आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

युवा उद्यमी तथा कलाकार उषा रुम्वाद्धारा सञ्चालित यूआरएस शप को तेस्रो शाखा विस्तार

युवा उद्यमी तथा कलाकार उषा रुम्वाद्धारा सञ्चालित यूआरएस शप को तेस्रो शाखा विस्तार भएको छ । नयाँ बानेश्वर स्थित यूआरएस शपको नायिका श्वेता खड्काले औपचारिक रुपमा उद्घाटन गरेकी हुन् । विगत १९ वर्ष देखि महिलाहरुको फेन्सी कपडा ब्यापार शुरु गरेकी युवा उद्यमी रुम्वाले आफ्नो पसलको तेस्रो शाखा विस्तार गरेकी हुन् ।

महिलाहरुको हरेक सामान पाईने यूआरएस शप मा नायिका श्वेता खड्का समेत निरन्तर ग्राहक हुन् । आफ्नो ग्राहकको सुविधालाई मध्य नजर गर्दै पुरानो बानेश्वरमा आफ्नो दुई वटा पसल पछि अहिले नयाँ बानेश्वरमा स्थापना गरेको सञ्चालक रुम्वाले बताईन् । कोभिड -१९ को महामारी विच र दर्शैको समयमा विशेष छुटका साथ विक्रि गरिने समेत रुम्वाले जानकारी दिईन् । सञ्चालक रुम्वाले विभिन्न म्यूजिक भिडियोमा समेत अभिनय गरेकी छिन् भने महिलाको फेन्सी कपडाको ब्यापार गर्ने उनी सफल महिला उद्यमी हुन् ।

साभारः कृसुना मिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *