आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपाल २०२१ को विजेतामा सौरभ र आहना

मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपाल २०२१ को विजेतामा सौरभ र आहना

मनोरन्जन, समाचार
काठमाडौं| सौरभ बिक र आहना श्रेष्ठ मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपाल २०२१ को विजेता बनेका छन् । सौरभले पुरुष समुह अन्तर्गतको मिस्टर टिन इन्टरनेशनल नेपाल २०२१ को उपाधी हात पारेका हुन भने आहनाले मिस टिन इन्टरनेशनल नेपाल २०२१ को उपाधी आफ्नो पोल्टामा पार्न सफल भएकी हुन । उपाधीसँगै उनीहरुले एक लाख बराबरको पुरस्कार राशी जितेका छन्, जसमा थाइल्याण्ड टुर प्याकेज, म्युजिक भिडियोमा अभिनयको अवसर, निशुल्क फोटो एवम् भिडियो शुट आदी सुविधा समावेश छ । साथै एक बर्षका लागि उनीहरु आयोजक कम्पनीको ब्राण्ड एम्बेसडर चयन भएका छन् । यसका अलवा उनीहरुले विभिन्न गिफ्ट् हाम्पर समेत प्राप्त गरेका छन् । मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपाल २०२१ को उपाधी हात पारेसँगै उनीहरुले नेपालको प्रतिनिधित्व गर्दै मिस्टर एण्ड मिस टिन इन्टरनेशनलमा सहभागीता जनाउन पाउनेछन् । त्यस्तै प्रतियोगिता अन्तर्गत फर्स्ट रनर अपमा एरिक श्रेष्ठ र...
तामाङ गीत ”फतौरि कान्छि” सार्वजनिक(भिडियो)

तामाङ गीत ”फतौरि कान्छि” सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
तामाङ गीत संगित युट्युब तथा टिकटक मार्फत बजारमा आउने क्रम बढ्दो छ । यहि क्रम संगै अहिलेका चर्चित गायक तथा संगितकार बिशाल काल्तान र गायिका जितु लोप्चनको स्वरमा रहेको गित ” फतौरि कान्छि ” तामाङ गीत म्युजिक भिडियोका साथ युट्युबमा रिलिज भएको छ । अंग्रेजि नयां बर्ष २०२२ को अबसर पारेर रिलिज गरेको गितको म्युजिक भिडियो भने कतारमा छयांकन गरेको हो । https://www.youtube.com/watch?v=UV_zcD6oVKs तामाङ चलचित्रका एक समयका चर्चित नायक जंगे लोप्चनले यस गित लाई निर्देशन गरेका छन । नायक लोप्चन हाल कतारमा छन । कतारको बिभिन्न रमणीय ठाउंहरुमा छयांकन गरेको यस गितमा कलाकार भबिन्द्र तामाङ , उर्मिला तामाङ , गणेश तामाङ, सृष्टि तामाङ लगायत साथिहरुको अभिनय रहेको छ । समिर तामाङ र सम्झाना तामाङ निर्माता रहेको यस गितको शब्द संगित बिशाल काल्तानकै रहेको छ भने जेनेरिक स्टुडियोमा रेकर्ड गरेको यस गितको एरेन्ज चांद सि...
मिस व्युटिफुल सम्पदा अमगाईलाई दुवईमा सम्मान

मिस व्युटिफुल सम्पदा अमगाईलाई दुवईमा सम्मान

मनोरन्जन, समाचार
मिस व्युटिफुल नेपाल २०१९ की विजेता सम्पदा अमगाई युएईको दुवईमा ग्लोबल ईन्टरनेशनल अवार्डमा सम्मानित भएकी छिन । उनले हालै दुवईस्थित अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएईका रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथीहरुको हातबाट उक्त सम्मान प्राप्त गरेकी हुन । वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । सो अवसरमा ईभेन्ट डाईरेक्टर सोनीत राज ढुंगेल,दुवईमा वसेर मनोरन्जन क्षेत्रमा सक्रिय मोडल आशिष पुरुष,ईनास युएईका अध्यक्ष एमडि बोहोरालाई समेत सम्मान गरिएको थियो । सानै उमेरदेखि थुप्रै पदक तथा पुरस्कारहरु हात पार्न सफल अमगाईले ९ वर्षको उमेरमा नै सानो परिमा मस्ट टैलेन्ट को उपाधी जित्न...
गायिका रेश्मा बोम्जनको नयाँ सेलो  ‘मूंगाको माला’ सार्वजनिक(भिडियो)

गायिका रेश्मा बोम्जनको नयाँ सेलो ‘मूंगाको माला’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायिका रेश्मा बोम्जनको नयाँ सेलो कोसेली ‘मूंगाको माला’ सार्वजनिक भएको छ । विशेष गरी सेलो गीत संगीतको क्षेत्रमा निरन्तर लाग्दै आएकी गायिका बोम्जनको यसअघिका सेलो कोसेलीहरु पनि श्रोता दर्शक माझ चर्चित छन् । उनीको स्वरमा अन्य गीतहरु तामाङकी चेली, डम्फु र सेलो, टुङ्नाको मीठो धुन” निकै चर्चामा छन् । https://youtu.be/pIZqHw9LefY मूंगाको मालामा शब्द कुमार स्याङ्बा, संगीत चन्द्रकुमार दोङ, एरेन्ज फनिन्द्र राई र मिक्सिङ दिपेश प्रधानको रहेको छ । भिडियोतर्फ युवराज वाईबाको निर्देशनमा सागर प्रधानले खिचेका हुन् भने विकेश दहालले सम्पादन गरेका छन् । त्यस्तै अभिनयमा निरान्जली, कुन्साङ र रजनीलाई देख्न सकिन्छ । ...
कुमारी युवा क्लब, बुनपा वडा ९ तथा अहमदिय संघको संयुक्त आयोजनामा निःशूल्क दन्त परिक्षण सेवा

कुमारी युवा क्लब, बुनपा वडा ९ तथा अहमदिय संघको संयुक्त आयोजनामा निःशूल्क दन्त परिक्षण सेवा

समाचार, स्वास्थ्य
कुमारी युवा क्लब,बुढानिलकण्ठ नगरपालिका वडा ९ तथा अहमदिय संघ नेपालको संयुक्त आयोजनामा बुढानिलकण्ठ ९ स्थित प्रदिप डेन्टल क्लिनिकमा एक दिने निःशूल्क दन्त परिक्षण सेवा सम्पन्न भएको छ । शनिवार विहान ९ बजे देखि शुरु भएको उक्त कार्यक्रममा १०० जना भन्दा बढिले निःशूल्क सेवा लिएका थिए । बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ का कार्यवाहक अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेको प्रमुख आतिथ्यता र कुमारी युवा क्लबका सदस्य एवं अहमदिया संघ नेपालका प्रमुख मोहन राउतको विशेष आतिथ्यतामा आयोजित दन्त परिक्षण सेवाका लागि ३ जना वरिष्ठ दन्तरोग विशेषज्ञ तथा १ जना नर्सले परिक्षणका लागि आएका विरामीहरुलाई निःशूल्क सेवा प्रदान गरेका थिए । कार्यक्रममा सहयोग गर्ने सहयोगी संस्था तथा व्यक्तित्वहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै खादा लगाएर सम्मान गरिएको थियो । ९ न. वडावासी तथा कुमारी मन्दिर वरपरका नागरिकहरु यस कार्यक्रमबाट विशे...
अर्जुन घमालको ’अपमान’ सार्वजनिक(भिडियो)

अर्जुन घमालको ’अपमान’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
यमुना सुनार र अर्जुन घमालको स्वरमा ‘अपमान’ बोलको लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको छ । डिजिटल स्टार पोखराको प्रस्तुती रहेको भिडियोलाई ‘डिजिटल स्टार’ युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । तारानाथ आचार्यको शव्द रहेको गीतको एरेन्ज पनि उनले नै गरेका हुन । तारापती सुवेदीको संगीत रहेको गीतको टाईटल अर्जुन घमालको रहेको छ । यो उनको स्वरमा रहेको पहिलो गीत रहेको छ । https://www.youtube.com/watch?v=H8cxrpt8my4&t=7s जातिय विभेद सम्बन्धि निकै मार्मिक रहेको गीतको भिडियोमा जीवन सहनी र सरिता धनकुटीको अभिनय रहेको छ भने भिडियोलाई शिवराजा भुर्तेलले निर्देशन, सम्पादन तथा छायांकन गरेका हुन । पोखराका रमणीय स्थानहरु समेटिएको भिडियोलाई सुरेश भुर्तेलले छायांकनमा साथ दिएका छन । ...
भ्रष्टाचार निर्मूल पार्ने हो भने कठोर राजनीतिक प्रतिबद्धता

भ्रष्टाचार निर्मूल पार्ने हो भने कठोर राजनीतिक प्रतिबद्धता

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, सार्वजनिक पदमा रहेका सबै राष्ट्रसेवक कर्मचारी तथा उच्च पदमा रहेका सबैले आफनो सम्पत्ति बिवरण सार्वजनिक गर्नु पर्छ । त्यसो भयो भने मात्र इमानदारीता देखिने छ । लामो समय देखि नै राजनीतिक नेतृत्व इमानदार तथा देश र जनताप्रति समर्पित हुन सकेनन् । राजनीतिक नेतृत्व देश र जनताप्रति समर्पित हुन नसक्दा समस्या उत्पन्न भएको छ । आज राजनीतिक नेतृत्व अपादर्शी हँदै जाँदा देशमा मनपरी भएको छ । नेताहरु नै आफ्नो सम्पत्ति लुकाउदै आइरहेका छन् । सबै सम्पत्ति लुकाउने र आफ्नो नाममा केही पनि नभएको विवरण दिने काम नेताहरुले गदै आएका छन । नेताहरुको जीवनशैली र तडकभडक हेर्दा जनतालाई लाज भएको छ । अहिले पनि प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने काममा पूर्ण रूपमा बेवास्ता गरिरहेका छन् । सार्वजनिक ओहोदामा रहेका सबैले सम्पत्ति विवरण सार्वजनिक गरेर इमानदारीता देखाउन सक्नु पर्छ । अ...
अनुजा मिडियाबाट सक्सेस अचिभर्स अवार्ड २०२१ प्रदान

अनुजा मिडियाबाट सक्सेस अचिभर्स अवार्ड २०२१ प्रदान

मनोरन्जन, समाचार
काठमाडौं | अनुजा मिडियाले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई सक्सेस अचिभर्स अवार्ड २०२१ ले सम्मान गरेको छ । कार्यक्रममा सक्सेस अचिभर्स अवार्ड २०२१ बाट नाडाका अध्यक्ष ध्रुव थापा, हास्यकलाकार मनोज गजुरेल, शिक्षाविद् डाक्टर राजेन्द्र केसी, गायक तथा समाजसेवी निर्णय श्रेष्ठ , चितवन मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर डाक्टर हरिश चन्द्र नेउपाने, मेमोरी ट्रेनर नबल पजियार, क्याप्टेन बेद उप्रेती, बैंकर अनिल केशरी शाह, समाजसेवी जया राज्यलक्ष्मी शाह, शिक्षासेवी उत्तम सञ्जेल, युवा व्यवसायी विकास पाण्डे, महिला उद्यमी विदुषी राणा, वरिष्ठ पत्रकार ऋषि धमला, ब्यबसायी तथा समाजसेवी रामशरन बस्नेत लगाएत सम्मानित भए । सम्मान कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सिकाइबाट नै सफलता मिल्ने बताएका छन् । उनले परिवर्तनका लागि निरन्तर खोज, अनुसन्धान र निरन्तर सिकाइ न...
३० वर्ष सम्म उनै पात्रहरु पालै पालो शासन सत्तामा

३० वर्ष सम्म उनै पात्रहरु पालै पालो शासन सत्तामा

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, हाम्रो देशमा बिकास र समृद्धिका कुरा चल्न थालेको धेरै भयो । तर अझै पनि राजनीतिक दल र तिनका नेताहरु बिकास र समृद्धिका कुरा गर्न थाकेका छैनन् । बिकास र समृद्धि कुराले मात्र हुन्छ की काम पनि गर्नु पर्छ ? जनताको त्याग , तपस्या, बलिदान र जनताको बलमा ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । ३० वर्ष सम्म उनै पात्रहरु पालै पालो शासन सत्तामा दोहोरिएका छन । जनताले उनीहरुबाट के आश गर्ने ? लोकतन्त्रको नाममा नेता र दल पाल्ने काम बाहेक केही भएको छैन । सरकारी ढुकुटी हरेक बर्ष नेता पाल्दा पाल्दै सकिने गर्दछ । देशमा ७ सालदेखि परिवर्तनका लागी जनता लडदै आएका हुन । जनताले देशको अबस्था बदल्न ब्यवस्था परिवर्तन गरेका हुन । नेताहरुलाई सुख सयल र आरामको जिन्दगी बिताइदिन जनताले यो ब्यवस्था परिवर्तन गरेका होइनन् । देशमा महँगी बढेको बढै छ । जनता मारमा छन । विदेशी ऋणको भार छ । के लोकतन्त्र...
बसपार्कमा महिलामाथि सामूहिक बलात्कार आरोप लागेका ९ जना आरोपी सार्वजनिक

बसपार्कमा महिलामाथि सामूहिक बलात्कार आरोप लागेका ९ जना आरोपी सार्वजनिक

अपराध, समाचार
मित्रनगरस्थित बसपार्कमा महिलामाथि सामूहिक बलात्कार गरेको आरोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले मंगलबार राति सात जना र बुधबार दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका आरोपीहरूलाई प्रहरीले बुधबार साँझ सार्वजनिक गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा  मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका-११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकुमार शिरीष रहेका छन्। परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनीहरू सबै वैदेशिक रोजगारी जाने तयारीमा थिए। सोमबार सुर्खेतबाट क...