आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको चौध तालमा छायाँकन गरिएको गीत ‘जुनी जुनी’ सार्वजनिक(भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको चौध तालमा छायाँकन गरिएको गीत ‘जुनी जुनी…’ सार्वजनिक भएको छ । डा. उपाध्यायकै गायन,   सङ्गीत, निर्देशन र अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

स्वरमा डा. उपाध्यायलाई अनु चौधरीले साथ दिनुभएको छ भने अभिनयमा नम्रता अर्यालले । गीतको भिडियो पोखराका बेगानस ताल, रुपा ताला, दिपाङ्ग ताल, खाष्टे ताल, न्यूरेनी ताल, गुँदे ताल, मैदी ताल र फेवाताल, यस्तै चितवनका बिसहजार ताल र कुमाल ताल, हेटौडाको इन्द्र सरोबर र काठमाडौं कीर्तिपुरको नाग दह यस्तै ललितपुरको बोजे पोखरी र टौ दहमा छायाँकन गरिएको छ । भिडियोलाई उत्सव दाहालले छायाँकन गर्नुभएको हो भने सिलन लम्सालको सम्पादन छ ।

अनिता ग्वाच्छाको शृङ्गार रहेको भिडियोमा डीआर म्युजिक क्रियशनको युट्युवमार्फत सार्वजनिक गरिएको हो । डा. उपाध्यायका अनुसार चौध तालमा शब्द, सङ्गीत, स्वर र अभिनय रहेको यो पहिलो गीतको भिडियो हो ।

डा. उपाध्यायले यही चैतमा १०३ विश्व रेकर्ड पुर्‍याउने घोषणा गर्नुभएको छ । यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले चैतमा १०३ विश्व रेकड पुर्‍याउने लक्ष्यका साथ तयारी गरिरहेको केहीदिन अघि राजधानीमा गरिएको पत्रकार भेटघाटमा जानकारी गराउनुभएको थियो ।

गीतसङ्गीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने डा. उपाध्याय पहिलो नेपाली सर्जक हुनुहुन्छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौं गीत स्रोता÷दर्शकमाझ छन् ।

यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । उहाँले नयाँ उपन्यास ‘भाइरस लभ’ र अन्य सात एल्वम छिट्टै सार्वजनिक गर्ने बताउनुभएको छ ।

लमा छायाँकन गरिएको गीत ‘जुनी जुनी…’ सार्वजनिक भएको छ । डा. उपाध्यायकै गायन,   सङ्गीत, निर्देशन र अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *