आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करण सम्पन्न

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करण सम्पन्न

मनोरन्जन, समाचार
विमेन्स एरा मिडिया ग्रुप प्रा.लि नेपालको आयोजनामा हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको बानेश्वर स्थिति एभरेष्ट होटलमा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष कार्यक्रमबीच मंगलबार अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा बरिष्ठ शात्रिय सङ्गीतकार तथा गायक गुरुदेव कामदलाई दीर्घ साधना सम्मान गरिएको थियो भने नेपाली कांग्रेसकी सबैभन्दा कान्छी केन्द्रीय सदस्य तथा लोकगायिका विद्या तिम्लसीनालाई सम्मान गरिएको थियो । समारोहमा रङ्ग पत्रकारिता सम्मान बाट पत्रकारत्रय तुलसी गिरी, लक्ष्मण सुवेदी र विष्णु सुवेदीलाई सम्मान गरिएको थियो । यस्तै युवा उद्यमी ऋषिराम कँडेल, युवा व्यवसायी विकास श्रेष्ठ, पर्यटन व्यवसायी रामप्रसाद श्रेष्ठ, महिला उद्यमी कल्पना थापा, सामाजिक अभियन्ता राजन थापा, वरिष्ठ चलचित्रकर्मी विनोद सेरेङ, प्रेर...
आजदेखि उपत्यकामा २५ भन्दा बढी भेला हुन रोक

आजदेखि उपत्यकामा २५ भन्दा बढी भेला हुन रोक

राजनीति, समाचार
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएका छन् । त्यस्तै राजनीतिक दलका सभा-सम्मेलनसहित भिडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को मंगलबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी विभिन्न प्रतिबन्धात्मक घोषणा गरेको हो। २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाउँदै १८ बुँदे आदेश पनि जारी गरिएको छ। आदेश अनुसार घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न  भनिएको छ।राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न भनिएको छ। सार्वजनिक ठाउँमा राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशा...
‘द फेस’ को शिर्ष उपाधी प्रीसियस र आयुष्मालाई

‘द फेस’ को शिर्ष उपाधी प्रीसियस र आयुष्मालाई

मनोरन्जन, समाचार
काठमाडौँ — ललितपुरको कुपोन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा सम्पन्न ‘द फेस, भोल्यूम-२’ को उपाधि प्रीसियस श्रेष्ठ र आयुष्मा शाहले जितेका छन् । यु क्यान फ्लाई फेसनको आयोजनामा सम्पन्न प्रतियोगिताको प्रमुख प्रायोजकमा स्किन सिटि रहेको थियो भने सह-प्रायोजकमा मेक-अप दरबार र ग्रुमिङ पार्टनरमा क्लब फरेनहाइट रहेको प्रतियोगितामा अराउन्ड दि कर्नर, पिज्मा साउन्ड एन्ड लाइट र लेक ट्वान्टी थाउजेन्ड फार्म रिट्रीट सपोर्टर रहेको थिए । समसाद शाहको डिरेक्सन, स्वीकृति प्याकुरेलको व्यवस्थापन साथै सुजित बस्यालको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा सेजल महर्जन र फिबिका चौलागाईं ‘फस्ट रनर अप’ तथा आर्यन कार्की र प्रीति भट्ट सेकेण्ड रनर अप घोषित भए। विधागततर्फको अवार्डमा कन्फिडेन्ट जयदेश राई र स्नेहा कार्की, पर्सनालिटी साईमोन तामाङ र आयुष्मा शाह, फोटोजेनिक आर्यन कार्की र आयुष्मा अधिकारी, फिजिक् पासाङ तामाङ र प्रीसा ...
‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’को दोश्रो अडिसन माघ ८ मा

‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’को दोश्रो अडिसन माघ ८ मा

मनोरन्जन, समाचार
मिस एण्ड मिसेस व्यूटिफुल नेपालको २०२२ का लागि पहिलो अडिसन हिजो राजधानीमा सम्पन्न भएको छ । नयां बानेश्वरस्थित रोयल एलिनाज क्याफेमा सम्पन्न उक्त छनौट चरणमा झण्डै डेढ दर्जन भन्दा बढि ईच्छुक विवाहित तथा अविवाहित सहभागीहरुले अडिसन दिएका मध्ये १५ जना छनौट प्रक्रियामा सफल भएका थिए । नेपाली चलचित्र क्षेत्रका सदावहार नायक भुवन केसी, लोकदोहोरी क्षेत्रका लोकप्रिय तथा वरिष्ठ गायक राम प्रसाद खनाल, हांस्य व्यंग्य क्षेत्रका चर्चित कवि तथा वरिष्ठ कलाकार शैलेन्द्र सिंखडा, वरिष्ठ हांस्य कलाकार उत्तम केसी, बरिष्ठ कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य तथा मिसेस व्यूटिफुलकी विजेता एवं गायिका स्मृति पोखरेलको जुरी टिमले सहभागिहरुको अडिसन लिएका थिए ।बिगत ७ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२२ को छनौट प्रक्रियाको लागि दोश्रो अडिसन माघ ८ गते नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफ...
जनताको कुरा कसले बुझ्ने….?

जनताको कुरा कसले बुझ्ने….?

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय, आज देशमा तमाम समस्या छन । ति समस्या समाधान गर्न कुनै दल र तिनका नेताहरु गम्भिर छैनन् । राजनीतिक दल र तिनका नेताहरु आ आफनो ब्यक्तिगत स्वार्थमा लिप्त छन । त्यसो भएको हुनाले हामी पछि परेका हौं । देश बनाउने र जनताको समस्या समाधान गर्ने कुरा तर्फ कसैको ध्यान गएको पाइदैन । चारैतिर समस्यै समस्या छन । गरिब जनता बिहान बेलुकाको छाक टार्न सकिरहेका छैनन् । देशमा महंगी बढेको बढै छ । सरकारी ढुकुटि माथि मनपरी ब्रमलुट भइरहेको छ । जनताले लडेर ल्याएको ब्यवस्था हो यो । तर जनताको अबस्था फेरिन सकेन । आज जनता चरम निराशामा छन । देश र जनताको भाग्य र भबिश्य अन्योलमा छ । सत्ता स्वार्थ बाहेक हाम्रा नेताहरुले अरु के देखे ? जनतालाई भ्रममा राखेर कति दिन राजनीति गर्ने ? यसको फैसला त जनताले गर्लान नी । देश झन पछि झन नाजुक बन्दै गइरहेको छ तर नेताहरु ठूला ठूला कुरा गर्न अझै छाडेका छैनन् । नेताहरु...
पछिल्लो २४ घन्टामा नेपालमा थप ११६७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा नेपालमा थप ११६७ जनामा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो तथ्याङ्क पछिल्लो असोज यताकै सर्वाधिक हो।  गत असोज १ गते नेपालमा कोरोना संक्रमितको संख्या १०८६ जना थियो। त्यसयता क्रमशः घटेको संक्रमण आइतबार हजारको आँकडा पार गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार  पिसिआर परीक्षणबाट ८४१ र एन्टिजेन परीक्षणबाट ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आइतबार देशभर ६ हजार ७ सय  ५५ जना कोरोनाका संक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन्।  काठमाडौं उपत्यकामा आइतबार ६१५ जना नयाँ संक्रमित थपिएका छन्। त्यसमध्ये काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना थपिएका हुन्। ...
एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–५३ को ७ औं वार्षिक साधारणसभा सम्पन्न

एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–५३ को ७ औं वार्षिक साधारणसभा सम्पन्न

समाचार, समाज
एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–५३  को ७  औं वार्षिक साधारणसभा कल्पना दंगालको संयोजकमा सम्पन्न भएको  छ । एम्नेष्टी ईन्टरनेसनल नेपाल, समूह––५३  को ७  औं वार्षिक साधारणसभाका प्रमुख अतिथि एम्नेष्टी ईन्टरनेसनल नेपालमा अध्यक्ष बिक्रम धुकुछुले उद्घाटन गरेका थिए । एम्नेस्टी इन्टरनेसनल नेपाल मिडिया ग्रुप ५३ काठमाडौंले आफ्नो सातौ  वार्षिक साधारण सभा काठमाडौं बालुवाटार स्थित नेपाल हाउस रेस्टुरेन्टमा भएको थियो । “नेपालको संविधानले मौलिक हकसम्बन्धी थुप्रै व्यवस्था गरेको सन्दर्भमा आम नागरिकहरूले यी हकहरूलाई पूर्ण रूपमा प्राप्ति गर्ने सवालमा सरकारले चुस्त ढङ्गमा काम गर्नपर्ने औचित्यता र हालसम्म भएका सकरात्मक पहलकदमीलाई निरन्तरता दिनुपर्ने सम्बन्धमा साधारणसभामा जोड दिएको पुर्व संयोजक तथा ग्रुप ५३ सचिवालय प्रमुख मुकुन्द ढुंगानाले बताउनुभयो। साधारणसभाले हरेक सदस्यको का...
बज्र गुरुङले गाएको जापानी गीत ‘आइताकु नारु’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

बज्र गुरुङले गाएको जापानी गीत ‘आइताकु नारु’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
लामो समयदेखि जापानमा बस्दै आएका नेपालका गायक बज्र गुरुङले गाउनु भएको जापानी गीत ‘आइताकु नारु’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिपेश सिंहको संगीत संयोजन रहेको गीतको भिडियो होटल र्याडिसनमा एक कार्यक्रमका उक्त जापानी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ संगीतज्ञ एवं नाट्य कला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यता तथा वरिष्ठ गायिका ज्ञानु राणा, जापानी नागरिक एवं व्यबसायी यौची टाडा र मेग्मिको विशेष अतिथीको रुपमा उपस्थिती रहेको थियो । वर्ल्डवाइड मिडिया नेटवर्कद्वारा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणालाई गीत संगीतको क्षेत्रमा दिएको योगदानको कदर स्वरुप नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै गायक गुरुङले आफ्नो कर्मथलो जापान भए पनि जन्मभुमि नेपाललाई सदा सम्झिरहेको बताउनुभयो । गीत, संगीत, कला...
साइमन र खुशीलाई फेश अफ टिनको उपाधि

साइमन र खुशीलाई फेश अफ टिनको उपाधि

मनोरन्जन, समाचार
काठमाडौं, साइमन थापा र खुशी कार्कीलाई फेश अफ टिन सिजन टूको उपाधि प्राप्त भएको छ । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा साइमन र खुशीले विजेताको ट्रफी उचालेका हुन् । प्रतियोगितामा शीर्षक श्रेष्ठ र प्रशंसा श्रेष्ठले फस्ट रनर अप तथा रोहित तामाङ र अन्शा मुल्मीले सेकेन्ड रनर अप उपाधि हात पार्न सफल भएका छन् । सिल्भर स्टार इन्टरटेन्मेन्टको ब्यानरमा सम्पन्न सो प्रतियोगितामा करिष्ना श्रेष्ठलाई मोस्ट पपुलर विधाको विजेता चयन गरिएको थियो । ...
सरकारले अब सतर्कता अपनाउनु पर्ने आबश्यकता देखिएको छ

सरकारले अब सतर्कता अपनाउनु पर्ने आबश्यकता देखिएको छ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, छिमेकी मुलुकहरूमा कोरोनाको डेल्टासँगै ओमिक्रोन भेरियन्टको संक्रमण दिनहुँ बढ्दै छ। कोरोना भाइरस संक्रमणवाट बँच्न सचेत र सावधानी अपनाउने काम गरौं । छिमेकी भारत र नेपालबीचको खुला सीमा नाकामा दिनहुँ हजारौं व्यक्ति निर्वाध ओहोरदोहोर गरिरहन्छन्। विशेषगरी तराईका विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीलगायतका १० नाकामा जोखिम बढेको छ। सीमा क्षेत्रमा जनस्वास्थ्यसम्बन्धी जोखिमलाई नजरअन्दाज गर्दा संक्रमणको जोखिम बढ्ने निश्चित छ। सिमानासँगै विमानस्थलमा पनि मापदण्ड पालना, स्वास्थ्यजाँचलाई प्रभावकारी बनाउनुपर्छ। संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा स्वास्थ्यजाँच एवं परीक्षण सर्वसुलभ हुनुपर्छ। हेल्थ डेस्कलाई प्रभावकारी बनाउनु पर्छ। छिमेकी देश भारतमा पनि कोभिडको नयाँ लहर देखिएको छ। यसबाट कुनै पनि बेला नेपाल संक्रमणको चपेटामा नपर्ला भन्न सकिन्न। डब्लूएचओका अनुसार डेल्टाभन्दा ओ...