गीतले राष्ट्रियताका विषयमा अब युवहरू जाग्नु पर्ने सन्देश दिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कुष्ट बनेको छ । ‘हामी सबैले मिलेर राष्ट्रिय जागरण गीतको भिडियो स्रोता/दर्शकमाझ ल्याएका छौ, सबैले माया गरिदिनुहुेनेमा आशावादी छौं’, सङ्गीतकार सुरजले भन्नुभयो । ...
नेपाल महिला चेम्बर र सोचेको डटकम बीच ई कमर्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

नेपाल महिला चेम्बर र सोचेको डटकम बीच ई कमर्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

आर्थिक, समाचार
नेपाल महिला चेम्बर र सोचेको डट कम बीच ई कमर्स सम्बन्धी समझदारी पत्रमा सम्झौता भएको छ । ई कमर्सको माध्यमद्धारा महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको बजारिकरण गर्न गराउन तथा ब्यापार अभिवृद्धि गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा नेपाल महिला चेम्बरको तर्फबाट अध्यक्ष उर्मिला श्रेष्ठ र सोचेको डट कमका तर्फबाट प्रवन्ध निर्देशक शैलेश लोहनीले समझदारी पत्रमा हस्ताक्षर गरे । सम्झौता पस्चात आफनो धारणा राख्दै नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले अनलाईनको बढ्दो प्रयोगको साथै चेम्बरसंग आवद्ध महिला उद्यमीबाट उत्पादित सामानको ब्यापार अभिवृद्धि गर्न सोचेको डट कम पोर्टल माध्यम उपयोगी हुने विश्वास व्यक्त गर्दै एकीकृत रुपमा पोर्टलबाट उत्पादित सामान विक्रि वितरण गर्न लागिएको जनाईन् । साथै, उनले कोभिड–१९ बाट श्रृजित समस्याबाट ब्यापारीक क्षेत्रमा देखिएको शिथिलतालाई हल गर्दै अर्थ...

देशमा संघीयता घाडो भएको सङ्केत देखिन थाल्यो:डा. डीआर उपाध्याय

राजनीति, समाचार
हिजो प्रदेश नंं. ५ को संसद बैठकमा नेपाली कांग्रेस सांसदको ध्वंशात्मक र मन्त्रीको अमर्यादित क्रियाकलाप देखापरे । यस्ता कार्य निन्दनिय छन् । यो लाजमर्दो हर्कतले लोकको जग हसाएको छ । यो हर्कतले लोकतन्त्रकै खिल्ली उडाएको आरोप सामाजिक सञ्जालमा पोखिएको छ । तोडफोड र भाँडभैलोबीच प्रदेश ५ को स्थायी राजधानी र नामकरण प्रस्तावमाथिको छलफल सोमबार सकिएको छ । यो कार्यशैलीले लोकतन्त्रको उपहास गरेको छ । प्रदेश ५ को प्रदेश सभा बैठकमा प्रदेशको नाम र राजधानीबारे प्रस्ताव पेश गर्ने क्रममा सोमबार नेपाली कांग्रेसका सांसदहरुले कुर्सी तोडफोड गरेका थिए । उनीहरूले प्रदेश सरकारको विरोध गर्दै प्रदेश मन्त्रीलाई प्रस्ताव पेश गर्न रोष्ट्रम जाने क्रममा अवरोध प्रयाससमेत गरेका थिए । यतिबेला सवैतिर कांग्रेस सांसदको हर्कतको चौतर्फी आलोचना भएको छ । कांग्रेसका प्रदेश ५ का सांसदले कुर्सी टेबलमा बजार्ने, रोष्टमतिर फाल्ने र माइक...
सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्ता हर्षित

सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्ता हर्षित

आर्थिक, समाचार
दसैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । मङ्सिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्ता हर्षित भएका छन । सरकारले चाडबाडको अवसरमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उपत्यका मात्रै नभएर देशका प्रमुख सहरहरुमा समेत सुपथ मूल्य पसल सञ्चालनमा आएका छन । बजारमा महँगी बढ्दै जाँदा सुपथ मूल्य पसलबाट सस्तो मूल्यमा उपभोग्य बस्तु किन्न पाउँदा उपभोक्ता हर्षित भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन, नेसनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सहकार्य गरेर सुपथ पसल सञ्चालन गरिरहेका छन् । सुपथ मूल्य पसलबाट चिनी, नुन, चामल, साबुन र स्यानिटाइजर लगायतका सामग्री विक्रि वितरण भइरहेका छन् । पसलमा चिनी प्रतिकिलो रु ७० र नुन प्रतिकिलो रु १८ मूल्य निर्धारण गरिएको छ । बाहिरको दरभन्दा चिनी प्रतिकिलोमा रु ...
‘बले’ विरुद्ध १९ करोड ५५ लाख बिगो बराबरको मुद्दा दायर

‘बले’ विरुद्ध १९ करोड ५५ लाख बिगो बराबरको मुद्दा दायर

अपराध, समाचार
सम्पत्ति शुद्धीकरण विभागले ‘गुण्डानाइके’ बलराम सापकोटा ‘बले’ र उनकी श्रीमतीविरुद्ध सम्पत्ति शुद्धिकरण विभागले मुद्द दायर गरेको छ। विभागले सोमबार विशेष अदालतमा १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो। काभ्रेको रोसी ४ घर भई हाल लाजिम्पाट बस्दै आएका बलेका विरुद्ध सम्पत्ति शुद्धिकरण विभागमा अनुसन्धानका लागि निवेदन दिएपछि विभागले अनुसन्धान शुरु गरेको थियो। यसअघि उनी जुवाखालबाट पक्राउ परेका थिए। उनी जुवाखालबाट पक्राउ परेपछि प्रहरीले सम्पत्ति शुद्धिकरण विभागमा अनुसन्धान लागि पठाएको थियो। विभागले बलेकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध पनि २ करोड ५५ लाखको सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ। बलेका नाममा रहेको घरजग्गा र गाडी पनि जफत गर्न पनि माग गरिएको छ। बलेको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको ३ लाख १६ हजार नगदसहित ४ लाख ५५ हजार नगद र ४१ लाख पर्ने भक्सवागन गा...
गम्भीर प्रकृतिका संक्रमित बढ्दै,२ सय ६० जना आईसीयू र भेन्टिलेटरमा उपचाररत

गम्भीर प्रकृतिका संक्रमित बढ्दै,२ सय ६० जना आईसीयू र भेन्टिलेटरमा उपचाररत

समाचार, स्वास्थ्य
केही दिन आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ जना भेन्टिलेटर र २ सय २६ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् । आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा ११२ जना रहेका छन् । बाग्मतीमा २७ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । प्रदेश ५ मा ४४ जना आईसीयू र ६ जना भेन्टिलेटरमा छन् । प्रदेश १ मा २८ जना आईसीयू र १ जना भेन्टिलेटरमा र प्रदेश २ मा १७ आईसीयू उपचाररत छन् । सुदूरपश्चिममा ४ जना आईसीयू, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १५ आईसीयूमा उपचाररत छन् । हालसम्म नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ३५ पुगेको छ । आइतबार सात जना कोरोना संक्रमितको मृत्यु भएको थियो । न...
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघ्यो

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघ्यो

अन्तराष्ट्रिय, समाचार
विश्वमा काेराेना संक्रमितको संख्या तीन करोड ५३ लाख ८७ हजार ६६२ पुगेको छ।   पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ८९५ संक्रमित थपिएका हुन्।  कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ४१ हजार ५३७ पुगेको छ।  पछिल्लाे २४ घण्टामा थप चार हजार सातजनाकाे मृत्यु भएकाे हाे।  वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ६६ लाख ९ हजार ६७६ जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या ७७ लाख ३६ हजार ४४९ छ। त्यसमध्ये ६६ हजार ४२३ जना गम्भीर अवस्थाका छन्।  सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ७६ लाख ३५ हजार ६९१ पुगेको छ।  भारतमा संक्रमितको संख्या ६६ लाख २२ हजार १८० पुगेको छ भने ब्राजिलमा ४९ लाख १५ हजार २८९ छ।  ...
प्राकृतिक विपद्बाट घरवारविहीनलाई पुनस्र्थापना गरिने

प्राकृतिक विपद्बाट घरवारविहीनलाई पुनस्र्थापना गरिने

आर्थिक, समाचार
नेपालमा बाढी, पहिरोलगायतका प्राकृतिक विपद्बाट घरवारविहीनलाई पुनस्र्थापित गर्न विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान वितरण कार्यविधि २०७७ ल्याइने भएको छ ।विपद्बाट क्षतिग्रस्त भएका निजी आवासलाई पुनर्निर्माण गर्न र बस्ती अर्को कुनै स्थानमा स्थानान्तरण गर्नका लागि यस कार्यविधिमार्फत सरकारले काम अगाडि बढाउने भएको छ । भएको घरजग्गा बगेर वा पुरिएर विकल्पविहीन भएको अवस्थामा तत्काल घर बनाउन सरकारले सहयोग गर्ने छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको यही मङ्गलबार बस्ने कार्यकारी समितिबाट यो कार्यविधि पारित हुँदैछ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बस्ने बैठकले कार्यविधि गरेलगत्तै यसलाई कार्यान्वयनमा लगिने प्राधिकरणले जनाएको छ ।कार्यविधि अनुसार प्राकृतिक विपत्तिमा परेर घरबास गुमाएर त्रिपाल र खुला आकाशमुनि बसेकालाई तत्काल बासका लागि राहतस्वरूप केही...
चलचित्र ‘एकादेशको कथा’को नयां गीत ‘नाच मारुनी’ सार्वजनिक

चलचित्र ‘एकादेशको कथा’को नयां गीत ‘नाच मारुनी’ सार्वजनिक

मनोरन्जन, समाचार
चलचित्र ‘एकादेशको कथा’को ‘नाच मारुनी’ बोलको गीत सार्वजनिक गरिएको छ ।चाडै रिलिजको अन्तिम तयारी रहेको नेपाली कथानक चलचित्र ‘एकादेशको कथा’को नाच मारुनी गीत ओ एस् आर डिजिट्लको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । निर्मल प्याकुरेलको कथा तथा निर्देशन रहेको चलचित्रको यस् गीतमा गायक शिव संगीत र गायिका टिका पुनको स्वर रहेको छ । गंगा केसी र निर्देशक प्याकुरेलकै शब्द रहेको गीतमा डा. सिंह गुरुङ लगायतको अभिनय तथा नृत्य रहेको छ भने संगीत कुलमान नेपालीको रहेको छ । निर्माता भरत चन्द तथा यम आचार्यको संयुक्त निर्माण रहेको श्रीनाथ फिल्मस्को ब्यानरमा निर्माण यस् चलचित्रमा नायक धिरेन शाक्य, गौरव पहाडी, नायिका बिपासा बिसी, नन्दा बस्याल, शंकर बिसी, यम आचार्य, सिता भण्डारी, हरी ढकाल लागयातका कलाकारहरुको मुख्य अभिनय रहेको छ । https://youtu.be/Vt_f_3ig2Cs नेपाली सिने जगतका अग्रज छांयाकार र...