आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
तमु ल्होसारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

तमु ल्होसारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

समाचार, समाज
सरकारले तमु ल्होसारमा बिदा दिने निर्णय गरेको छ। तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको हो। उक्त अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा  दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्। ...
नेपाल जनस्वास्थ्य संघले गुमाउनु नहुने महासचिव उमेदवार  कैलाश खाकि

नेपाल जनस्वास्थ्य संघले गुमाउनु नहुने महासचिव उमेदवार कैलाश खाकि

समाचार, स्वास्थ्य
नेपाल जनस्वास्थ्य संघ (नेफा) को महासचिवमा विराटनगरका कैलाश खाकी श्रेष्ठले उम्मेदवारी दिनु भएको छ । आगामी पुस २४ गते हुने निर्वाचनमा श्रेष्ठले महासचिवमा उम्मेदवारी दिनुभएको हो । निर्वाचन समितिले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । नेफाको मोरङ सदस्य हुँदै केन्द्रीय सदस्य हुनुभएका श्रेष्ठ २० वर्षदेखी जनस्वास्थ्य क्षेत्रमा कार्यरत हुनुहुन्छ । संस्थाको संगठनात्मक विकास, जनस्वास्थ्यकर्मीहरुवीचको सुव्यवस्थित सञ्चार, जनताको स्वास्थ्य जीवनयापनका लागि पैरवी गर्ने, जनस्वास्थ्यकर्मीवीचको रोजगारी सुनिश्चितताका लागि जनस्वास्थ्य संघको महासचिवमा उम्मेदवारी दिएको श्रेष्ठले बताउनुभयो । बहुमत सदस्यहरुको माया र जनस्वास्थ्यमा २० वर्षदेखिको अनुभव नै आफ्नो जित्ने आधार रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘यूवा जनस्वास्थ्यकर्मीसँग सहकार्य र अग्रजको सल्लाह सुझाव लिएर संगठनको विकासमा लाग्ने छु ।’ जस्...
सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी’ सार्वजनिक (भिडियो)

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
सञ्चारकर्मी गीता अधिकारी नयाँ गीत ‘श्वास फेरी…’ सार्वजनिक भएको छ । योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा बरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । गीता अधिकारीको सभापतित्वमा भएको गीत सार्वजनिक कार्यक्रममा विशिष्ट कलाकार तथा गीतकार लय संग्रौला, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार योगेशकाजी साहित्यकार तथा गीतकार गणेश सुवेदी, साहित्यकार शैलेन्द्र चापागाईं, निर्देशक राजु गिरी, नायिका तथा गायिका सारिका घिमिरे लगायतले गीत राम्रो बनेको र गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको भन्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । राजु गिरीको निर्देशन सल्लाहाकार रहेको गीतको भिडियोमा श्याम खत्री तथा भीष्म फुलाराको निर्दे...
‘संघर्ष’ बाट देखा परिन मोडल आशा भारती (भिडियो सहित)

‘संघर्ष’ बाट देखा परिन मोडल आशा भारती (भिडियो सहित)

मनोरन्जन, समाचार
मेक्सम खाती र दिपिका भुषालको स्वरमा संघर्षको भिडियो सार्वजनिक भएको छ । सापकोटा प्रडक्सनको प्रस्तुती रहेको गीत नारायण पांडेको संगित संयोजन तथा कमल सौरगले एरेन्ज गरेका हुन ।कृष्ण सापकोटा शव्द रचना तथा निर्देशनमा तयार भएको भिडियो हरिश महराको छायांकन तथा नविन घर्ति मगरको सम्पादन रहेको छ । https://www.youtube.com/watch?v=IKYzWnUdb_M नव मोडल आशा भारतीको उत्कृष्ट अभिनय रहेको भिडियोमा उनलाई कृष्ण सापकोटा,सुनील ज्ञवाली तथा बालकलाकार पूर्विता श्रेष्ठले अभिनयमा साथ दिएका छन । भिडियो कृष्ण सापकोटा युट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।मोडल आशा यसै गीतबाट डेव्यू मोडलको रुपमा प्रस्तुत भएकी छिन । मोडल आशा यस भिडियोबाट आफुलाई दर्शकले रुचाउनेमा निकै आशावादी देखिएकी छिन । उनका अन्य केहि गीतका भिडियो चाडै सार्वजनिक हुने तयारीमा रहेको छ । संचारकर्मी तथा कार्यक्रम संचालक समेत रहेकी आशा मोफसलमा रहेर मोड...
अब क्रान्तिका कुरा गरेर जनताले बिश्वास गर्नेवाला छैनन्

अब क्रान्तिका कुरा गरेर जनताले बिश्वास गर्नेवाला छैनन्

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । माओवादी केन्द्रले यो महाधिवेशनबाट कस्तो नीति ल्याउला भन्ने कुरामा सबैको चासो बढेर गएको छ । पार्टीलाई कुन धारमा लैजान्छ भन्ने चासो हो । माओवादी केन्द्र मुलुकको तेस्रो ठूलो राजनीतिक दल पनि हो । शान्तिपूर्ण राजनीतिक मूल धारमा आए पछि यो पार्टीले संसदीय व्यवस्थाभित्र अभ्यास गरिरहेको छ । तर, यसले क्रान्ति गर्ने भन्ने कुरा अझै छाडेको छैन । माओवादी पार्टी अझै दुविधाको अवस्थामा रहेको मान्न सकिन्छ । यो कुराले जनतामा एक खालको आशंका पैदा भइरहेको छ । जेसुकै भए पनि माओवादी प्रति जनता आर्कर्षित छैनन् । त्यति ठूलो पार्टी फुटेर चिरा चिरामा बिभाजित छन । मोहनबैद्य, बाबुराम, बिप्लव, टोप बहादुर रायमाझी, बादल लगायतका नेता पार्टी छोडेर गएका छन । यी नेता बिनाको माओवादी खल्लो जस्तो देखिएको छ । आमजनताको हि...
गायक रामकृष्ण श्रेष्ठको ‘सागवाली’ सार्वजनिक(भिडियो)

गायक रामकृष्ण श्रेष्ठको ‘सागवाली’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
वल्र्डवाईड मिडिया नेटवर्कको प्रस्तुती रहेको सर्ट मुभी ‘सागवाली’ सार्वजनिक भएको छ । वरिष्ठ अभिनेता तथा निर्देशक लय संग्रौलाको प्रमुख आतिथ्यतामा एक समारोहका वीच उक्त मुभी सार्वजनिक गरिएको हो । संचारकर्मी , गायक तथा कलाकार रामकृष्ण श्रेष्ठको निर्माण रहेको ‘सागवाली’मा मोडल सुनीता श्रेष्ठलाई मुख्य पात्र ‘सागवाली’को रुपमा देख्न सकिन्छ भने ‘सागवाली’मा स्वयं गायक श्रेष्ठकै समेत अभिनय रहेको छ । https://www.youtube.com/watch?v=XzDAy3alLxU नेपालको मुख्य पेशा कृषिलाई पूर्ण व्यवसायिक र देशलाई कृषिमा निर्भर गर्न पर्छ भन्ने सन्देश दिनुका साथै जातीय विभेद अन्त्य सम्बन्धि जनचेतनामूलक कथामा आधारित सागवालीमा अन्य मुख्य कलाकारहरुमा जयराम बर्मा,मनराम केसी,मनोहर कार्की,रामकृष्ण न्याखा, मौसम श्रेष्ठ,सौगात श्रेष्ठ लगायतको अभिनय रहेको छ । सन्देश मुलक हुनुका साथै जातीय विभेदका वारेमा यथार्थ मुलक कथावस्तु व...
शिव परियारको स्वरमा ‘भाग्यभित्र जीवन’ (भिडियो)

शिव परियारको स्वरमा ‘भाग्यभित्र जीवन’ (भिडियो)

मनोरन्जन, समाचार
अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्वजनिक भएको ‘भाग्यभित्र जीवन’गीतको पुरुष भर्सन शीव परियारको स्वरमा सार्वजनिक भएको छ । भीष्मराज फुलाराको शब्द, बाबुल गीरीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/2R0xYDHeBQc सुनिता बस्नेतको कोरियोग्राफी, रामजी लामिछाको निर्देशन रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ । फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गर्नुभएको हो । प्रेममा छुटेपछिको एक युवाको कथालाई गीतमार्फ व्यक्त गर्न खोजिएको छ । रुपा मानन्धरको शृङ्गार, सुमन कार्कीको छायाँकन, दिनेश राजबहाकको मिक्सिङ रहेको भिडियोको पोष्ट प्रोडक्शन स्टुडियो द पिक रहेको छ । ...
फेसियल हाउसको १४ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

फेसियल हाउसको १४ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

आर्थिक, समाचार
काठमाडौ । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको फेसियल हाउस स्थापनाको १३औं वर्ष पार गरि १४ औं वर्षमा प्रवेश गरेको छ । हरेक बर्ष बार्षिकोत्सवको उपलक्ष्यमा फेसियल हाउसले विभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको छ । यसपालि १४ औं बार्षिकोत्सव फेसियल हाउसले आफ्नो केन्द्रिय कार्यालय काठमाडौं मलको चौथो तलामा एक भव्य कार्यक्रमको आयोजना गरि मनाएको छ । यसले हरेक पटक बार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई अवार्ड , मायाको चिनो र आफ्ना प्रशिक्षार्थीहरुलाई ब्यूटिसियन कोर्स पूरा गरेको प्रमाणपत्र वितरण गर्दै आईरहेको छ । विभिन्न उपलब्धि र चुनौतीका बाबजुद नेपालकै उत्कृष्ट ब्यूटिपार्लर बन्न सफल भएको फेसियल हाउसले आफुसङ्ग अवसर र जिम्मेवारी पनि साथमा लिई हुर्कि रहेको छ । यो सङ्ग अझै पनि जोस जाँगर र केही गर्न सकिन्छ भन्ने सपना देखाउने बलियो स्रोत रहेको छ । जसले गर्दा सौन्दर्यका पारखिहरुका लागि य...
सभासद बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा ‘कोईली’ सार्वजनिक (भिडियो)

सभासद बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा ‘कोईली’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
‘कोइली’ नामक गित आज काठमाडौको म्याग्नुम लाउन्ज बारमा एक बिमोचन कार्यक्रम मार्फत सार्बजनिक भएको छ। गायक ध्रुब बिस्को र बेनिसा पौडेलको स्वरमा सजिएको उक्त गित खम्बे इन्टरटेनमेन्ट यु ट्युब च्यानलबाट आउनेछ गितमा पुश्प खड्का,अमिरा कार्की,बिष्णु सापकोटा लगाएतका कलाकारहरुले अभिनय गरेका छन । शिव शर्माले लेखेका उक्त गितमा संगीत भने दिपक शर्माले गरेका छन । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सभासद बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा चलचित्र पत्रकार संघका पुर्ब अध्यक्ष तथा वरिष्ठ रंग पत्रकार शान्तिप्रिय म्युजिक भिडियो निर्देशक समन अधिकारी,पत्रकार तथा मोडेल राज लुइटेल, नायक श्री देब भट्टराई, गायक कौसल राज खड्का, समाजसेबी राजन थापा लगाएतका ब्यक्तिहरुको उपस्थित रहेको थियो । https://youtu.be/X7cIetEXyG0 प्रमुख अतिथि लामाले मन्तव्य राख्दै गित राम्रो बनेको र एस्तो खालको ग...
‘फेसियल हाउस’को १४ औं दिक्षान्त समारोह भव्य रुपमा  सम्पन्न

‘फेसियल हाउस’को १४ औं दिक्षान्त समारोह भव्य रुपमा सम्पन्न

आर्थिक, समाचार
नेपालकै उत्कृष्ट फेसियल हाउसले १४ औं दिक्षान्त समारोह सम्पन्न गरेको छ । सो अवसरमा फेसियल हाउसले शुक्रबार आफ्ना प्रशिक्षार्थीहरुलाई एक भव्य कार्यक्रमको आयोजना गरि ब्यूटी सम्बन्धि बेसिक , डिप्लोमा एवं स्पेसल ब्यूटिसियन कोर्ष सम्पन्न गरेको प्रमाणपत्र वितरण गरेको छ । उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुलाई ब्यूटिसियन उतिर्णको प्रमाणपत्र प्रमुख अतिथि महिला चेम्बरको सभापति उर्मिला श्रेष्ठद्वारा वितरण गरिएको छ । कार्यक्रममा बोल्दै श्रेष्ठले कुनैपनि व्यापार व्यवसाय सुरु गर्दा महिला र पुरुष दुबैको सहभागिता हुनुपर्छ । दुबै मिलेर काम गरेमा सार्थक हुने हुन्छ । व्यवसायको सुरुवाती चरणमा कोहि कसैले सहयोग गर्दैन आफैले मेहनत गर्नु पर्छ संघर्ष गर्नुपर्छ । त्यसमा केही अप्ठ्यारा परिस्थिति आएता पनि हडबडाउनु हुँदैन । सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चलिरहन्छ यसको अन्त्य नहुने भएकाले सिप सिक्न कहिलै छोड्न नहु...