सोनित ढुङ्गेलको पहलमा सलेशदेव बिद्यालय, सर्लाहीमा शैक्षिक तथा खेलकुद सामाग्री बितरण
अन्तराष्ट्रिय नारी दिवस २०२२ को अवसरमा जेसीआई ईमाडोलको आयोजना तथा राष्ट्रखबर,पब्लिक सूचना,साल्ट ट्रेडिङ कर्पोरेशन लगायत युवा समाजसेवीहरु वरिष्ठ समाजसेवी रन्जिता गुरुङं,नायक तथा समाजसेवी श्रीदेव भट्टराई , संचारकर्मी तथा सर्लाही जिल्लाकै समाजसेवी सोनित राज ढुंगेल,वरिष्ठ सौन्दर्यविद तथा समाजसेवी मनिषा जि.सी.को पहलमा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वार्ड नं. २ मा अवस्थित सलेशदेव प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ ।
समाजसेवी राजाराम पासवानको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा लालबन्दी ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक निर्मल थापा,उक्त विद्यालयका प्रधानाध्यापक राशी पासवान, तथा व्यबसायी कृष्ण कान्त ठाकुर लगायत विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको कार्यक्रममा करीब १०० जना भन्दा विद्यार्थीहरुलाई स्कूूल व्याग...








