सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
गीतकार अम्बिका र गायक वीरेन्द्रको ‘परदेशीको जीवन’ सार्वजनिक(भिडियो)

गीतकार अम्बिका र गायक वीरेन्द्रको ‘परदेशीको जीवन’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
‘जाले रुमाल’ गीतको अपार सफलता पछी गायक इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘परदेशीको जीवन बरिलै’ शीर्षकको छोटो म्युजिकल मुभीको भिडियो सार्वजनिक भएको छ । गीतमा चर्चित गीतकार अम्बिका गुरुङको रचना तथा दिपकराज विश्वकर्माको संगीत तथा एरेन्ज रहेको छ । https://youtu.be/n4BjB9--H0U टिकाराम आचार्य निर्देशित लक्षमण गजुरेल निर्माण रहेको भिडियोमा निर्मल खत्री, निशा राई लगायत नानी धानु, गजेन्द्र प्रिथक, पेम्बा शेर्पा, माया सिटौला, माधव सिटौला, धर्म खतिवडा, सरु शर्मा, किरण कन्दवाको अभिनय रहेको छ । म्युजिक भिडियोमा बेरोजगारी, गरिबी, केही गर्न परदेश गएर कमाउने उत्साह बोकेका आम मानिसको भोगाइको प्रतिनिधित्व देख्न सकिन्छ । योगेश दाहालको छाँयाकन सम्पादन रकहेको भिडियो भवसागर इन्टरटेन्टमेन्टको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ...
कात्तिक १५ गतेसम्म अदालत बन्द

कात्तिक १५ गतेसम्म अदालत बन्द

समाचार, समाज
 घटस्थापनादेखि कोजागत पूर्णिमासम्म देशभरका अदालत बन्द हुने भएको छ। विगत वर्षमा जस्तै घस्थापना भोलि कात्तिक १ गतेदेखि १५ दिनसम्म सबै अदालत बन्द रहने भएको हो। अदालतबा नियमित सेवा बन्द हुने भए पनि बन्दीप्रत्यक्षीकरणका लागि भने अदालतहरु खुला रहने सर्वोच्चले जनाएको छ। न्याय प्रशासन ऐन २०७३ को दफा २६ अनुसार तीन दिनभन्दा बढी अदालत बन्द हुने भएमा बन्दीप्रत्यक्षीकरणका लागि अदालत खुला राख्नुपर्ने व्यवस्था छ। जसअनुसार सर्वोच्च अदालत शनिबारबाहेक सबै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ। त्यस्तै उच्च अदालत रहेको जिल्लमा उच्च अदालत र जिल्ला अदालत मात्र भएका जिल्लामा जिल्ला अदालत खुला रनेछन्। ...
चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोकेदारी)ले दशैं–तिहारलक्षित गीत सार्वजनिक (भिडियो)

चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोकेदारी)ले दशैं–तिहारलक्षित गीत सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोकेदारी)ले दशैं–तिहारलक्षित गीत सार्वजनिक गरेका छन् । ‘दशैं आयो तिहार आयो’ बोलको गीतलाई बोकेदारी मिडिया अफिसियलको युट्युब च्यानलमार्फत् रिलिज गरिएको हो । सार्वजनिक गरिएको गीतको भिडियोले दशैँ–तिहार नजिकिएको आभास गराउँछ । गीतमा स्वर, शब्द तथा संगीत श्रीकृष्ण लुइँटेलकै रहेको छ । कमेडी शैलीमा बनेको गीतको भिडियोमा कोरोनाको कहरमा दशैं र तिहार मनाएको देखिन्छ । https://youtu.be/aZ-buawBQ9A सार्वजनिक गरिएको गीतको भिडियोमा कलाकारको रुपमा श्रीकृष्ण लुइँटेलका साथ शम्भु श्रेष्ठ, विक्रम गेलाल, नहिम अली, अरुण राजवंशी, रजत श्रेष्ठ, दिपेन्द्र कटुवाल र विष्णु कार्की रहेका छन् । रोहित लाम्गादेको निर्देशनमा तयार भएको गीतको भिडियोलाई जोनी योन्जनले एरेन्ज गरेका हुन् । सुवास लिम्बूको छायांकन तथा सम्पादन रहेको गीतको भिडियोलाई नहिम अलीले कोरियोग्राफ गरेका हुन् । ...
नवनियुक्त सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङबाट पदभार ग्रहण

नवनियुक्त सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङबाट पदभार ग्रहण

राजनीति
असोज २९ काठमाडौं । नवनियुक्त मन्त्री पार्वत गुरुङले आफ्नो पदभार ग्रहण गरेका छन् ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री गुरुङलाई हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय सुम्पिएका थिए । मन्त्री गुरुङले आज राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । पद तथा गोपनियताको समथ ग्रहण गरे लगत्तै मन्त्री गुरुङ आफ्नो पदभार ग्रहण गर्न सिंहदरबार पुगेका हुन् । ...
सञ्चारकर्मी जनक रावलको ‘भुल्यौं कि मायाले’ सार्वजनिक (भिडियो)

सञ्चारकर्मी जनक रावलको ‘भुल्यौं कि मायाले’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
लामो समयदेखि पत्रकारितामा रहनुभएका गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले…’ सार्वजनिक भएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर तथा किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो । यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बेहुला बेहुली र राजा रानीको कथा बोकेको छ । गीतको भिडियो ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ । https://www.youtube.com/watch?v=IoemGpJrino&feature=emb_logo सार्वजनिक गीतमा बालापनमा गोठालो गएको, मेलापात भरेको, पानी पँधेरो धाएको सम्झनाहरू प्रस्तुत गरिनुका साथैं भाँडाकुटी खेलेको, बेहुला बेहुली बनेको, राजा रानी बनेको, लुकामारी खेलेको कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ । गीतकार रावलले निश...
साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को नयाँ भजन ‘दर्शन’ सार्वजनिक

साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को नयाँ भजन ‘दर्शन’ सार्वजनिक

मनोरन्जन, समाचार
कवि, गीतकार एवम् साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को नयाँ भजन ‘दर्शन’ सार्वजनिक भएको छ । साहित्यकार अमरको २६ औं कृति दर्शन एल्बमको राजधानीमा एक समारोह बीच सामाजिक दुरी कायम गर्दै सार्वजनिक गरिएको हो । गीतकार सुरेन्द्र महर्जन र सूर्यकमल राईको स्वर रहेको गीतमा राम कार्की र सूर्यकमलको सङ्गीत छ । यस्तै राम कार्की र संजय हमालको एरेञ्ज छ । ओएसनेपालका विवेक कार्कीको सभापतित्वमा सम्पन्न सार्वजनिक कार्यक्रममा राजाराम फुँयाल, तुल्सी गिरी, गीता अधिकारी, राजु श्रेष्ठले मन्तव्य राख्नु भएको भने कार्यक्रम दीप गुरुङले सञ्चालन गर्नुभएको थियो । ...
चेम्बर दिवसको अवसरमा झण्डोत्तलन

चेम्बर दिवसको अवसरमा झण्डोत्तलन

आर्थिक, समाचार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चेम्वर दिवसको अवसरमा आयोजित कार्यक्रम माझ झण्डोत्तलन गरेका छन् । आज चेम्वर भवन जमलमा आयोजित चेम्बर दिवस कार्यक्रम माझ उनले झण्डोत्तलन गरेका हुन । उक्त अवसरमा मन्त्री भट्टले बि.स. २००७ सालमा स्थापित नेपाल चेम्बर अफ कमर्सले आफ्नो स्थापना काल देखिनै उद्योग, वाणिज्य क्षेत्रको बिकाश तथा अन्य ब्यावसायीक गतिविधिहरु बिस्तारका लागि निर्वाह गरेको भूमिका प्रसंशनीय रहेको बताए ।सो अवसरमा मन्त्री भट्टले कोभिड १९को बिषम परिस्थितिमा निजी क्षेत्र र सरकार वीच समन्वय र सहकार्यद्धारा आपूर्ति व्यवस्था सहज भएको बताए । ‘नेपाल चेम्वर अफ कमर्स लगायत अन्य निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थालाई हामीले सरकारको अभिन्न अंगको रुपमा लिएका छौ र व्यापार घाटा न्यून गर्न,लगानी तथा उत्पादन वढाउने सम्वन्धी नीतिगत सुधारमा हामी टीम वर्कको रुपमा कार्य गरिरहेका छौ भने निजी क...
नेपाल महिला चेम्बरको अनलाईन  ट्रेडिङ्ग ईकमर्सको शुभारम्भ,महिला उद्यमीहरुबाट उत्पादित वस्तुको  प्रवद्र्धनमा सकरात्मक पहल

नेपाल महिला चेम्बरको अनलाईन ट्रेडिङ्ग ईकमर्सको शुभारम्भ,महिला उद्यमीहरुबाट उत्पादित वस्तुको प्रवद्र्धनमा सकरात्मक पहल

आर्थिक, समाचार
चेम्वर दिवस २०७७ तथा नेपाल चेम्वर अफ कमर्सको ७० ओै बर्षकोअवसरमा नेपाल महिला चेम्वरबाट सोचेको डटकमसंगको सहकार्यमा प्रारम्भ गरिएको अनलाइन ट्रेडिङ इ–कमर्स ) को नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले समुद्घाटन गरेका छन् । अनलाइन ट्रेडिङ उद्घाटनका अवसरमा अध्यक्ष श्रेष्ठले राष्ट्रलाइ समृद्ध बनाउन महिलाहरुलाइ घरायसी कार्यमा मात्र सिमित नराखी उद्यमशीलताको विकास गरी आर्थिक कृयाकलापमा संलग्न गराउन आवश्यक रहेको औल्याए । अध्यक्ष श्रेष्ठले प्रस्तुत अनलाइन ट्रेडिङको माध्यमबाट महिला उद्यमीहरुलाई आफ्नो व्यवसाय वृद्धि गर्न प्रेरणा मिल्ने बताउदै हाल कोभिड–१९को सन्दर्भमा यस्तो डिजिटल मार्केटिङ्गको सम्भावना र सम्भाव्यता अझ बढी रहेको बताए । त्यस अवसरमा नेपाल महिला चेम्वरबाट भएको सत्प्रयासका लागि महिला चेम्वर तथा सोचेको डटकमलाई धन्यबाद ज्ञापन गर्नु हुंदै यो नाफा कमाउने कार्य नभइ समाजसेवा पनि भए...
बजार स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउनु पर्छ: डा.डिआर उपाध्याय

बजार स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउनु पर्छ: डा.डिआर उपाध्याय

आर्थिक, समाचार
दशै आउन अव त्यति धेरै दिन बाँकी छैन । तर पनि यस पालिको दशै अघिल्लो वर्ष जस्तो रमाइलो गर्ने , भेटघाट गर्ने , धेरै जमघट हुने अवस्था छैन । अघिल्लो बर्ष जस्तो बजारमा चहल पहल पनि छैन । सर्वसाधरण नागरिकका लागी यो दशै दशा बनेर खडा भएको छ । किन भने लामो समय सम्मको लकडाउनले धेरै मानिसहरुको रोजी रोटी खोसिएको अवस्था छ । मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नेहरुको अवस्था झन दयनीय छ । यता निजी स्कुल , कलेज पढाउने शिक्षक , शिक्षिकाको पनि उस्तै हालत छ । समग्रमा भन्र्ने हो भने धेरै नागरिकको अवस्था नाजुक छ । मध्यम आय भएका र दैनिक कमाएर छाक टार्नुपर्ने बाध्यता भएका बहुसंख्यक नागरिक आर्थिक भारले उठ्नै नसक्ने गरी थिचिएका छन्। उनीहरुलाई नजिकिँदै गरेको चाडपर्वको रौनकले पनि खासै छुन सकेको छैन। दशैको बेलामा मीठोमसिनो खाने भन्दा पनि उनीहरूको चिन्ता बिहान–बेलुकाको छाक कसरी टार्ने भन्नेतर्फ मात्रै केन्द्रित छ। बजारम...
पहिलो बक्स अफिस वृहत साईकलिङ्ग सम्पन्न

पहिलो बक्स अफिस वृहत साईकलिङ्ग सम्पन्न

मनोरन्जन, समाचार
बक्स अफिस इन्टरनेशनल ग्रुपले विभिन्न फिल्म एवार्ड, म्यूजिक अवार्डसँगै नेपाली चलचित्र इतिहासमा पहिलो पटक सामाजिक दुरी कायम गर्दै वृहत साईकल र्‍याली आयोजना सम्पन्न गरेको छ । काठमाडौँ क्षेत्र नं. ४ का माननीय दिपक निरौलाको प्रमुख अतिथ्यतामा चलचित्र विकास बोर्डका अध्यक्ष दयराम, निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सामुहिक रुपमा राष्ट्रिय झण्डा आयोजकलाई प्रदान गरी राजधानीको प्रसिद्ध धार्मिक स्थल भद्रकाली मन्दिरबाट ७ बजे शुभआरम्भ गरेको थियो । बाह्रौँ नेशनल बक्स अफिस फिल्म एवार्ड भव्य रुपमा सफल पारौँ, साईकल चढौं, प्रदुषण हटाऔँ, कोरोनाले थला परेको नेपाली चलचित्र, गीतसंगीत र आन्तरिक पर्यटनलाई बचाऔँ भन्ने मूल नारासहित असोज २४ गते काठमाडौँको भद्रकाली देखि कागेश्वरी पार्कसम्म करिब ४०० साईकल यात्रीहरुको सहभागिता रहेको थियो । बक्स अफिस सुन्दरीजल शाखाले सम्पूर्ण व्यवस्थापन गरेको उक्त कार्यक...