सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
अग्रणी वाणिज्य संगठनको रुपमा स्थापित नेपाल चेम्बर अफ कमर्स ७० औं बर्षमा प्रवेश

अग्रणी वाणिज्य संगठनको रुपमा स्थापित नेपाल चेम्बर अफ कमर्स ७० औं बर्षमा प्रवेश

आर्थिक, समाचार
नेपाल चेम्बर अफ कमर्श ७० वर्षमा प्रवेश गरेको छ । अग्रणी वाणिज्य संगठनको रुपमा स्थापित नेपाल चेम्बर अफ कमर्सको स्थापना वि. स.२००७ सालमा आश्विन २७ गते भएको थियो । जुन समयमा मुलुकमा राणा शासन कायम थियो । तसर्थ नेपाल चेम्बर प्रजातन्त्र भन्दा पनि जेठो मानिन्छ । त्यसो त बि.स २०१२ अर्थात सन् १९५५ मा उद्योग र वाणिज्य सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन नेपाल चेम्बरको अगुवाईमा भएको थियो । चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक सम्बृद्धि तथा अन्य ब्यावसायीक गतिविधिका क्षेत्रमा अग्रणी एवम महत्वपूर्ण भूमिका खेल्दै आएको पाईन्छ । नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गरिरहेको छ । यसका साथै नेपाल चेम्बर अफ कमर्स “चेम्बर आन्दोलन” लाई अभियानको रुपमा विस्तार गर्न र व्यवसायिक क्षेत्रको सशक्तिकरणका...
नेता मोटाउने जनता दुव्लाउने अवस्था आयो:डा.डिआर उपाध्याय

नेता मोटाउने जनता दुव्लाउने अवस्था आयो:डा.डिआर उपाध्याय

राजनीति, समाचार
झण्डै दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकारप्रति जनताले राखेका आशा, अपेक्षा विस्तारै वितृष्णामा परिणत हुन थालेका छन । सरकार जनताप्रति उत्तरदायी बन्न सकेको छैन । सरकारले नयाँ दृष्टिकोण र नवीन योजना ल्याउन सकेको छैन । यो नै समस्या हो । जनताले बिगतका सरकार र अहिलेको सरकारमा कुनै भिन्नता पाउन सकेका छैनन् । अझै पनि जनताका समस्याहरु ज्यूँका त्युँ छन । ती समस्या समाधान गरेको खै ? राजनीतिक दल र तिनका नेताहरुमा कुनै नयाँ दृष्टिकोण देख्न सकिएन । पुरानै शैली, व्यवाहार, सामन्ती सोच, बाहेक केहि देखिएन । यसरी लोकतान्त्रिक ब्यवस्थाको बिकास हुन सक्दैन । नेता मोटाउने जनता दुव्लाउने अवस्था आयो । ब्यवस्था फेरिए पनि जनताको अवस्था उस्तै छ । बर्तमान सरकारले साढे २ वर्ष बिताएको छ । तर मुलुक सञ्चालनका सवालमा सत्तापक्षको भूमिकाबाट जनता उत्साहित हुन सहिरहेका छैनन् । नेपाली जनताले स्थिर सरकार र त्यो सरकारबाट हुने क...
महिला उद्यमीहरुमा देखिदै आएको बजारिकणको समस्या अनलाईन व्यापारबाट टेवा पुग्ने :उर्मिला श्रेष्ठ, अध्यक्ष महिला चेम्बर

महिला उद्यमीहरुमा देखिदै आएको बजारिकणको समस्या अनलाईन व्यापारबाट टेवा पुग्ने :उर्मिला श्रेष्ठ, अध्यक्ष महिला चेम्बर

आर्थिक, समाचार
काठमाडौं, २५ आश्विन- नेपाल महिला चेम्बरले अनलाईन व्यापार तालिम सम्पन्न गरेको छ । महिला चेम्बरले अनलाईन व्यापार सेवा प्रदायक कम्पनी सोचेको डटकमसँगको सहकार्यमा वेमिनार मार्फत आईतबार उक्त तालिमको आयोजना गरेको हो । देशैभर छरिएर रहेका नेपाल महिला चेम्बरका शाखा संजाल सम्बद्ध करिब ४० महिला उद्यमीहरुको सहभागीता माझ सोचेको डट कमका प्रबन्ध निर्देशक शैलेश लोहनीले अनलाईन व्यापारको प्राविधक र व्यवहारिक पक्षमा केन्द्रित रहेर प्रशिक्षण दिएका थिए । प्रशिक्षण दिने क्रममा लोहनीले अनलाईन व्यापार गर्दा सामानको सहि सुचना आवश्यक रहने, सामाग्री गुणस्तरयुक्त र भरपर्दो मुल्यको हुनुपर्ने, अफर बनाउदा केही नयाँपन दिने, शिप र उत्पादन विकासमा ध्यान दिने, उपयुक्त फोटोको प्रयोग गर्ने जस्ता कार्यहरु गर्नुपर्ने जनाएका थिए । लोहनीले मोबाईल एप र वेब साईट मार्फत भरपर्दो रुपमा अनलाईन व्यापार गर्न सकिने बताउदै सोचेको डटकमले...
भ्याली होम्सको ‘टेरेस्स व्यबस्थापन समिति’को साधारण सभाबाट नयां कार्य समिती चयन, अध्यक्षमा ओमदेवी सचिवमा रिन्कु श्रेष्ठ

भ्याली होम्सको ‘टेरेस्स व्यबस्थापन समिति’को साधारण सभाबाट नयां कार्य समिती चयन, अध्यक्षमा ओमदेवी सचिवमा रिन्कु श्रेष्ठ

आर्थिक, समाचार, समाज
ललितपुरको सुनाकोठी स्थित भ्याली होम्सद्वारा निर्माण गरिएको आवास क्षेत्रमा रहेका घरधनीहरुको हक हित र सुरक्षाका लागी गठन गरिएको 'द टेरेसेस व्यबस्थापन समिति'को पांचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । २४ गते सम्पन्न उक्त साधारण सभामा सरकारले तोकेको कोभिड १९ को सुरक्षा मापदण्ड अनुसार विभिन्न सूरक्षाका उपायहरु अवलम्वन गर्दै ४० जना सदस्यहरुको उपस्थितीमा साधारण सभा समापन गरिएको जानकारी समितिमा सोही साधारण सभाबाट चयन हुनुभएकी सचिब रिन्कु बज्राचार्य श्रेष्ठले जानकारी दिनुभयो । ५४ जना सदस्य रहेको उक्त समितिमा उपस्थित ४० सदस्यहरुको उपस्थितीले नयां कार्यकाल का लागी पदाधिकारीहरु चयन गरेको थियो । जस अनुसार ओम देबी मल्ल अध्यक्ष, नबिन ज्योती तुलाधर उपाध्यक्ष रिन्कु बज्राचार्य श्रेष्ठ सचिब तथा गगन प्रधान कोषाध्यक्षमा चयन हुनु भएको छ । सोही कोलोनीमा रहनुभएका वरिष्ठ एवं प्रख्यात कलाकार मदन कृष्ण श्रेष्ठल...
लोकतान्त्रिक प्रणालीका जीवन आधार दलहरू नै हुन् :डा.डिआर उपाध्याय

लोकतान्त्रिक प्रणालीका जीवन आधार दलहरू नै हुन् :डा.डिआर उपाध्याय

राजनीति, समाचार
अहिले सत्तारुढ नेकपामा त्यति विवाद छैन । भागभण्डाको राजनीति मिलाए पछि केहि दिन बिवाद साम्य भएको छ । पार्टी भित्र विवाद होस् र पार्टी फुटोस् भन्र्ने हाम्रो चाहाना होइन । यो पार्टी बलियो होस् भन्र्ने हो । पार्टी कार्यकर्ता र समर्थकहरूको शुभेच्छा पनि नेताहरू मिलिदिए हुन्थ्यो, पार्टी नटुक्रिए हुन्थ्यो भन्नेमा छ। राजनीति दल र तिनका नेताहरू केका लागि विवाद गर्छन , केका लागी मिल्छन ? धेरैलाई थाहा छैन वा चासो छैन। कम्युनिस्ट पार्टीहरूमा विवाद र फुटको शृंखला लामो छ । फुटने , जुटने यीनीहरुको परम्परागत रोग नै हो । सत्ता स्वार्थ मिलाउने झगडाले पार्टी सकसमा छ । कोभिड– १९ ले आहत बनिरहेको समयमा जनतालाई राहत दिने र भ्रष्टाचारका शृंखला रोक्ने विषयमा कसैको चासो छैन । नेताहरु पदीय भागबन्डा र राज्यस्रोतमाथिको दोहनमा लागी परेका छन । मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । यो बिषयमा कुनै नेताको ध्यान खिचिएक...
योगेश काजी र रितु तामाङको स्वरमा लोक दोहोरी गीत ‘मन चरी’ सार्वजनिक(भिडियो)

योगेश काजी र रितु तामाङको स्वरमा लोक दोहोरी गीत ‘मन चरी’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
योगेश काजी र रितु तामाङको स्वरमा रहेको लोक दोहोरी गीत ‘मन चरी’ सार्वजनिक भएको छ । तेजश रेग्मीको शब्द तथा सङ्गीत, योगेशकै एरेञ्ज र एचवीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/oQ-NTALGWI0 शिव विकको निर्देशन रहेको गीतको भिडियोमा दुर्गेश थापा, रितु तामाङ, लोमस शर्मा, उषा सुबेदीलगायत अन्य कलाकारको अभिनय तथा नित्य छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ । सार्बजनिक भएको छोटो समयमा ‘मन चरी ‘ले चर्चा पाएको छ । ...
बलत्कारीलाई फाँसी दिने वा आजीवन नपुंसक बनाउने कानूनको आवश्यक :डा.डिआर उपाध्याय

बलत्कारीलाई फाँसी दिने वा आजीवन नपुंसक बनाउने कानूनको आवश्यक :डा.डिआर उपाध्याय

समाचार, समाज
हामी अनेक धार्मिक चलचित्र, टेलिश्रृखंलामा हेर्छौ राक्षसहरुले पृथ्वीबासीमाथी चरम अत्याचार गर्ने थालेपछि र देउताहरु समेतले उनीहरुलाई पराजीत गर्न नसकेपछि सबै त्राहिमाम–त्राहिमाम गर्दैै महादेव शिव वा भगवान बिष्णु समक्ष पुगेर राक्षसहरुको अत्याचार अन्त्य गर्न आग्रह गर्छन । बलत्कारीहरुले आज सिंगो मानवियतालाई त्यसै गरी दिनहँु क्षत–बिक्षत पारिरहेका छन् । हाम्रो देशमै सुन्दै पढद्दै मुटु थर्रर कपाउने बलत्कारका घटना एकमाथी अर्को भई रहेका छन् । धनुषामा ५वर्षे बालकको मलद्धार च्यातिने गरी भिनाजुबाट यही असोजमा भएको बलत्कारले अमानवियताको पराकाष्टा नै नाघिदियो । यहि असोज १५ गते सिन्धुपाल्चोक जुगल गाउँपालिका –३ तेम्बाथानकी ३२ वर्षिय एक छोरा र एक छोराकी आमालाई बाटोमा हिँडदै गर्दा मोटरसाइकलमा अपहरण गरेर लगी बोलेरो जिपमा चारजनाले बलत्कार गरे । यही महिना १६ तथा १७ गते राजधानी उपत्यकाकै भक्तपुरमा एक किशोरी बन...
बढ्दो कोरोना भाइरस संक्रमणप्रति सचेत बनौं:डा.डिआर उपाध्याय

बढ्दो कोरोना भाइरस संक्रमणप्रति सचेत बनौं:डा.डिआर उपाध्याय

समाचार, स्वास्थ्य
बढ्दो कोरोना भाइरस संक्रमणप्रति सचेत बनौं कोरोना भाइरस संक्रमणको दरले सीमा नाग्दै छ । यसको रोकथाम र नियन्त्रणमा आफै लाग्नु पर्ने आबश्यकता देखियो । महिनौंको ‘लकडाउन’ र निषेधाज्ञाले पनि कोरोना भाईरस नियन्त्रणमा आउन सकेन । मुलुकको अवस्था झन्–झन् डरलाग्दो बन्दै छ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको अवस्था जटिल बन्दै गइरहेको छ । संक्रमणको गति यसरी बढनु भनेको डर लाग्दो संकेत हो । सरकारले प्रभावकारी कदम चाल्नु पर्ने आबश्यकता देखियो । यदि सरकारले प्रभावकारी कदम चाल्न सकेन भने परिस्थिति भयावह हुने संकेत स्पस्ट देखिएको छ । त्यसैले, सरकारले रोकथाम र नियन्त्रणका लागी उपाय अपनाउनुपर्छ । नागरिकले पनि पर्याप्त सतकर्ता अपनाउनु पर्ने जरुरी छ । सक्रिय संक्रमित संख्या २५ हजार नाघि सक्यो । लामो समयसम्म काठमाडौं उपत्यका सुरक्षितजस्तै थियो । अहिले संक्रमणको दर बढेको देखदा स्थिती डर लाग...
डा.केसीको जीवन रक्षाका लागि सरकार अब गम्भीर देखिनु पर्छ:डा.डिआर उपाध्याय

डा.केसीको जीवन रक्षाका लागि सरकार अब गम्भीर देखिनु पर्छ:डा.डिआर उपाध्याय

राजनीति, समाचार
जुम्लाबाट सुरु भएको प्राडा गोविन्द केसीको १९औं सत्याग्रह आज २५ दिन पुगेको छ । मेडिकल शिक्षाको सुधारलाई लिएर पटक पटक अनशन बस्दै आएका केसीको मागतर्फ हरेकपटक राज्यले बेवास्ता गर्दै आएको छ । यतिवेला डा गोविन्द केसी सत्याग्रहमा छन् । उनी स्वास्थ्य सेवा सुधारको विषयलाई लिएर सत्याग्रहमा बसेका हुन । यो उनको १९औँ सत्याग्रह हो । डा केसी २५ दिनदेखि सत्याग्रहमा छन् र उनको स्वास्थ्य झन्–झन् बिग्रिँदो छ । तर, सरकार भने उनको माग सम्बोधन गर्न अझै तयार छैन । सरकार उनको जीवन रक्षाका लागि गम्भीर देखिनु पर्ने बेला भएको छ । अव सरकारले उनको मागको बिषयमा चासो देखाउनु पर्छ । समय घर्किएर देखाएको चासोको कुनै अर्थ रहने छैन । समय छदै यो बिषयलाई चासो दिएर उनका जायज माग सम्वोधन गनुृ पर्छ । प्रधानमन्त्रीले नै केसीको जीवनरक्षाका लागि पहल गर्नु पर्छ ।सत्तारुढ दल र विपक्षी दुवै इमानदार भएर उनको जीवनरक्षाका लागि पहल गर्नु ...
कीर्तिमानी गीतकार डा. डीआरको ‘बत्तिस लक्षणकी भएकी बुहारी’ सार्वजनिक(भिडियो)

कीर्तिमानी गीतकार डा. डीआरको ‘बत्तिस लक्षणकी भएकी बुहारी’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘बत्तिस लक्षणकी भएकी बुहारी…’ सार्वाजनिको छ । सासु बुहारीबीचको सम्बन्धलाई व्यक्त गरिएको गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक भएको हो । उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम अञ्जान तिर्खामा रहेको यो गीतमा सन्तोष श्रेष्ठको सङ्गीतमा प्रशन्ना शाक्य र रिता केसीको स्वर रहेको छ । सुभाष प्रधानको निर्देशन र चादनी शाहीको सहनिर्देशन रहेको गीतको भिडियोमा मनोज ओली, रस्मी श्रेष्ठ, सपना थापा र प्रभास लिम्बुको अभियन रहेको छ । डम्बर राईको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ । https://youtu.be/DEAQkhzRfBY फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका ...