आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
प्रिन्सा,सन्जु,आमोस र रोनिश भए यो वर्षको लिटिल प्राईड अफ नेपालको विजेता

प्रिन्सा,सन्जु,आमोस र रोनिश भए यो वर्षको लिटिल प्राईड अफ नेपालको विजेता

मनोरन्जन, समाचार
लिटिल प्राईड अफ नेपालको तेश्रो संस्करणको ग्राण्ड फिनाले भव्य रुपमा सम्पन्न भएको छ । एएनपी मिडिया हाउसको आयोजनामा आयोजित उक्त प्रतियोगितामा करीब ८० भन्दा बढि बालबालिकाहरुको सहभागिता रहेको थियो । करिब २ महिना विभिन्न विधाका अनुभवी ख्याती प्राप्त प्रशिक्षकः गायनमा मोहन मगर,नृत्यमा संदिप भुजेल, अभिनयमा किशोर अनुरागबाट लामो प्रशिक्षण पश्चात राष्ट्रिय नाचघरमा प्रतिस्पर्धी बालवालिकाहरुले आफ्नो क्षमता प्रस्तुत गरेका थिए । नृत्य,गायन तथा अभिनयमा ईच्छुक बालवालिकाहरुको थप क्षमता अभिवृद्धि गर्दै उनीहरुको प्रतिभा हजारौ माझ प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको लिटिल प्राईड अफ नेपालका प्रतिस्पर्धीहरुले आकर्षक प्रस्तुती दिएर अभिभावक तथा निणार्यक मण्डलको मन जितेका थिए । यस अघिका प्रतियोगिताबाट समेत द भ्वाईस लगायत राष्ट्रिय स्तरका विभिन्न रियालिटी शोहरुमा आकर्षक प्रस्तुती दिदै चर्चा कमाउन सफल भएका ...
गीतकार लोकराज अधिकारीको नयाँ गीत “बालै भएन ” सार्बजनिक (भिडियो)

गीतकार लोकराज अधिकारीको नयाँ गीत “बालै भएन ” सार्बजनिक (भिडियो)

मनोरन्जन, समाचार
प्रसिद्ध गीतकार लोकराज अधिकारीको नयाँ गीत “बालै भएन ” सार्बजनिक भएको छ । नेपाली सुगम र संगीत नेपाली चलचित्रका गीतमा ख्याती कमाएका गीतकार अधिकारीले बेला बेला जनबोलीका रमाइला प्रसङ्ग समेटी तयार गरेका गीत सार्बजनिक गर्दै आएका छन । त्यसैको पछिल्लो निरंतरता हो बालै भएन । केके अप्टेक युटुब बाट सार्बजनिक भएको उक्त गीतको भिडियोमा चर्चित मोडल दुर्गेश थापा सङ्ग अघिकारीले पहिलो पल्ट सहकार्य गरेका हुन । गीतको अडियो तर्फ संगीतकार दिपकराज बिश्वकर्मा र गायक कर्मा ग्याल्छेन बम्जन सङ्ग पनि गीतकार अधिकारीको पहिलो सहकार्य हो । https://www.youtube.com/watch?v=q25uoL0Gb9g गीतमा समिक्षा अधिकारीको महिला स्वर समाबेश छ । प्रकाश धितालले निर्देशन गरेको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी छ भने अजय रेग्मीको टिमले भिडियो खिचेको हो । मिलन बिश्वकर्माले सम्पादन गरेको भिडियो मा चादनी स्लिया ले ठुम्का हानेकी छन...
मोडल अनुप अभिनित ‘पानी खोलीको’ को भिडियो सार्वजनिक(भिडियो)

मोडल अनुप अभिनित ‘पानी खोलीको’ को भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
मोडल अनुप अधिकारी अभिनित पानी खोलीको को म्यूजिक भिडियो सार्वजनिक भएको छ । पोखरामा रहेर ६ वर्ष भन्दा लामो समयदेखि मोडलिङ्गमा सक्रिय मोडल अनुपले गायक तथा संगीतकार योगेशकाजी शाहको स्वर तथा संगीतमा रहेको उक्त गीतको भिडियोमा एक नेगेटिभ क्यारेक्टरमा उत्कृष्ट भूमिका निर्वाह गरेका छन । उनको साथमा गायक योगेशकाजी तथा मोडल सोना घिमिरेको अभिनय रहेको छ ।राजधानीमा एक समारोहका वीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको थियो । वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कादम्बिनी गुरुङ्ग, गायक योगेश काजी, मोडल अनुप अधिकारी, सोना घिमिरे लगायत भिडियोका निर्माण टिमको उपस्थिती रहेको थियो । तेजश रेग्मिको शव्द रहेको गीत एरेन्ज, संगित योगेश काजीकै रहेको छ । https://www.youtube.com/watch?v=X-A-o-e2aV4 एक माझीको प्रेम कथामा आधारित बनाएर निर्माण भएको भिडियोमा माझीको रुपमा योगेशकाजीलाई द...
नियमितसेवा दिने कर्मचारीहरुले हप्ताको दुई पटक कोरोना परीक्षण गर्नुपर्ने

नियमितसेवा दिने कर्मचारीहरुले हप्ताको दुई पटक कोरोना परीक्षण गर्नुपर्ने

समाचार, समाज
अग्रपंक्तिमा रहेर ग्राहकलाई नियमितसेवा दिने व्यवसायिक क्षेत्रका कर्मचारीहरुले अब हप्ताको दुई पटक कोरोना परीक्षण गर्नुपर्ने भएको छ । अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकलाई नियमित सेवा दिने कर्मचारीले हप्ताको दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको हो । एन्टिजेन परीक्षणको रिपोर्ट नेगेटिभ आएका कर्मचारीलाई मात्र सम्बन्धित निकाय वा संस्थाले काममा खटाउनु पर्नेछ । कर्मचारीको एन्टिजेन परीक्षण गर्ने व्यवस्था सम्बन्धित निकाय वा संस्था आफैंले गर्नु पर्नेछ । ...
सार्वजनिक अगाडी नै चोरी भयो योगेशकाजीको ‘पानी खोलीको’ (भिडियो)

सार्वजनिक अगाडी नै चोरी भयो योगेशकाजीको ‘पानी खोलीको’ (भिडियो)

मनोरन्जन, समाचार
गायक तथा सङ्गीतकार योगेश काजीले गायक दुर्गेश थापालाई गीत चोरीको आरोप लगाएका छन । आज आफ्नो फेसबुक मार्फत जानकारी दिदै गीतका गायक समेत रहेका योगेशले लेखेका छन , “हिजो रिलिज गरेको मेरो गित ‘पानी खोलिको’को अडियो छ महिना अगाडि नै ONErpm बाट विभिन्न डिजिटल प्लेट्फम मा दुर्गेश थापा भाइले हालेछन। https://youtu.be/X-A-o-e2aV4 यो अधिकार तिमिलाई कसले दियो ?बिना कुनै सम्झौता सुन्न को लागि दिएको गितलाई यसरी चोरी गर्नु अपराध हो। छलकपट हो घात हो अहिले मेरो युटुब मा  Monitization Off  भएको छ र Google Adsence बाट हुने मेरो आयस्रोत बन्द भएको छ।।।।।बाकी कुरा बिस्तार मा बताउने छु।” आफ्नो स्वरमा माघ १ गते सार्वजनिक भएको गीत ‘पानी खोलिको’ गायकले आफ्नो युट्यूब च्यानल वाइटीएच इन्टरटेनमेन्ट बाट रिलिज गरेका थिए । राजधानीमा एक समारोहका वीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको थियो । वरिष्...
हिमालयन अन्तराष्ट्रिय अवार्डमा लोकदोहोरी सर्वोत्कृष्ट शब्दमा सामनालाई

हिमालयन अन्तराष्ट्रिय अवार्डमा लोकदोहोरी सर्वोत्कृष्ट शब्दमा सामनालाई

मनोरन्जन, समाचार
काठमाडौं, लोकदोहोरी सर्वोत्कृष्ट शब्दमा सामना शाहले अवार्ड चुम्नु भएको छ । उहाँले हालै विमेन्स एरा मिडिया ग्रुप प्रा.लि नेपालको आयोजनामा सम्पन्न भएको हिमालय अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणमा उक्त अवार्ड चुम्न सफल हुनुभएको हो । शाहले ‘पानी पाएपछि’ लोकदोहारी गीतको शब्दमा उक्त अवार्ड प्राप्त गर्नुभएको हो । राजधानीको बानेश्वर स्थिति एभरेष्ट होटलमा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष कार्यक्रमबीच मंगलबार अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा बरिष्ठ शात्रिय संगीतकार तथा गायक गुरुदेव कामदलाई दीर्घ साधना सम्मान गरिएको थियो । सामना शाहका थुप्रै गीत लोकप्रिय रहेका छन् । ...
लिपुलेकमा भारतले एकपक्षीय सडक निर्माण पछि चौतर्फी विरोध

लिपुलेकमा भारतले एकपक्षीय सडक निर्माण पछि चौतर्फी विरोध

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, नेपालको भूमि लिपुलेकमा भारतले एकपक्षीय रूपमा सडक निर्माण गरेपछि त्यसबारे चौतर्फी विरोध भइरहेको छ । नेपालका प्रमुख राजनीतिक दलहरूले औपचारिकरुपमा यसबारे आपत्ति जनाइसकेका छन् । अब सबै नेपाली जनताले देशको अस्मिता रक्षाका लागि हातमा हात मिलाएर अघि बढनु पर्ने आबश्यकता देखिएको छ । हामी नेपाली जनता नजुटे सम्म भारतको हेपाहा प्रबृति कायम रहिरहने अबस्था देखियो । देश भक्त नेपाली जनताले यो बिषयमा गम्भिरताका साथ सोचने बेला आएको छ । राजनीतिक दलहरू पनि यो सवालमा एक ठाउँमा उभिनु पर्छ । सबैले भारतीय सरकारको यो कदमको विरोध गर्नु पर्छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुले बिरोध गरिरहेका छन । त्यसै गरी नेकपा एमालेले समेत लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयलाई लिएर गम्भीर आपत्ति प्रकट गरिसकेको छ । प्रतिपक्षी दल एमालेले लिपुलेक–लिम्पियाधुरामा सडकलगायत...
चेम्वर अफ कमर्सद्वारा अफगानस्तालाई २० लाखको राहत सहयोग

चेम्वर अफ कमर्सद्वारा अफगानस्तालाई २० लाखको राहत सहयोग

राजनीति, समाचार
काठमाडौं – नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको तर्फबाट अफगानिस्तानका जनताको लागि मानवीय सहयोगार्थ करिव २० लाख मूल्य वरावरको राहत सामाग्रीहरु माननीय परराष्ट्र मन्त्री डा. नारायण खडकालाइ हस्तान्तरण गर्नु भयो । उक्त अवसरमा अध्यक्ष मल्लले मानवीय सहयोगको पुनित कार्यमा सहभागी हुन चेम्वरलाइ अवसर प्रदान गरि दिनु भएको माननीय मन्त्रीलाइ आभार व्यक्त गर्नु हुंदै सहयोगमा सरिक हुन पाएकोमा खुशी व्यक्त गर्नु भयो । माननीय मन्त्री डा. खडकाले राहत सामाग्री उपलब्ध गराइ मानवीय सहयोग कार्यमा सघाउ पुर्याएकोमा धन्यबाद ज्ञापन गर्नु भयो । ...
प्लानेट मल्टिमेडिया तथा रेडियो झापाद्वारा आयोजित ‘स्टार आरजे’ सुरु

प्लानेट मल्टिमेडिया तथा रेडियो झापाद्वारा आयोजित ‘स्टार आरजे’ सुरु

समाचार, समाज
प्लानेट मल्टिमेडिया तथा रेडियो झापा द्वारा आयोजित स्टार आरजे सुरु भएको छ। दमक उद्योग बाणिज्य संघको सभा हलमा आयोजित समुटघाटन कार्यक्रम दमक नगरपालिकाको ६ नम्बरका वडा अध्यक्ष टेक बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ भने बिशिष्ठ अतिथि पुणानन्द दाहाल सभापतिमा टिकाराम शिवाकोटी साथै अन्य अतिथिहरुमा डा के पी सुबेदी, प्रमोद कुमार दाहाल, दिपक खडका, भोजराज घिमिरे, रेवत चन्द्र भण्डारी, नवराज कार्की, दिपक खडका, सुबोध खरेल र गोपाल गुरागाई रहेका थिए। १५ दिन प्रशिक्षण कक्षा चल्ने यस प्रतियोगितामा प्रशिक्षण पश्च्यात सहभागीहरुले विभिन्न विधामा प्रतिस्प्रधा गर्ने यस कार्यक्रमको ढांचा रहेको छ। प्रतिस्प्रधा पछि सहभागीहरुको प्रस्तुतिको आधारमा बिजेता पनि घोसित गरिने छ। र बिजेतालाई विभिन्न अवसरका साथै पुरस्कारको व्यवस्था पनि गरिएको छ। आजबाट बिधिबद रुपमा सुभारम्भ गरिएको यस कार्यक्रमको प्रशिक्षण कक्षा भ...
किन बनेन देश ?

किन बनेन देश ?

राजनीति, समाचार
– डा.डिआर उपाध्याय, देशमा ब्यापक रुपमा भ्रष्टाचार बढेर गएको छ । यो माहामारी जसरी फैलिएको छ । भ्रष्टाचारलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने यसले बिकाराल रुप लिन सक्छ । भ्रष्टाचारले सबै क्षेत्रमा लामो समयदेखि नकारात्मक प्रभाव पारिरहेको छ । मुलुकमा भ्रष्टाचार बढनु भनेको बिकासको गतिलाई रोक्नु हो । भ्रष्टाचारले देशलाई खोक्रो बनाइसकेको छ । भौतिक सम्पन्नताको होडबाजीका कारणले भ्रष्टाचार बढ्ने हो । देशमा भ्रष्टाचार बढदै जानु भनेको यो राम्रो संकेत होइन । भ्रष्टाचारलाई अब जरो देखि उखेलेर फाल्नु पर्छ । त्यसो भयो भने मात्र देश बन्छ ।जनता पनि कुनै कार्यालयमा जाँदा काम बनेन भने कर्मचारीलाई घुस खुवाउन पछि पर्दैन । यो नै गल्ति हो । हामी आफै गल्ति गरिरहेका छौं । भ्रष्टाचारको भण्डाफोर गर्नु पर्ने बेलामा आफै घुस खुवाउन थाल्यौ भने हामी कस्तो समाज बनाउन खोजिरहेका छौं । यो बारे हामी नागरिक आफै सचेत र चला...