आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
‘सुपर लिटिल प्रिन्स एन्ड प्रिन्सेस नेपाल’ को शिर्ष ताज जेनीलाई

‘सुपर लिटिल प्रिन्स एन्ड प्रिन्सेस नेपाल’ को शिर्ष ताज जेनीलाई

मनोरन्जन, समाचार
बिर्तामोड — फाल्गुन ३०, २०७८। शनिबार झापाको बिर्तामोडस्थित अतिथी सदनमा सम्पन्न भएको बालबालिका लक्षित सौन्दर्य प्रतियोगिता ‘सुपर लिटिल प्रिन्स एन्ड प्रिन्सेस नेपाल २०२२’ को विजेता जेनी राउत बनेकी छन् । पिसिएस प्रोडक्सनको आयोजनामा सम्पन्न प्रतियोगितामा रोजा राई ‘फर्स्ट रनरअप’ र रुविता महतो ‘सेकेन्ड रनरअप’ घोषित भए । त्यसैगरी अबिका राईले ‘मल्टिमिडिया चोईस’, स्पन्दन सिटौलाले ‘अर्गनाईजर चोईस’ र ‘भ्युवर्स चोईस’को उपाधी हात पारे । नेपाल ओलम्पिक कमिटी मातहतको स्पोर्ट्स फर अल कमिसनका सदस्य भोजराज सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिता सुमन शर्माले संचालन गरेका थिए । रोजिना बस्नेतको कोरियोग्राफीमा सम्पन्न उक्त प्रतियोगिताको निर्णायकमा फेशन कोरियोग्राफर आर्शु महर्जन, बिबेक राई, मेरिना विश्वकर्मा र ईन्द्रकुमार खनाल रहेका थिए। प्रतिस्पर्धी बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि...
पुष्पको निर्देशनमा सन्देशमुलक सर्टमुभी ‘अ गूड् जोक’ सार्वजनिक

पुष्पको निर्देशनमा सन्देशमुलक सर्टमुभी ‘अ गूड् जोक’ सार्वजनिक

मनोरन्जन, समाचार
‘अ गूड् जोक’ सर्ट मुभी सार्वजनिक ‘नाम र दाम कमाउनको लागि अरूलाई हानि हुने काम नगरौ’ भन्ने सन्देशका साथ हालै एक सर्ट मुभी ‘अ गूड् जोक’ सार्वजनिक गरिएको छ । आजभोलि आफू भाईरल हुन र पैसा कमाउनको लागि जे पायो त्यही भिडियो खिच्ने र कसैको अनुमती बिना नै भिडियो सार्वजनिक गरेको पाईन्छ । जुन कुरा एकदमै गलत हो । यस्तो खालको भिडियोहरु बनाँउदा अरुलाई नराम्रो असर पर्नसक्छ । प्रस्तुत सर्ट मुभीमा पनि यस्तै कथावस्तु समिटर तयार गरिएको छ । जसमा काठमाण्डौमा कोठा भाडामा बस्ने महत्वकाङ्क्षी मध्यबर्गिय युबकको चरित्र मार्फत कथा भनिएको छ । स्वामी आत्मो पुष्पको कथा तथा निर्देशनमा तयार पारीएको यस् सर्ट मुभीमा स्क्रिनप्ले र संवाद पनि पुष्प र प्रदिप के सीको रहेको छ । मुभीमा स्वयम स्वामी आत्मो पुष्प, प्रतिक्षा खतिवडा। बिपिन जैसवाल, रोहित कार्की लगायतको अभिनय रहेको छ । बाल कृष्ण लम्साल र चिरन्जिबी वि क निर्माता रहेक...
कीर्तिमानी गीतकार डा.डीआरको’चेपाङ्ग वस्ती’सार्वजनिक(भिडियो)

कीर्तिमानी गीतकार डा.डीआरको’चेपाङ्ग वस्ती’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको चेपाङ समुदायमा आधारित जागरण गीत सार्वजनिक भएको छ । चितवनको चेपाङ समुदायको बसोबास रहेको जिमलिङ चौतारामा छायांकन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो । सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतमा डा.उापध्यायको नै स्वर रहेको छ । गीतमार्फत चेपाङ समुदायको भावनालाई बाहिर ल्याउन कोशिस गरेको गीतकार डा. उपाध्यायले भन्नुभयो । चेपाङ समुदायका समस्यालाई समाधान गर्न राज्यबाट पहल हुनुपर्ने, साथै विभिन्न जागरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने आशय लिएर आफूले सामाजिक सन्देशमूलक गीत सार्वजनिक गरेको बताउनुभयो । माइकल चन्दको निर्देशन र उत्सव दाहालको छायांकन रहेको गीतको भिडियोमा चेपाङ समुदायका विभिन्न व्यक्तिहरू, पत्रकार नेपोलीयन चेपाङ, गीतकार डा. उपाध्याय, सुनिता खनाल, यमबहादुर घर्ती, कृष्ण भुसाल लगायतलाई देखाइएको छ । https://www.youtube.com/watch?v=2h0Qpb9KZ3A ...
प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को समापन

प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को समापन

खेलकुद, समाचार
काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर छ स्थित प्रारम्भ एकेडमीले गत फाल्गुन २४ गतेदेखि सुरू गरेको “स्पोर्ट्स कार्निभल २०७८” को आज समापन गरेको छ । उक्त कार्यक्रमको सभापतित्व विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारीले गर्नुभएको थियो। स्पोर्ट्स कार्निभलमा विद्यार्थीहरूले विभिन्न ९८ वटा बिधामा भाग लिएका थिए ।कार्यक्रमका बिजेताहरूलाइ मेडल, ट्रफी तथा नगद पुरस्कारले सम्मानित गरिएको छ । खानेकुरा जस्तै खेलकुद पनि मानव जीवनको एक अभिन्न अङ्ग भएकालेे यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने विद्यालयका एकेडेमीक डाइरेक्टर राजेश घिमिरेले बताउनु भयो । काठमाडौको उत्तरपूर्वीय भेगको कागेश्वरी मनोहरा नगरपालिकामा अवस्थित प्रारम्भ एकेडमी एक उत्कृष्ट शैक्षिक गन्तव्य हो । ...
आशा र निराशाका बीच गठबन्धनको राजनीति

आशा र निराशाका बीच गठबन्धनको राजनीति

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, बर्तमान अबस्थामा नेपाली कांग्रेस एक्लै चुनावमा गए पनि सबै भन्दा बढी पालिका जित्न सक्छ । तर पनि उ गठबन्धन कायम राखेर चुनावमा जान खोजेको छ । गठबन्धनका अन्य दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादी एक्ला एक्लै चुनाव लडन डराइरहेका छन । उनीहरू अहिलेसम्म मिलेर चुनावमा जाने मनस्थितीमा छन । एमसीसी पारित भएपछि नेपाली कांग्रेसमा उत्साह आएको छ । स्थानीय तहको चुनावमा गठबन्धन दल भित्र भागबण्डा नमिले गठबन्धन धरापमा पर्ने सम्भावना पनि छ । त्यसैले आशा र निराशाका बीच गठबन्धनको राजनीति अघि बढिरहेको छ । अहिले पनि गठबन्धनमा आशंका र अविश्वासको वातावरण सिर्जना भइरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धन जोगाएर चुनावमा जान चाहेका छन भने नेपाली काँग्रेसका अन्य नेता भने यसमा खुलेर बोलिरहेका छैनन् । आफूहरूले जित्ने स्थानमा कसैसँग पनि तालमेल नगर्ने रणनीतिमा काँग्रेस रहेको ब...
प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को भब्य शुभारम्भ

प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को भब्य शुभारम्भ

शिक्षा, समाचार
काठमाडौको कगेश्वोरी मनोहरा नगरपालिका वडा नम्बर छ स्थित प्रारम्भ एकेडमीले आफ्नो “स्पोर्ट्स कार्निभल २०७८” को भब्य रूपमा शुभारम्भ गरेको छ । काठमाडौ प्याब्सनका अध्यक्ष प्रेम राइको प्रमुख आतिथ्यतामा सम्प्नन भएको उक्त कार्यक्रमको सभापतितब विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नारायण अधिकारीले गर्नुभएको थियो। बेलुन उडाएर सुरुवात गरिएको उक्त कार्यक्रममा खेल सम्बन्धि नाच गान, मार्च पास, परेड प्रस्तुत गरिएको थियोे भने स्काउटका विद्यार्थीहरूले स्काउट सम्बन्धि विभिन्न प्रस्तुतिहरू गरेका थिए । स्पोर्ट्स कार्निभल आजबाट सुरू भएर फाल्गुन २७ गतेसम्म चल्नेछ । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न ९८ वटा बिधामा भाग लिनेछ्न । कार्यक्रमका बिजेताहरूलाइ मेडल, ट्रफी तथा नगद पुरस्कारले सम्मानित गरिनेछ । विद्यार्थीहरूको सर्वाङिण विकासका लागि प्रारम्भ एकेडेमीले यस्ता कार्यक्रमह्अं्द्रू हरेक वर्ष गर्दै आइरहेको र ...
मिस हिमालयन ग्लोरी नेपाल २०२२ हुने, अडिसनका लागी फारम खुल्ला

मिस हिमालयन ग्लोरी नेपाल २०२२ हुने, अडिसनका लागी फारम खुल्ला

मनोरन्जन, समाचार
काठमाण्डौ, फाल्गुन  । तेजनेपाल सिनेकला संवाददाता ग्यालेक्सी दैनिक विगत दुईदशकदेखि विभिन्न शैक्षिक कार्यक्रम तथा सौन्दर्य प्रतियोगिता कार्यक्रमहरु आयोजना गरिरहेको ट्रेबल फेशन कन्सर्न प्रा लि को आयोजनामा मिस हिमालयन ग्लोरी नेपाल २०२२ हुने भएको छ । आँउदो साताको शनिबारदेखि पुतलीसडकको सम्भव एडुकेशनल कन्सल्टेन्सीमा चरणबद्ध रुपमा अडिसन सुरु हुने भनिएको उक्त कार्यक्रममा १६ देखि २६ वर्ष उमेर समुहका महिलाले सहभागीता जनाउन पाउने भएका छन । सहभागीको उचाई ५ फिट १ इन्च भन्दा माथि हुनुपर्ने, अविवाहित हुनुपर्ने तथा नागरिकता वा कलेज क्याम्पसको कार्डको पनि फोटोकपी अनिवार्य पेश गर्नुपर्ने आयोजक कम्पनीका सिईओ शैलेन्द्र श्रेष्ठले बताए । आँउदो नयाँ वर्ष २०७९ लाई स्वागत गर्दै कार्यक्रमको ग्राण्ड फिनाले गर्ने योजना पनि रहेको सिईओ शैलेन्द्र श्रेष्ठले जानकारी गराए । गोकर्णेश्वर नगरपालिकाको समन्वयमा तथा स...
अब जनतालाई आश्वासन होइन, परिणाम चाहिएको छ

अब जनतालाई आश्वासन होइन, परिणाम चाहिएको छ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, आज देशको अबस्था नाजुक बन्दै गइरहेको छ । राजनीतिक दल र तिनका नेताहरु मुलुकको भबिश्य बनाउने भन्दा पनि जसरी हुन्छ आफै बन्ने ध्यानमा छन । मुलुकको ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । महंगीले आकाश छोएको छ । सर्बसाधरण जनतालाई बिहान बेलुकाको छाक टार्न धौ धौं छ । देशमा बेरोजगारी समस्या त्यस्तै छ । युवाहरु रोजगार नपाएर सडक सडक भौतारिदै हिडिरहेका छन । आज देशमा गम्भिर समस्या देखा पदै छन । सरकार समस्या समाधान गर्ने कुरामा गम्भिर बन्नु पर्छ । देशमा रोजगारी सिर्जना गरी युवाहरुलाई रोजगार दिने ब्यवस्था सरकारले गर्नु पर्छ । युवाहरु निराश बनिरहेका छन । उनीहरुले देशको भबिश्य देख्न सकिरहेका छैनन् । राजनीतिक दल र तिनका नेताहरुको पछि लागेर युवाहरुले के पाए ? यो गम्भिर प्रश्न हो । अब सबैले गम्भिरताका साथ सोच्ने बेला आएको छ । सधै भरी यस्तै अबस्था हुने हो भने देश कहिले बन्छ...
जीवन शाहीको निर्देशनमा ‘छेउको सियो’ सार्वजनिक (भिडियो)

जीवन शाहीको निर्देशनमा ‘छेउको सियो’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
जीवन शाहीको निर्देशन रहेको गीत ‘छेउको सियो’ सार्वजनिक भएको छ । लेखराज गिरीको शब्द, संगीत, राज सिग्देलको स्वर, प्रकाश मिश्रको मिक्सिङ तथा माष्टरिङ र देवेन्द्र नेवाःको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/C5tFyQeDf5E दिपेन वस्नायातको छायांकन तथा सम्पादन रहेको गीतको भिडियोमा महेश खडका र सरस्वती खत्रीलाई फिचरिङ गरिएको छ । आफूले माया गरेको मान्छेलाई पराईले सिन्दुर लगाएपछि सुन्दर संसार सजाउने चाहना पू्रा हुन नसकेको पीडा गीतमा व्यक्त गरिएको छ । गीत जति मार्मिक छ गीतको भिडियो पनि त्यस्तै राम्रो बनेको छ । ...
समाजसेवी रन्जिता गुरुङले गरिन सलेशदेव विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

समाजसेवी रन्जिता गुरुङले गरिन सलेशदेव विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

समाचार, समाज
देशमा भैरहने प्राकृतिक विपत्तिबाट पिडित होस वा कुनै शिक्षा तथा स्वास्थ्योपचारबाट वन्चितको लागि सधै सहयोग लागि तत्पर रहने समाजसेवी रन्जिता गुरुङले हालै सर्लाही जिल्लाको पुनरवासमा अवस्थित सलेशदेव प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक तथा खेलकुद सामाग्री वितरण गर्नुभएको छ । समाजसेवा गरे वापत देश विदेशमा सम्मानित हुदै आउनुुभएकी रन्जिताले देशका विभिन्न स्थानमा घर विहिनलाई घर निर्माण गरि हस्तान्तरण गर्दै समाजसेवामा उल्लेख्य योगदान दिदै आउनुभएको छ । अन्तराष्ट्रिय नारी दिवस २०२२ को अवसरमा जेसीआई ईमाडोलको आयोजना तथा राष्ट्रखबर,पब्लिक सूचना,साल्ट ट्रेडिङ कर्पोरेशन लगायत युवा समाजसेवीहरु वरिष्ठ समाजसेवी रन्जिता गुरुङ,नायक तथा समाजसेवी श्रीदेव भट्टराई , संचारकर्मी तथा सर्लाही जिल्लाकै समाजसेवी सोनित राज ढुंगेल,वरिष्ठ सौन्दर्यविद तथा समाजसेवी मनिषा जि.सी.को पहलमा सर्लाही जिल्लाक...