आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
पारदर्शी रुपमा समाजसेवा गर्न सजिलो बनाउने वेबसाइट संचालनमा

पारदर्शी रुपमा समाजसेवा गर्न सजिलो बनाउने वेबसाइट संचालनमा

समाचार, समाज
काठमाडौं । नेपालमा पारदर्शी रुपमा समाजसेवा गर्न सजिलो बनाउने वेबसाइट तयार भएको छ । उपरास्ट्रपति नन्दबहादुर पुनले चैत्र ६ गते उक्त वेब साइटको सुभारम्भ गर्नुभएको हो । समाजसेवामा पारदर्शिता मुख्य चुनौती भएकाबेला स्वर्णिम युग फाउन्डेसनले निर्माण गरेको यो वेबसाइटमार्फत पारदर्शीरुपमा समाज सेवा गर्न सकिन्छ । फाउन्डेसनले आफ्ना सम्पूर्ण गतिबिधि www.swornimyug.org मा गएर सञ्चालन गर्ने भएकाले हरेक व्यक्ति र सस्थाले आफ्नो प्रोफाइल खोल्न र स्वर्णिम उपहार अभियानमा सामेल हुन सकिन्छ । फाउन्डेसनको शुभारम्भ समारोहमा उपस्थित भएर उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त वेबसाइट निकै उपयोगी भएको बताउनुभयो । फाउन्डेसनको स्थापना गर्न प्रेरक भएको पुस्तक ‘स्वर्णिम रहस्य’को पनि बिमोचन गर्नुभयो । अनुशासित जीवन शैली अपनाउन प्रेरित गर्ने पुस्तक सबैले अध्ययन गर्न पनि उहाँले आग्रह गर्नुभयो । उक्त समारोहमा बोल...
विश्वकीर्तिमानी डा. उपाध्यायको एउटै झोलुङ्गे पुलमा छायाँकन गरिएको गीत ‘चाँदनी चाँदनी’ सार्वजनिक

विश्वकीर्तिमानी डा. उपाध्यायको एउटै झोलुङ्गे पुलमा छायाँकन गरिएको गीत ‘चाँदनी चाँदनी’ सार्वजनिक

मनोरन्जन, समाचार
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको एउटै झोलुङ्गे पुलमा छायाँकन गरिएको गीत ‘चाँदनी चाँदनी’ सार्वजनिक भएको छ । डा. उपाध्यायकै गायन, सङ्गीत निर्देशन र अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो । स्वरमा डा. उपाध्यायलाई ममता गुरुङले साथ दिनुभएको छ भने अभिनयमा समृद्धि श्रेष्ठले । गीतको सम्पूर्ण भिडियो एउटै झोलुङ्गे पुलमा छायाँकन गरिएको छ । भिडियोलाई उत्सव दाहालले छायाँकन गर्नुभएको हो भने सिलन लम्सालको सम्पादन छ । https://www.youtube.com/watch?v=8c_7H6QH66s अनिता ग्वाच्छाको शृङ्गार रहेको भिडियोमा डीआर म्युजिक क्रियशनको युट्युवमार्फत सार्वजनिक गरिएको हो । डा. उपाध्यायका अनुसार एउटा झोलुङ्गे पुलमा शब्द, सङ्गीत, स्वर, निर्देशन र अभिनय रहेको यो पहिलो गीतको भिडियो हो । यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले यही ...
निराजन र सुनिशा फिचर्ड “झिलमिल तारा” सार्वजनिक(भिडियो)

निराजन र सुनिशा फिचर्ड “झिलमिल तारा” सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं : चर्चित गायिका आभा मुकारुङ राइ र हेमन्त चेम्जोङको स्वर रहेको गीत “झिलमिल तारा” को भिडियो सार्वजनिक गरिएको छ । गायिका आभा मुकारुङकी मामातामयी माता नरदेवी राइको शब्द, हेमन्त चेम्जोङको संगीत तथा विश्व अधिकारीको संगीत संयोजन रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । https://youtu.be/jD6ii6f1bWI सार्वजनिक गीतको भिडियोमा मोडल निरज प्रधान र सुनिशा बजगाइँ फिचर्ड छन । किरण चाम्लिङ राइको निर्देशनमा तयार भएको गीतको भिडियोमा सुबोल थापाको कोरियोग्राफी, भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन तथा अनिल रानाको सम्पादन रहेको छ । ...
दलहरुलाई मेरो प्रश्नः चुनाबी एजेन्डा खै ?

दलहरुलाई मेरो प्रश्नः चुनाबी एजेन्डा खै ?

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, यति बेला राजनीतिक दलहरु चुनाव केन्द्रित बन्दै छन । देशका बिभिन्न ठाउँहरुमा दलहरुले आ आफना भेला प्रशिक्षण कार्यक्रमहरु संचालन गरिरहेका छन । तर चुनाव प्रति जनताको त्यति उत्साह भएको देखिदैन । बिगतमा दलहरुले दिएका आश्वासन अझै पुरा हुन सकेका छैनन् । त्यसो भएकोले पनि जनता उत्साहित छैनन् । राजनीतिक दलहरु र तिनका नेताहरु जव चुनाव आउँछ तव मात्र जनताको घर आँगनमा पुग्छन । चुनाव सकिए पछि फर्केर पनि जाँदैनन् । स्थानीय निर्वाचनको समय नजिकिदै छ । तर पनि अहिले सम्म राजनीतिक दलहरुले आआफ्ना धारणा जनता सामु सार्वजनिक गर्न सकिरहेका छैनन् । दलसँग फरक एजेन्डा अहिले छैन । चुनाबी एजेन्डा खै ? घोषणापत्रमा के लेख्ने भन्ने कुरामा दलहरु अलमलिएका छन । राम्रो नीति कार्यक्रम नभए पछि जनताले हराउलान भन्ने चिन्ता सबै दलमा छ । तर, सबै दल जनतामा जाने भनीरहेका छन । जनतालाई बिश्वास दिलाउने भर पर्दो...
संचारकर्मी सावित्रि ढुङ्गानालाई विश्व निकेतन विद्यालयबाट सम्मान

संचारकर्मी सावित्रि ढुङ्गानालाई विश्व निकेतन विद्यालयबाट सम्मान

शिक्षा, समाचार
संचारकर्मी तथा ईभेन्ट डाईरेक्टर सावित्री ढुङ्गाना विश्व निकेतन माध्यामिक विद्यालयको हीरक महोत्सवको अवसरमा सम्मानित हुनुभएको छ । महोत्सवको प्रमुख अतिथी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको प्रमुख एवम् विशेष अतिथी काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको हातबाट उहांलाई उक्त सम्मान प्राप्त भएको हो । २००३ साल स्थापना भएको उक्त विद्यालयले हीरक महोत्सवको अवसरमा विद्यालयमा अध्ययन गरि देश समाज र राष्ट्रका लागि योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । समारोहमा विद्यालय व्यबस्थापन समितिका पूर्व अध्यक्ष, पूर्व प्रधानाध्यापक, पूर्व विद्यार्थी, चन्दादाता, छिमेकी विद्यालयका प्रधानाध्यापक, पूर्व शिक्षक, विद्यार्थी, बुद्धिजीवी, समाजसेवी एवम् अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।सोही अवसरमा विद्यालयमा बिस वर्षभन्दा लामो समय काम गर्नुभएका शिक्षकरकर्मचारीहरूलाई दीर...
किर्तिमानी गितकार डा.डिआरको अर्को किर्तिमान, ३ घण्टामै म्यूजिक भिडियो तयार गरि सार्वजनिक

किर्तिमानी गितकार डा.डिआरको अर्को किर्तिमान, ३ घण्टामै म्यूजिक भिडियो तयार गरि सार्वजनिक

मनोरन्जन, समाचार
यही चैत महिनामा १ सय ३ विश्व रेकर्ड कायम गर्ने उद्देश्यका साथ क्रियाशील रहनुभएका विश्व कीर्तिमानी गीतकार एवं साहित्यकार डा. डी. आर. उपाध्यायको शब्द रचनामा रहेको गीत ‘सपनीमा आउँछ्यौ तिमी’ को तीन घण्टामै तयार भएको भिडियो रिलिज भएको छ । भिडियो आजै ३ घण्टाभित्र छायाङ्कन र सम्पादन गरी युट्युब मार्फत सार्वजनिक गरिएको हो । सो भिडिओको छायाङ्कन शङ्खमूल र कुपण्डोलको बीचमा रहेको यून पार्कमा भएको थियो । यसअघि विश्वमै ३ घण्टाभित्र म्युजिक भिडियो छायाङ्कन र सम्पादन भई रिलिज नभएको कुरा थाहा भएको छ । https://www.youtube.com/watch?v=Mprl7AD6z8E कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत तथा स्वरमा रहेको सो गीतको सङ्गीत संयोजन देवेन्द्र नेवाले गरेका हुन् । भिडियोमा माइकल चन्दको निर्देशन, उत्सव दाहालको सिनेम्याटोग्राफी र शिलन लम्सालको सम्पादन रहेको छ भने रमेश चन्द सोडारी र स्मृति श्रेष्ठले अभिनय ग...
विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको चौध तालमा छायाँकन गरिएको गीत ‘जुनी जुनी’ सार्वजनिक(भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको चौध तालमा छायाँकन गरिएको गीत ‘जुनी जुनी’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको चौध तालमा छायाँकन गरिएको गीत ‘जुनी जुनी…’ सार्वजनिक भएको छ । डा. उपाध्यायकै गायन,   सङ्गीत, निर्देशन र अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो । स्वरमा डा. उपाध्यायलाई अनु चौधरीले साथ दिनुभएको छ भने अभिनयमा नम्रता अर्यालले । गीतको भिडियो पोखराका बेगानस ताल, रुपा ताला, दिपाङ्ग ताल, खाष्टे ताल, न्यूरेनी ताल, गुँदे ताल, मैदी ताल र फेवाताल, यस्तै चितवनका बिसहजार ताल र कुमाल ताल, हेटौडाको इन्द्र सरोबर र काठमाडौं कीर्तिपुरको नाग दह यस्तै ललितपुरको बोजे पोखरी र टौ दहमा छायाँकन गरिएको छ । भिडियोलाई उत्सव दाहालले छायाँकन गर्नुभएको हो भने सिलन लम्सालको सम्पादन छ । https://youtu.be/zTk5voDcHD8 अनिता ग्वाच्छाको शृङ्गार रहेको भिडियोमा डीआर म्युजिक क्रियशनको युट्युवमार्फत सार्वजनिक गरिएको हो । डा. उपाध्यायका अनुसार चौध तालमा शब्द, सङ्गीत, स्...
जिज्ञासा र अणुलाई ‘तराई फेशन रन वे’ को उपाधि

जिज्ञासा र अणुलाई ‘तराई फेशन रन वे’ को उपाधि

मनोरन्जन, समाचार
तराई मधेश, जहाँ मोडलींग र फेशनको क्षेत्रमा जाने सपना महिलाहरुले सोच्न पनि सक्तैदनथे । घुम्टो ओढेर बस्नुपर्ने बाध्यता, कोही केटाहरुसँग बोलचाल गर्न समेत नपाईने बाहिरी कार्यक्रम, सभा, समारोह त परको कुरा । तर शनिवार वीरगञ्जको ब्रम्हचोकस्थित होटल ओम तथा पार्टी प्यालेसको दृश्य फरक थियो । यसअघि काठमाण्डौ, पोखरा, चितवन, धरान, बिराटनगर लगायतका शहरमा १ सय भन्दा धेरै फेशन सम्बन्धी कार्यक्रमको आयोजना गरेको ब्राईट ईभेन्ट म्यानेजम्यान्टले तराईमै पहिलो पटक ‘तराई फेशन रन वै’ को आयोजना गरेको थियो । उक्त कार्यक्रममा सहभागिताका लागि आह्वान गर्दा मधेश प्रदेशभित्रका ३५ जनाले रुची देखाएपनि पछि उनीहरुमध्येबाट छनौट गरेर १५ जनालाई गूमिंग र प्रशिक्षण गरिएको कार्यक्रमका आधिकारीक कोरियोग्राफर अर्मान सहनीले बताए । सहनीले नै ६ जना केटी र ९ जना केटालाई फाइनलका लागि प्रशिक्षण दिएका थिए । तराई मधेशमा पहिलो पटक यो फ...
सर्वोत्कृष्ट गीतको अवार्ड गायक सिताराम पोखरेलको ‘कांडा उम्रियो’लाई

सर्वोत्कृष्ट गीतको अवार्ड गायक सिताराम पोखरेलको ‘कांडा उम्रियो’लाई

मनोरन्जन, समाचार
राजधानीमा भर्खरै सम्पन्न दोश्रो स्पर्श म्यूजिक अवार्डको सर्वोत्कृष्ट आधुनिक गीतको अवार्ड चर्चित गायक सिताराम पोखरेलले चुुम्न सफल भएका छन । विगत तिन दशकदेखि नेपाली गीत संगित क्षेत्रमा निरन्तर सक्रिय रुपमा लाग्दै आएका गायक पोखरेलको चर्चामा रहेको गीत कांडा उम्रियोबाट उनले उक्त अवार्ड हात पार्न सफल भएका हुन ।टिकटक स्टार तथा श्रोता दर्शकमाझ लोकप्रियता हासिल गरेको उक्त गीतलाई दिपक शर्माले संगित दिएका थिए । नेपाल आयल निगमका पूर्व निर्देशक समेत रहेका पोखरेलको थुुप्रै सफल गीत रहेको छ । राष्ट्र तथा अन्तराष्ट्र क्षेत्रमा थुपै्र अवार्डबाट सम्मानित पोखरेलका सवै म्यूजिक भिडियो चर्चामा रहने गर्छ ।सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा अभिनेत्री शर्मिला मल्ललाई स्पर्श सम्मान प्रदान गरिएको थियो । ...
‘दुख्छ मन’ सार्वजनिक(भिडियो)

‘दुख्छ मन’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
प्रेमकथामा आधारित रहेको गित ‘दुख्छ मन’ सार्वजनिक भएको छ । ‘ दुख्छ मन’मा साजन कट्टेलको शब्द रहेको छ । सरोज पोखरेलको संगीत रहेको उक्त गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् । गीतमा मेलिना राई र प्रताप दासको स्वर रहेको छ। सुरेन्द्र बसेलको कोरियोग्राफी र प्रहिल कार्कीको निर्देशन रहेको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र एलिजा गौतमको अभिनय रहेको छ । म्युजिक भिडियोमा माधव बेल्बासेको सम्पादन र रंग संयोजन रहेको छ । भिडियो हेर्न लिंक थिच्नुहोस्ः– https://www.youtube.com/watch?app=desktop&v=TwHQaEgUR9k&feature=share&fbclid=IwAR1650u9FHDg85XA_NGQ9P7kQuJKBeRHxfVbgDC6erNep2fqEuhg9mtdNBY ...