आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
इँटाभट्टामा जिउँदै मान्छे जलाइएको घटनामा संलग्न हेड मिस्त्री पक्राउ

इँटाभट्टामा जिउँदै मान्छे जलाइएको घटनामा संलग्न हेड मिस्त्री पक्राउ

अपराध, समाचार
 रौतहटमा इँटाभट्टामा जिउँदै मान्छेलाई जलाइएको घटनामा संलग्न रहेको आरोप लागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले रौतहटको राजपुर फरहदवामा भएको बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ निवासी ५५ वर्षीय बद्री सहनीलाई पक्राउ गरेको हो। सहनीलाई विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो। फरार रहँदै आएका सहनीलाई शुक्रबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले जानकारी दिए। पक्राउ परेका सहनी इँटाभट्टाका हेड मिस्त्री थिए। २०६४ सालमा राजपुर फरहदवामा गोठमा भएको बम बिस्फोटमा परी दुई जनाको मृत्यु भएको थियो। उक्त विस्फोटमा केही व्यक्तिहरु घाइते भएका थिए। घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा लगेर जलाइएको थियो।...
गायक यमन श्रेष्ठको स्वरमा पहिलो पटक आगो सम्बन्धि जनचेतनामुलक  भिडियो सार्वजनिक(भिडियो)

गायक यमन श्रेष्ठको स्वरमा पहिलो पटक आगो सम्बन्धि जनचेतनामुलक भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायक यमन श्रेष्ठको स्वरमा पहिलो पटक आगो सम्बन्धि म्यूजिक भिडियो सार्वजनिक भएको छ । आगलागी कसरी हुन्छ र यसबाट बच्न के कस्ता उपाय अपनाउन सकिन्छ भन्ने सन्देश मुलक गीतको भिडियो आज शनिवार सार्वजनिक गरिएको हो। किशोर कुमार भट्टराईको शब्द चन्दन श्रेष्ठको संगीत, किरण कँडेलको एरेन्ज छ। https://www.youtube.com/watch?v=y9ZXEDEZcWU&feature=youtu.be&fbclid=IwAR2IawK0ZUTnuzfsKCQlnk7y-7w4rDFXmzW8_Yeuhc2rOPuM3G43exAO8vw आगलागी पश्चात नियन्त्रणका लागी खटिने विश्वभरका फायर ब्रिगेडहरु प्रति समर्पित उक्त गीतको भिडियोमा वरिष्ठ कलाकार मह जोडी मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै सुशील पोखरेल, गायक तथा कलाकार यमन श्रेष्ठ, किशोर कुमार भट्टराई लगायतले अभिनय गरेका छन्।राम कुमार केसीको छायांकन र सिलन लम्सालको सम्पादन रहेको उक्त भिडियोलाइ वसन्त सापकोटाले निर्देशन गरेका हुन् । ...
प्रधानमन्त्री निवासको सुरक्षामा खटाइएको पाँच दर्जनभन्दा बढि सुरक्षाकर्मीमा कोरोना संक्रमण

प्रधानमन्त्री निवासको सुरक्षामा खटाइएको पाँच दर्जनभन्दा बढि सुरक्षाकर्मीमा कोरोना संक्रमण

राजनीति, समाचार
प्रधानमन्त्री निवासको सुरक्षामा खटाइएको पाँच दर्जनभन्दा बढि सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि सुरक्षा निकायले उनीहरुलाई फिर्ता बोलाएको छ। उनीहरुको ठाउँमा अन्य टोली पठाउन सुरु गरिसकेको छ। प्रधानमन्त्री निवास र सुरक्षामा खटाइएका ६० जनाभन्दा बढि सुरक्षाकर्मीमा संक्रमण देखिएको हो। प्रधानमन्त्री निवासको सुरक्षामा खटिएका तर प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष सम्पर्कमा नभएका २८ जनामा कोरोना संक्रमण पुष्टि भएकोले वहाँहरुलाई बदली गर्ने कार्य भइरहेको छ,’ सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए। संक्रमण देखिएका अन्य सुरक्षाकर्मी नेपाल प्रहरी र सशस्त्र प्रहरीका हुन् ...
सिजन मिडियाले आगामी मंसिरमा नेशनल सोसल वयलफेयर अवार्ड २०२० आयोजना गर्दै

सिजन मिडियाले आगामी मंसिरमा नेशनल सोसल वयलफेयर अवार्ड २०२० आयोजना गर्दै

समाचार, समाज
काठमाडौं असोज १७ । लामो समयदेखि सामाजिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले पुनः अर्को पुण्यको काममा हात हालेको छ । केही समय अघि मात्रै आफ्नो स्थापनाको ११ वर्ष पूरा गरेको यस मिडियाले सामाजिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व र संस्थालाई बेला बेलामा सम्मान गर्दै उनीहरुको कामलाई अझै हौसला प्रदान गर्दै आएको छ । मिडिया स्थापना भएको अवसर पारेर आगामी २०७७ साल मंसिरमा काठमाडौंमा ‘नेशनल सोसल वयलफेयर अवार्ड २०२०’ नामक सम्मान कार्यक्रम आयोजना गर्न लागेको सगौरव जानकारी गराउँदछ । उक्त कार्यक्रममा नेपाल तथा विदेशमा रहेर विभिन्न क्षेत्रहरुमा रहेर नेपाल र नेपालीको दुख सुखमा साथ तथा हौसला प्रदान गर्ने विभिन्न संघ संस्था तथा समाजिक व्यक्तित्वहरुलाई सम्मान गरिने छ । विशेष गरी कोभिड १९ को विषम अवस्थामा दिनरात नभनी विभिन्न क्षेत्रमा अग्रपंक्तिमा खटेका व्यक्ति तथा संस्थालाई यस...

कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने युवाको माग जायज:डा. डीआर उपाध्याय

आर्थिक, समाचार
नेपाल विद्युत् प्राधिकरणमा कुलमान कै खाँचो छ अहिले सरकारका कमीकमजोरीलाई जनताले खबरदारी गरिरहेका छन् । सरकारका कामकारवाही प्रति आम नागरिकको तीव्र असन्तुष्टि छ । तर, सरकारले त्यस्ता असन्तुष्टिबारे खासै चासो देखाएको छैन । अझै समाजमा गरिबी, अभाव, विभेद कायम छ । जनताले सुरुवाती दिनमा यो सरकारबाट जुन किसिमको आशा गरेका थिए । त्यस अनुसार काम हुन नसक्दा आम नागरिक निराश छन । बर्तमान सरकारले आफूले प्रतिवद्धता जनाए बमोजिम देशलाई विकास र सुशासन दिन सकेन । यो नै आम नागरिकको गुनासो हो । सरकारले जनताको पक्षमा राम्रो काम गरेर देखाउने समय हो यो । तर सत्तारुढ दल र उसको नेतृत्वमा बनेको सरकार कता कता अल्झिरहेको छ । यति बेला कोरोना भाईरसका कारण धेरै क्षेत्र समस्याग्रस्त छन् ।समस्याग्रस्त क्षेत्रहरु माथि उठन धेरै समय लाग्ने देखिन्छ । बर्तमान सरकारले जनतालाई अभिभावकत्व दिन सकेको छैन । आम नागरिकको अभिभावकत्व न...
नागरिकताको सिफारिस गराइदिन २४ हजार घुस लिने कार्यालय सहयोगी पक्राउ

नागरिकताको सिफारिस गराइदिन २४ हजार घुस लिने कार्यालय सहयोगी पक्राउ

अपराध, समाचार
नागरिकताको सिफारिस गराइदिने भन्दै २४ हजार रुपैयाँ घुस लिने जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगी रंगेहात पक्राउ परेका छन्। पक्राउ पर्नेमा कार्यालय सहयोगी दिलिप पञ्जियार रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले बिहीबार मध्याह्न एक सेवाग्राहीसँग नागरिकताको सिफारिसबापत २४ हजार रुपैयाँ घुस लिँदालिँदै उनलाई पक्राउ गरेको हो। कार्यालय सहयोगी पञ्जियारलाई कार्यालयबाटै घुसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोको क्षेत्रिय कार्यालय बर्दिबासले जनाएको छ। ...
झापामा खुल्यो प्रदेशकै पहिलो पाँचतारे होटल

झापामा खुल्यो प्रदेशकै पहिलो पाँचतारे होटल

आर्थिक, समाचार
झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ। बङ्गलादेश, भुटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर-८ जोरसिमलमा आठ विगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण भएका छन्। होटल सञ्चालन गर्ने भेगास इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष पवित्रकुमार कार्कीले मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक हुने भएकोले प्रदेश नं. १ मै पहिलो पाँचतारे होटल सञ्चालन गरिएको बताए। चन्द्रगढी विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दूरीमा अवस्थित होटल मेची क्राउनमा  एक अर्ब ५० करोड रुपैयाँ लगानी भइसकेको सञ्चालक कार्कीले जानकारी दिए। होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुलल, ग्रीन गार्डेनगायत सुविधा छन् भने भविष्यमा व्यापारिक मल समेत त्यही बनाइने बताइएको छ। होटलमा...
अर्काे आदेश जारी नभएसम्म विद्यालय नखाेल्न निर्देशन

अर्काे आदेश जारी नभएसम्म विद्यालय नखाेल्न निर्देशन

शिक्षा, समाचार
नुवाकोट र रसुवाका विद्यालय अर्काे आदेश जारी नभएसम्म नखोल्न जिल्ला प्रशासन कार्यालय नुवाकोट र रसुवाले निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोट र रसुवाले बुधवार मन्त्रिपरिषद्को भदौ २९ को निर्णयलाई आधार बनाएर शिक्षण संस्था सञ्चालन नगर्न निर्देशनात्मक अनुरोध गरेको हो। शिक्षा मन्त्रालयको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’मा विद्यालय खोल्ने सन्दर्भ कतै उल्लेख नगरिएकाले विद्यालय खोल्न मनाही गरिएको प्रशासनको सूचनामा उल्लेख छ। कोभिड–१९ बाट नुवाकोटमा अहिलेसम्म १ सय ३१ जना संक्रमित भइसकेका छन् भने १५ जना सक्रिय संक्रमित छन्। त्यस्तै रसुवा २१ जना कोरोना संक्रमित भइसकेका छन् भने १ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। नुवाकोट र रसुवा प्रशासनले विद्यालय तथा शिक्षण संस्था खुला गर्दा विद्यालयबाट संक्रमणको जोखिम हुने भएकाले पनि तत्कालका लागि विद्यालय खोल्न नहुने पक्षमा प्रशासन छ। ...
चर्चित इन्जिनियर गायक वीरेन्द्र श्रेष्ठको ‘जाली रुमाल’बोलको गीतको भिडियो सार्वजनिक

चर्चित इन्जिनियर गायक वीरेन्द्र श्रेष्ठको ‘जाली रुमाल’बोलको गीतको भिडियो सार्वजनिक

मनोरन्जन, समाचार
काठमाण्डौं, असोज १५ /चर्चित इन्जिनियर गायक वीरेन्द्र श्रेष्ठको ‘जाली रुमाल’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भीम बिष्टको शब्द संगीतमा तयार पारीएको गीतमा गायक वीरेन्द्र श्रेष्ठलाई सुमधुर स्वरकी धनी चर्चित लोकप्रिय गायिका मेलिना राईले साथ दिएकी छिन । गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन भने म्युजिक सम्पादन श्याम्श्वेत रसाईली को रहेको छ । https://youtu.be/R73DlGl9jIk चर्चित नृत्य निर्देशक कोरियोग्राफर गम्बिर बिष्टको निर्देशनमा बनेको भिडियोमा चर्चित नायक पल शाह र नायिका रियासा दाहाल तथा अहिलेका व्यस्त लोकप्रिय क्रिउ कार्टुन क्रिउका सरोज र आश्माको जोडीको रमाइलो नृत्य गरेको देख्न सकिन्छ । लकडाउनको कारण खाली रहेको अवस्थामा याक एण्ड येति होटेलमा दरबारको झल्को आउने सिनमा पल, सरोजलाई युबराजको रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा नवराज उप्रेतीको छांयाकन नबिन रिजालको सम्पादन रहेको छ । भ...
सङ्क्रमणको जोखिम कम गर्न सरकारले चालेको कदमको मात्र भर परेर हुँदैन: :डा. डीआर उपाध्याय

सङ्क्रमणको जोखिम कम गर्न सरकारले चालेको कदमको मात्र भर परेर हुँदैन: :डा. डीआर उपाध्याय

समाचार, स्वास्थ्य
कोरोना भाइरसको सङ्क्रमणको दिनप्रतिदिन बढ्दो छ । मंगलबार उपत्यकामा मात्रै ९ सय ३४ सङ्क्रमित थपिएका छन् । यो अहिलेसम्म उपत्यकामा एकैदिन देखिएको सबैभन्दा बढी सङ्ख्या हो । यस्तै मंगलबार देशभरमा १ हजार ५ सय १३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकामा मंगलबारसम्म कुल सङ्क्रमितको सङ्ख्या २३ हजार २ सय ६४ पुगेको छ भने देशैभरका कुल सङ्क्रमितको सङ्ख्या ७६ हजार २ सय ५८ र सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ३ सय ९६ पुगेको छ । मंगलबार काठमाडौं ७ सय ४७, ललितपुरमा १ सय १४ र भक्तपुरमा ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै काठमाडौंमा १८ हजार ८ सय ७७, ललितपुरमा दुई हजार ३ सय ४६ र भक्तपुरमा दुई हजार ३७ सङ्क्रमित पुगेका छन् । यतिवेला उपत्यकाको जनजीवन सामान्य देखिए पनि काठमाडौं हटस्पट बन्दै गएको पछिल्लो कोरोना सङ्क्रमितले पुष्टि गर्दछ । देशभर सक्रिय कोरोना भाइरस स...