सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
निर्मल शर्मा निर्देशित “न्याउली चरी”को छायांकन सम्पन्न

निर्मल शर्मा निर्देशित “न्याउली चरी”को छायांकन सम्पन्न

मनोरन्जन, समाचार
गायक तथा संगीतकार डीबी गुरुङ (धन गुरुङ)को सुमधुर स्वरमा सजिएको नयाँ गित 'न्याउली चरी'को छायांकन सम्पन्न भएको छ । मिन सागर लामाको शब्द रहेको गीतलाई गायक डीबी गुरुङले नै संगीतबद्ध गरेका छन्। कलाकार तथा निर्देशक निर्मल शर्माले निर्देशन गरेको भिडियोलाई छायाँकार राजु केसीले छायांकन गरेको गरेका हुन् । भिडियोमा सचिन बोगटी, रजनी केसी र करिश्मा केसी लोप्चनलाइ फिचर्ड गरिएको छ । मनोरम दृश्यमा खिचिएको म्युजिक भिडियो चाडै सार्बजनिक गरिने निर्देशक शर्माले बताएका छन् । ...
मन्त्री विश्वकर्माद्वारा ‘खेल जीत मनोविज्ञान’ पुस्तक सार्वजनिक

मन्त्री विश्वकर्माद्वारा ‘खेल जीत मनोविज्ञान’ पुस्तक सार्वजनिक

खेलकुद, समाचार
काठमाडौं, ०३ कार्तिक- ग्लोरी मिडियाद्वारा प्रकाशित पुस्तक खेल जीत मनोविज्ञान विमोचन गरिएको छ । डि एन घिसिङको लेखन तथा सरोज ओझाको भाषा सम्पादन रहेको उक्त पुस्तक सोमबार युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले विमोचन गरेका हुन । राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रम माझ पुस्तकको विमोचन गर्दै मन्त्री विश्वकर्माले उक्त पुस्तकले नेपालको खेल क्षेत्रलाई ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । मन्त्री विश्वकर्माले आधुनिक खेलकुदमा मनोविज्ञान सम्बन्धी ज्ञानको बढदो आवश्यकता महशुश गरिएको परिप्रेक्ष्यमा खेल जीत मनोविज्ञान पुस्तकले समाजलाई गतिशिल बनाउने धारणा राखे । पुस्तकका लेखक डिएन घिसिङले खेल क्षेत्रमा मनोविज्ञानको प्रभाव उच्च रहने बताउदै यसको उचित प्रयोगले खेलाडीलाई प्रतिस्पर्धामा जीत हासिल गर्न सघाउँ पुग्ने दाबी गर्दै खेल जीत मनोविज्ञान पुस्तकले नेपालको खेल क्षेत्रलाई...
चर्चित गायक सिताराम पोखरेलको स्वर तथा अभिनय रहेको ‘मनको मैलो’ सार्वजनिक (भिडियो)

चर्चित गायक सिताराम पोखरेलको स्वर तथा अभिनय रहेको ‘मनको मैलो’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
लोकप्रिय गायक सीताराम पोखरेलको स्वरमा नयां गीत मनको मैलोको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजीटल युट्यूब च्यानलबाट आज सार्वजनिक भिडियोमा गायक स्वयं र उनलाई अभिनयमा मोडल तथा भिजे रिमा विश्वकर्मा र बालकलाकार आयुशी ढकालले साथ दिएका छन । उत्कृष्ट स्वरमा रहेको गीतको भिडियोलाई निर्देशक समन अधिकारीले फरक ढंगले निकै मार्मिक कथावस्तु समेटेर आकर्षक तरिकाले निर्देशन गरेका छन । हेमन्त खतिवडाको शव्द रहेको गीतलाई संजय हमालले एरेन्ज तथा कम्पोज गरेका हुन । https://www.youtube.com/watch?v=qn5YjMw5rfU&feature=share&fbclid=IwAR05ThvSCcfRrss5vW7SGx4D4M6yzc5IaKE7Ql-o4IvNBUSKwzS-oQEENz0 फराज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियोमा हेमा श्रेष्ठको बेली डान्स समेत रहेको छ । आफ्ना प्रत्येक भिडियोमा चर्चित नायिका तथा मोडलहरुलाई समावेश गराई भिडियो वजारमा ल्याउने गरेका गायक पोखरेलले ...
निरजर्ना पलान्चोके श्रेष्ठले हात पारिन ‘मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट’को उपाधी

निरजर्ना पलान्चोके श्रेष्ठले हात पारिन ‘मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट’को उपाधी

मनोरन्जन, समाचार
काठमाडौं ३ कार्तिक । सिजन मिडिया द्धारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” को विजेता घोषणा गरिएको छ । उक्त प्रतियोगीतामा भक्तपुरकी निरजर्ना पलान्चोके श्रेष्ठ प्रथम विजेता हुनु भएको छ उहाले नेपाली गितमा नृत्य गर्नु भएको थियो भने पत्रकार लक्ष्मी खतिवडा दोश्रो हुनु भएको छ उहाँले नाटक विधामा सहभागी हुनु भएको थियो भने त्यसैगरी तृतिय स्थान अनिला वन्तले हात पार्न सफल हुनु भएको छ । उहाँले पनि नृत्य विधामा सहभागी हुनुभएको थियो । उक्त कार्यक्रमको निर्णायक मण्डलमा नायक तथा डाइरेक्टर आकास अधिकारी, वरिष्ठ सौन्दर्य विद सिता न्यौपाने,कर्पोरेट चिफ कुमार चालिसे , नृत्य निर्देशक राजेन्द्र कमल राई र गायक विनोद वाँनिया रहनु भएको थियो । नेपालभर रहेका विवाहित महिला तथा गृहिणीहरुलाई लकडाउनको समयको सदुपयोग तथा आफ्नो कला मनोरन्जन तथा आन्तरिक क्षमतालाई उजागर गर्ने उद्दे...
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘आफ्नै छायाले छोडेर’ सार्वजनिक (भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘आफ्नै छायाले छोडेर’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत आफ्नै छायाले छोडेर…’ सार्वजनिक भएको छ । स्वरुप राज आचर्यको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । कृष्ण पौडेलको निर्देशन रहेको गीतको भिडियोमा असिम दाहाल, सविना शर्मा र पुण्यप्रसाद वन्जाराको अभिनय रहेको छ । सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोमा युवराज खत्रीको सम्पादन छ । https://youtu.be/l8YvpwegvKk फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उहाँका चाड पर्...
कीर्तिमानी गीतकार तथा उपन्यसकार डा. डीआर उपाध्यायलाई कोरोना संक्रमण

कीर्तिमानी गीतकार तथा उपन्यसकार डा. डीआर उपाध्यायलाई कोरोना संक्रमण

समाचार, स्वास्थ्य
कीर्तिमानी गीतकार तथा उपन्यसकार डा. डीआर उपाध्यायलाई कोरोना संक्रमण भएको छ । उहाँले आफूलाई कोरोना संक्रमण पुष्टि भएको र सम्पर्कमा आउनु भएकालाई सचेत हुन आग्रह गर्नुभएको छ । बिहीबार शरीर दुखेको र ज्वोरो आएपछि कोरोना संक्रमण परीक्षण गरेका उनमा शनिबार संक्रमण पुष्टि भएको हो । उपाध्यायले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरूलाई सुरक्षित र सतर्क रहन आग्रह गर्नुभएको छ । उपाध्याय होम आइसोलेसनमै बस्नुभएको छ । तथ्यखबर परिवार उहाँको शीर्घ स्वास्थ्य लाभको कामना गर्दछ । ...
काठमाडौं उपत्यकामा संक्रमणको अवस्था भयावह उन्मुख:डा डीआर उपाध्याय

काठमाडौं उपत्यकामा संक्रमणको अवस्था भयावह उन्मुख:डा डीआर उपाध्याय

समाचार, स्वास्थ्य
कोभिड–१९ ले मुलुकको अवस्था झन्झन् डरलाग्दो बन्दै गइरहेको छ । संक्रमितको दर तीव्र गतिमा उकालिँदै छ । यो कोरोना भाइरस महिनौको लकडाउन र निषेधाज्ञाका बाबजुद पनि नियन्त्रणमा आउन सकेन । परीक्षणमा वृद्धि, राम्रो कन्ट्याक्ट ट्रेसिङ, गहिरो केस इन्भेस्टिगेसन, जनस्वास्थ्य मापदण्डको पालनालगायत प्रक्रिया दुई साता कडाइका साथ पालना गरे संक्रमणको दरमा कमी आउने जनस्वास्थ्य बिज्ञले बताईरहेका छन । सबै अस्पताललाई कोरोना अस्पतालमा परिणतको निर्णयपछि अन्य बिरामीको व्यवस्थापन झन् कठिन बनेको छ । यो बिषयमा सरकारले बिचार गर्नु पर्ने आबश्यकता देखिएको छ । उपत्यकामा संक्रमण दर निरन्तर बढिरहेको छ । यो डर लाग्दो संकेत हो । आफनो सुरक्षा आफै गरौं । अनाबश्यक भिडभाड नगरौं । दशैको टिका नजिकै आएको छ । टिका लगाउन धेरै भिडभाड नगरौं । आफनै घरमा बसेर टिका लगाऔं । बाहिर हिड डुल नगरौ । कोरोना भाईरस संग छलिदै आफनो काममा लागौं । काठम...
नेता सधैं कुर्सीका लागि मात्र लड्ने जनताले सास्ती मात्र भोग्ने:डा.डीआर उपाध्याय

नेता सधैं कुर्सीका लागि मात्र लड्ने जनताले सास्ती मात्र भोग्ने:डा.डीआर उपाध्याय

राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल त पुनर्गठन गर्नुभयो । तर पार्टीभित्र मन्त्रिमण्डल पुनर्गठनको बिषयलाईृ लिएर शीर्ष नेताबीच फेरि विवाद सुरु भएको छ । यो बिवाद कति लामो समयसम्म जाने हो त्यो भने भन्न सकिदैन । सत्तारुढ दल नेकपामा बेला बेलामा बिवाद भइरहन्छ र लेनदेनको कुरा मिलेपछि बिवाद साम्य हुन्छ । नेकपाले सत्ता चलाएको साँढे  दुई बर्षको अवधीमा पार्टीभित्रको विवाद बाहेक अरु केही प्रगति देखिएन । सत्ता सम्हालेको साँढे दुईवर्ष अवधि प्रायः झगडामै बित्यो । नेपाली जनता त वाक्क दिक्क पो हुन थाले । नेता सधैं कुर्सीका लागि मात्र लड्ने जनताले सास्ती मात्र भोग्ने, यसरी देश उँभो लाग्दैन । दूरदर्शी युवा नेताको अभावमा देश अल्मलिएको छ । देशले कुनै निकास पाउन सकेको छैन । जनता भोका छन् । बेरोजगार छन् । रोजीरोटी खोसिएको अवस्था छ । गरिव निमुखा जनताको अवस्था त झन् दयनीय छ । सरकारी सेवा-स...
समाजसेवी दावा लामा र केदार मल्लको अगुवाइमा पाँचखालका बिद्यालयहरुमा स्वास्थ्य सामाग्री वितरण

समाजसेवी दावा लामा र केदार मल्लको अगुवाइमा पाँचखालका बिद्यालयहरुमा स्वास्थ्य सामाग्री वितरण

शिक्षा, समाचार
बिस्वनै कोरोना महामारीमा परि रहेको बेला अहिले कुनै न कुनै संघ संस्थाहरुले बेसाहरा दिन दुखी परिवारलाई केहिन केही माध्यमबाट सर सहयोग गरिरहेका हामिले देख्न र सुन्न पाइरहेका अबस्थामा अहिले हामिलाइ प्राप्त जानकारी अनुसार न त कुनै ब्यक्तिगत फाइदा या कुनै ब्यक्तिगत स्वार्थ सधै समाज सेवामा अग्र स्थानमा रहि रहने नाम हो काभ्रेका युबा नेता,समाजसेबि तथा तरुण दल काभ्रेका सभापति दावा लामा र अर्का ब्यबसायी तथा समाजसेवी केदार मल्लको अगुवाइमा आज काभ्रेको पाँचखाल नगरपालिका वडा न १ का बिद्यालयहरुमा मास्क र सेनिटाइजर विभिन्न ३ सामुदायिक विद्यालयहरुलाइ हस्तान्तरण गरेका छन । उक्त मास्क र सेनिटाइजर बितरण कार्यक्रममा काङ्ग्रेस उपसभापति एवंम महाधिबेसन प्रतिनिधि बेल लामा काङ्ग्रेस नेता मान बहादुर तामाङ ,अन्जन राज खतिवडा ,सान बहादुर तामाङ काङ्ग्रेस वडा सभापति ज्ञान बहादुर तामाङ लगायतले विद्यालय ब्यवस्थापन समितिल...
गायिका रेखा पौडेल र गायक कन्हैया सिंह परियारको स्वरको ‘राख्न त राख जमरा आमा’ सार्वजनिक (भिडियो)

गायिका रेखा पौडेल र गायक कन्हैया सिंह परियारको स्वरको ‘राख्न त राख जमरा आमा’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
हिन्दुहरुको महान चाड वडा दशैं संघारमै आइसकेको छ । नजिकिंदो दशैंसँगै पछिल्लो समय दशैंको महत्व र सिर्जीत परिस्थितीलाई समेटेर नेपाली साङगीतिक क्षेत्रमा धेरै गीतहरु सार्वजनिक भइरहेको छन् ।यहि सिलसिलामा ‘राख्न त राख जमरा आमा’ बोलको मार्मिक गीत सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायिका रेखा पौडेल र गायक कन्हैया सिंह परियारको स्वर रहेको छ । https://youtu.be/9zXMzsHIorI बिमल गौतमको मर्मश्पर्शी शब्द रहेको गीतमा रेखाको नै संगीत रहेको छ । मारुनी डिजिटल रेकर्डिङमा रेकर्ड गरिएको यो गीतलाई कुमार राना मगरले मिकिस्ङ गरेका हुन् । गीतमा रत्न बिकेको बाँसुरीवाद तथा भुवन गन्धर्वको तबलावादन सुन्न सकिन्छ । श्रमका लागि परदेशीएका नेपालीलाई चाडपर्वमा स्वदेश फर्कन नपाउँदाको पिडा गीतमा हुबहु समेटिएको छ । गीतको भिडियोलाई समिर लामाले निर्देशन गरेका हुन । ...