मिस व्युटिफुल नेपाल २०१९ की विजेता सम्पदा अमगाई युएईको दुवईमा ग्लोबल ईन्टरनेशनल अवार्डमा सम्मानित भएकी छिन । उनले हालै दुवईस्थित अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएईका रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथीहरुको हातबाट उक्त सम्मान प्राप्त गरेकी हुन ।
वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । सो अवसरमा ईभेन्ट डाईरेक्टर सोनीत राज ढुंगेल,दुवईमा वसेर मनोरन्जन क्षेत्रमा सक्रिय मोडल आशिष पुरुष,ईनास युएईका अध्यक्ष एमडि बोहोरालाई समेत सम्मान गरिएको थियो ।
सानै उमेरदेखि थुप्रै पदक तथा पुरस्कारहरु हात पार्न सफल अमगाईले ९ वर्षको उमेरमा नै सानो परिमा मस्ट टैलेन्ट को उपाधी जित्न सफल भएकी थिईन । २०१८ मा सम्पन्न मिस चितवन प्लस टुको समेत विजेता भएकी अमगाईले मस्ट टैलेन्ट र मस्ट फोटोजेनिकको समेत उपाधी हात पार्न सफल भएकी थिईन । यसै गरि, राजधानीमा सम्पन्न मिस व्यूटिफुल २०१९ की विजेता हुनुका साथै, त्यसै कार्यक्रममा मस्ट टैलेन्ट र मस्ट फोटोजेनिकको उपाधी पाएर मोफसलमा मात्र नभएर राष्ट्रियस्तरमा समेत आफ्नो प्रतिभाले लोकप्रियता कमाउदै गएकी अमगाईलाई यस स्थान सम्म पुग्नलाई उनका परिवारका माता सुभद्रा अमगाई,पिता धु्रब अमगाईका साथै आफ्नो श्रीमान निशान नेउपानेले साथ दिई हौसला बढाएकोले आफुलाई थप उर्जा मिलेको बताउछिन ।