एकता बिना गरिबी दुष्चक्रलाई परास्त गर्न सकिदैन:डा. डीआर उपाध्याय
अव मुलुक आर्थिक विकासमा केन्द्रित हुनुपर्छ । राजनीतिक मुद्दामा मात्र अल्झिएर देशको बिकास हुँदैन । देशको आर्थिक विकास नै अहिलेको मुख्य बिषय हो । विगतमा राजनीतिक द्वन्द्वका कारण देशको बिकास हुन सकेन । अब त्यस्तो अवस्था छैन । मुलुकमा झण्डै दुई तिहाईको सरकार छ । मुलुकको भाग्य र भविश्य निर्माणका लागि सवै दलहरू साझा एजेन्डा बनाएर अघिबढनु पर्ने बेला आएको छ ।
एकले अर्काको खुट्टा तान्र्ने प्रवृतिको अन्त्य गरौं । मिलेर देशको बिकास गरौं । यो नै आजको आबश्यकता हो । बिगतमा अस्थिर सरकारका कारण नेपालले ठूला आयोजनाहरू निर्माणमा निकै समस्या भोग्नु परेको थियो । राजनीतिक मुद्दामा मात्र केन्द्रित बनेर अब हुँदैन । बिगतमा फोहोरी राजनीतिकै कारण मुलुक बिकासको गतिमा अघि बढन सकेन ।
अब आर्थिक तथा भौतिक विकासमा सवैको ध्यान जानुपर्छ । सरकारले अघि सारेको समृद्धिको महासङ्कल्प पूरा गर्ने दिशामा अघि बढनुपर्छ । मुलुक...








