आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
किवानिज गभर्नर लम्सालको सम्मानमा नाटोजले राख्यो कार्यक्रम

किवानिज गभर्नर लम्सालको सम्मानमा नाटोजले राख्यो कार्यक्रम

आर्थिक, समाचार
किवानिज गभर्नर लम्सालको सम्मानमा नाटोजले राख्यो कार्यक्रम नेपाल पर्यटन पत्रकार संघ (नाटोज) ले किवानिज इन्टरनेसनल क्लबको नेपाल डिस्ट्रिक्ट गभर्नर चुनिएका वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्साललाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । लम्सालको सम्मानमा आइतबार राजधानीमा एक कार्यक्रम गरी नाटोजले बधाई दिएको हो । कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महत, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, उद्योग व्यवसायी कमिटिका अध्यक्ष कमल सापकोटा, नेपाल रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने लगायतले लम्सालको प्रशंसा गर्दै बधाईसँगै सफल कार्यकालको शुभकामना दिए । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का अध्यक्ष शिव अधिकारी अविरलले लम्साललाई समाजसेवाका तारा भन्दै उनको कार्यकालमा किवानिज नेपाल डिस्ट्रिकले थप गतिशीलता प्राप्त गर्ने विश्वास व्यक्...
महिला उद्यमीको लागी उपलव्ध हुने ऋण,धितो र ब्याज अनुदानको सदुपयोग गरौंः उर्मिला श्रेष्ठ,अध्यक्ष महिला चेम्बर

महिला उद्यमीको लागी उपलव्ध हुने ऋण,धितो र ब्याज अनुदानको सदुपयोग गरौंः उर्मिला श्रेष्ठ,अध्यक्ष महिला चेम्बर

आर्थिक, समाचार
काठमाण्डौं, ०४ असोज – नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले कोभिड १९ पस्चात ॠणको दबाबले उद्योगी व्यवसायीमा मनोबल घटेको बताएका छन्। नेपाल महिला चेम्बरद्वारा आईतबार आयोजित नेपालको अर्थतन्त्रमा कोभिड १९ को असर, चुनौती र अवसर विषयक अन्तक्रिया कार्यक्रम माझ उनले सो कुरा बताएका हुन । वेमिनार कार्यक्रम माझ प्रमुख वक्ताका रुपमा प्रस्तुती दिने क्रममा उपाध्यक्ष अग्रवालले लामो समयसम्म जारी बन्दाबन्दीले नेपालको उद्योग व्यापारको क्षेत्र नराम्रोसँग प्रभावित बनेको उल्लेख गर्दै खाद्यान्न, स्वास्थ्य सामाग्री वाहेकका अन्य क्षेत्रले ठुलो घाटा व्यहोर्नु परेको बताए । उनले निजी क्षेत्रले अप्ठयारो परिस्थितीको सामना गर्नु परेकोले देशको कुल गर्हास्थ उत्पादनमा ह्रास आएको बताउदै अर्थतन्त्रमा परेको विविध असर बारे चर्चा समेत गरे । निजी क्षेत्र साथै अनौपचारिक अर्थतन्त्रलाई जोगाउने दायित्व सरकारको भएक...
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प

समाचार, समाज
बुधबार बिहान सिक्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ५ः२० बजे धक्का महसुस भएको हो।  सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । बिहानै आएको भूकम्पको धक्काले काठमाडौका मानिसहरु घर बाहिर निस्किएका थिए ।यसबारे थपविवरण आउन बाँकी छ। ...
समाजसेवी हरि बिष्टले आफ्नै खर्चमा गराए एक श्रमिकको पत्थरीको अप्रेसन

समाजसेवी हरि बिष्टले आफ्नै खर्चमा गराए एक श्रमिकको पत्थरीको अप्रेसन

राजनीति, समाचार, समाज
कोरोना कहर न्यून गर्न गरिएको लकडाउनका ज्याला मजदुरी गरेर विहान बेलुकी दुई छाक टार्न धौधौ हुने परिवारलाई यो समय निकै कष्टकारी सावित भएको छ । वीरेन्द्रनगर १२ बस्ने शिला नेपाली ज्याला मजदुरी गर्दै आफ्नो दैनिकी चलाई रहेकी थिईन तर विगत केहि महिनादेखि पित्त थैलिमा पत्थरको समस्या भएर उनलाई निकै समस्या भैइरहेको छ्ब। ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकि शिलाको श्रीमानको मृत्यूपछि घर चलाउने जिम्मा शिलाकै काधमा आएको थियो तर कहिले लकडाउन त कहिले काम नै नपाउने समस्याका कारण उपचार त के छाक टार्नै मुस्किल परेको अवस्था छ । भर्दौ ३ गते देखि सामान्य औषधि र दुखाई कम गर्ने सुईले पनि काम नगरेर दुखाइको पिडा सहन नसकेर अस्पताल जाँदा अप्रेशन गर्नुपर्ने र खर्च ३० हजार लाग्ने डाक्टरले बताएपछि फर्किएर आएको बताउदै तरुण दल सुर्खेतका अध्यक्ष, कलाकार, खेलाडि तथा समाजसेवी हरि विष्टलाई म्यासेजमा जानकारी गराएको श...
नेपाली सेनाको लघु फिल्म प्रतियोगितामा दोस्रो सफल लघु फिल्म ‘रगत’ सार्वजनिक(भिडियो)

नेपाली सेनाको लघु फिल्म प्रतियोगितामा दोस्रो सफल लघु फिल्म ‘रगत’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
नेपाली सेनाको लघु फिल्म प्रतियोगिता २०७६ मा दोस्रो स्थान हासिल गर्न सफल लघु फिल्म ‘रगत’ सार्वजनिक भएको छ। लघु फिल्म ‘रगत’ जहिले पनि डिभी भरेर अमेरिका जाने सपना देख्ने एक युवक डिभी परेर पनि अमेरिका नगई कसरी नेपाली सेनामा भर्ती हुन्छ भन्ने कथामा आधारित रहेको छ। नेसन मिडिया गु्रप प्रा.लि. द्वारा निर्मित यस फिल्मको लेखन तथा निर्देशन सञ्चारकर्मी तथा लेखक पुरुषोत्तम बस्नेतको रहेको छ भने रवि कार्की, मुना नेपाल, संगिता बस्याल, डिबी घिमिरे, शिवराज बस्नेत, अञ्जु हमाल, राजु श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ। यसैगरी फिल्ममा संकल भुजेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन र विक्रम कार्कीको पार्श्व संगीत रहेको छ। https://youtu.be/bMqLpif72Lc निर्देशक बस्नेतका अनुसार नेपाली सेनाले गरेको काम र नेपाली सेनाप्रति आमनागरिकको सकारात्मक सोच विकास गर्न फिल्म बनाइएको हो। त्यस्तै बस्नेतल...
तत्काल जनताको छाक टार्ने बिषयमा सरकारको ध्यान केन्द्रित हुनु पर्छ:डा. डीआर उपाध्याय

तत्काल जनताको छाक टार्ने बिषयमा सरकारको ध्यान केन्द्रित हुनु पर्छ:डा. डीआर उपाध्याय

आर्थिक, समाचार
डा. डीआर उपाध्याय कोभिड नियन्त्रण तथा न्यूनीकरणतर्फ सवैको ध्यान जानु पर्ने आबश्यकता देखिएको छ । सरकारको मात्र एक्लो प्रयासले सम्भव भएन । यसले सारा राज्य संयन्त्रको ध्यान खिचिरहेको छ । धेरै मान्छेले रोजगार गुमाएका छन । दैनिक कमाएर खानुपर्ने मजदुरको समस्या थपिदै गएको छ । झन्डै ६ महिनासम्म जारी गरिएको लकडाउनका कारण लाखौं जनताको आम्दानीको स्रोत बन्द छ । जसले गर्दा धेरै मान्छेहरु रोगले भन्दा पनि भोकले मरिन्छ कि भन्ने चिन्तामा छन । कोभिड नियन्त्रणसँगै जनताको दैनिकीको विषयलाई गम्भीर हुनु पर्ने आबश्यकता देखिएको छ । अहिलेसम्म जे जति कमजोरी भएका छन, तिनलाई सुधार्दै समस्या समाधानतर्फ राज्यका निकाय अघि बढनु पर्छ । कोभिड नियन्त्रण गर्न दोस्रोपटक जारी गरिएको लकडाउन विस्तारै खुकुलो हुँदै त गएको छ। तर कोभिडको संक्रमण दर डर लाग्दो रुपले बढिरहेको छ । यो नै चिन्ताको बिषय हो । लकडाउन खुकुलो भए पनि ब्या...
जिल्ला आयुर्बेद केन्द्रमा अनियमितता बढेको भन्दै ध्यानाकर्षण

जिल्ला आयुर्बेद केन्द्रमा अनियमितता बढेको भन्दै ध्यानाकर्षण

राजनीति, समाचार
वीरगञ्ज । भाद्र २९ । वीरगञ्ज वडा नम्बर १५ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले गरेको अनियमितता बढेको भन्दै आज पहिलो पल्ट स्थानियले खबरदारी सुरु गरेका छन । अनियमितता भएको सम्बन्धमा प्रदेश सरकार प्रदेश नं.२, सामाजिक विकास मन्त्रालय, स्वाथ्य निर्देशनालय अन्तर्गत रहेका पर्सा जिल्लाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रमेश मिश्राले कार्यभार सम्हाले देखि नै अस्पताल व्यवस्थापनको अवस्था जर्जर हुंदै गई रहेको र अनियमितता बढेको प्रति स्थानिय वडाबासीहरुले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाई ध्यानाकर्षन गराएका छन । डा. रमेश मिश्राले पर्सा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्रमुखको जिम्मेबारी लिए पछि स्थानिय अगुवा तथा क्लबका पदाधिकारीहरुको पहल पश्चात आयुर्बेद स्वास्थ्य केन्द्र व्यवस्थापन चुस्त दु्रस्त बनाउन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समिती गठन गरि...
गायक दीलिप लामाको “आंखाले हेर्छु” गीतको म्युजिक भिडीयो सार्वजनिक(भिडियो)

गायक दीलिप लामाको “आंखाले हेर्छु” गीतको म्युजिक भिडीयो सार्वजनिक(भिडियो)

समाचार
गायक दीलिप लामाको आखाले हेर्छु गीतको म्युजिक भिडीयो  सार्वजनिक  भएको छ। रेडियो नेपालले २०७० मा आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा स्वरतर्फ प्रथम भएका गायक लामाले नयाँ गीत युट्वमार्फत सार्वजनिक गरेका हुन्। https://youtu.be/TfJCRpvfJms गीतमा शब्द रोजिना राइको शब्द अनि सङ्गीत संयोजन देबेस राइले गरेको सो भिडियोमा मलाईका बस्नेत र प्रयादीप राई अनिल  इशा र सुरजको अभिनय रहेको छ ।  जगडोल लगायतको बिभिन्न स्थानमा छायांकन  गरिएको सो भिडियो राम्रो बनेको निर्माण पक्षको दावी रहेको छ। ...
क्रिकेटर भण्डारीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

क्रिकेटर भण्डारीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

खेलकुद, समाचार
आइतबार कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललितसिंह भण्डारीलाई उपचारका लागि सोमबार अपराह्न काठमाडौं ल्याइएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई आइतबार पाँच बजेपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको जनाएको छ। काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उनको उपचार भइरहेको क्यानले जनाएको छ। क्यानका अनुसार भण्डारीलाई शुरुमा महेन्द्रनगरमै उपचार गरिएको थियो। तर, त्यहाँ सम्भव नभएपछि कैलालीको धनगढी लगिएको थियो। त्यहाँ पनि उपचारमा समस्या भएपछि कोहोलपुर मेडिकल कलेज बाँके लगिएको थियो। सोमबार उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो। भण्डारीको खुट्टा, हातमा गम्भीर चोट लागेको क्यानले जनाएको छ। क्यानले चिकित्सकहरुको हवला दिँदै उनी खतरमुक्त रहेको जनाएको छ। क्यान अधयक्ष चतुरबहादुर चन्दले आइतबार एक विज्ञप्ति जारी गर्दै क्यानले उनको उपचारमा सहयोग र समन्वय गरिर...
काठमाडौँमा ६ जनासहित देशभर १५ कोरोना संक्रमितको निधन

काठमाडौँमा ६ जनासहित देशभर १५ कोरोना संक्रमितको निधन

समाचार, स्वास्थ्य
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ५ महिला र १० पुरुष गरी १५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँकी ६१ वर्षीया महिला, गोरखाकी ६३ वर्षीया महिला, नवलपरासीकी ६२ वर्षीया महिला, पर्साकी ५५ वर्षीया महिला तथा कपिलवस्तुकी ४७ वर्षीया महिलाको मृत्यु भएको हो। यसैगरी मोरङका ४० र ७० वर्षीय पुरुष, काठमाडौँका ७७, ६२, ७३, ८५ र ७० वर्षका पुरुष, ललितपुरका ५५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुष तथा रामेछापका २३ वर्षीय पुरुषको मृत्यु भएको हो। यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ। ...