देश निर्माणका लागी मार्गचित्र कोर्न सक्ने भिजनरी नेता र योजनाविदको खाँचो:डा.डिआर उपाध्याय
मुलुकलाई स्वावलम्बी, स्वाधीन र समृद्ध कसरी बनाउने भन्ने बिषयमा चिन्तन गरौं । कुनै पनि देश बिकासका लागी सुशासन नै प्रमुख सर्त हो । बिश्वका जुन सुकै देशको बिकास भएको छ , त्यो सुशासनका कारणले हो । जुन देशमा सुशासन कायम हुदैन तीे देश बिकासको हिसावमा पछाडी परेका छन । त्यसैले अव नेपालको बिकास र समृद्धि गर्ने हो भने सुशासनलाई प्रमुख सर्त बनाऔं । सुशासन कायम गर्ने भनेको धेरै भयो , तर अहिले सम्म भ्रष्टाचारमा अलिकत पनि कमी आएको छैन ।यस्तो भए पछि देश कसरी बन्छ ? चिन्ता लाग्ने बिषय यो हो । देशमा चाकरी–चाप्लुसीको राजनीति छ । परिवारवाद, नातावाद र कृपावादको राजनीतिले स्थान पाएको छ । हाम्रो मुलुक ७० वर्षको लामो सङ्घर्षका बाबजुद पनि अझै स्वाधीन, स्वावलम्बी, समृद्ध बन्न सकेन । दलहरुले मुलुकको ब्यवस्था बदल्न सके तर अवस्था बदल्न सकेनन् । यो कुरामा अझै बहस भईनै रहेको छ । ब्यवस्था बदलिएको छ , जनताको अवस्था उस्...






