आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
समाजसेवी जेसि गोपाल खड्काले गरे मन्थलीमा करिब ४०० स्कुल ब्याग बितरण

समाजसेवी जेसि गोपाल खड्काले गरे मन्थलीमा करिब ४०० स्कुल ब्याग बितरण

समाचार, समाज
मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो मूलनारा सहित जेसीजको आस्था बोकेको संस्था नेपाल जेसीज अन्तर्गत राष्ट्रिय स्वास्थ्य समिति २०२२ को आयोजनामा र रामेछाप जेसीजको आतिथ्यतामा स्वास्थ्य सुरक्षामा जेसीजको सहजीकरण एवं विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सपन्न भएको छ ।रामेछाप जिल्लाको मन्थली नगरपालिका वार्ड नं. ४ गैराथोकमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालय, सेतीदेवी आधारभूत विद्यालय तथा भिमेश्वर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कूल व्याग लगायत शैक्षिक सामाग्री वितरण गर्नुका साथै सामाजिक सुरक्षा अन्तर्गत स्वास्थ्य कार्यक्रमको वारेमा जानकारी मूलक कार्यक्रम प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा नेपाल जेसीज राष्ट्रिय स्वास्थ्य समितिका अध्यक्ष जेसी गोपाल खड्काले आफ्नो व्यक्तिगत तर्फबाट करीब ४०० थान भन्दा वढी स्कूल व्याग बितरण गरेका थिए । शैक्षिक स...
शिवरात्रीको अवसरमा दिनेशको भजन ‘डमरू बजाईदेउन’ सार्वजनिक

शिवरात्रीको अवसरमा दिनेशको भजन ‘डमरू बजाईदेउन’ सार्वजनिक

मनोरन्जन, समाचार
दिनेशले ल्याए शिव भजन ‘डमरू बजाईदेउन’ दिनेश मगरको शिव भजन ‘डमरू बजाईदेउन’ सार्वजनिक शिवरात्रीको अवसरमा दिनेशको भजन ‘डमरू बजाईदेउन’ सार्वजनिक नेपालीहरुको महानपर्व शिवरात्रीको अवसर पारेर गायक दिनेश बलम्पकी मगरले आफ्नो नयाँ शिव भजन ‘डमरू बजाईदेउन’ को भिडियो सार्वजनिक गरेका छन । https://www.youtube.com/watch?v=wTTnzQWDWfU चर्चित डान्सिङ समुह भिमफेदी गाइज, निशान परियार, सुजन आले मगर, रमेश लामा, दिपेश तमाङको डान्सिङ र अभिनय देख्न सकिने भजनको भिडियोलाई निर्मल कुमार लामाले निर्देशन गरेका छन । भजनमा स्वयम गायक मगरकै शब्द संगीत रहेको छ भने संगीत संयोजन दिक्षित पौडेल, मिक्सिङ मास्टरिङ्ग प्रकाश मिश्रको रहेको छ । भिडियोको छांयाकन, सम्पादन र कलर ग्रेडिङको कार्य पवन सुस्लिङले गरेका हुन । भिडियोलाई भिमफेदी गाइजकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ...
नेताहरु मुलुक प्रति गम्भिर बन्नु पर्छ

नेताहरु मुलुक प्रति गम्भिर बन्नु पर्छ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, राजनीतिक दल र तिनका नेताहरु मुलुक प्रति त्यति गम्भिर भएको देखिएन । नेताहरु मुलुक प्रति गम्भिर बन्नु पर्छ । देशको भाग्य र भबिश्य निर्माण गर्ने भनेको नै राजनीतिक दल र तिनका नेताहरुले हो । राजनीतिलाई सबैले सेवाभावले हेर्नु पर्छ । राजनीतिमा गलत कार्य हुन थाल्यो भने जनताले बिश्वास नगर्न सक्छन । पछिल्लो समय राजनीतिप्रति आमजनताको वितृष्णा बढ्दो छ । अब राजनीतिक दल र तिनका नेताहरुले गम्भिर भएर सोच्नु पर्छ । मुलुकको विकास, सुशासन र समृद्धिको मार्ग अगाडी बढाउनु आजको आबश्यकता हो । यो तर्फ सबैको ध्यान जान जरुरी छ । मुलुक सबै हिसावले कमजोर बन्दै गइरहेको अबस्था छ । गास, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारी आमजनताको प्राथमिकताको विषय बन्नु पर्छ । राजनीतिक दल र तिनका नेताहरु यो बिषयमा गम्भिर बन्नु पर्छ । आफ्नै स्वार्थ र अवसरका लागि नेताहरु दौढ धुपमा छन । यस...
आचार्यका एकसाथ विभिन्न विधाका चार कृति लोकर्पण

आचार्यका एकसाथ विभिन्न विधाका चार कृति लोकर्पण

मनोरन्जन, समाचार
लेखक तथा साहित्यकार खिमानन्द आचार्यका विभिन्न विधाका चार वटा कृति एकसाथ लोकर्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रमबीच प्रज्ञा प्रतिष्ठानका कुलपति डा‍‍. गंगाप्रसाद उप्रेतीले कृति लोकार्पण गर्नुभएको हो । ‘डिभर्ना-काठमाडौँ समाज’ द्वारा आयोजित कार्यक्रममा आचार्यको कवितासङ्ग्रह ‘आस्थाका प्रतिबिम्बनहरू’, कथासङ्ग्रह ‘पागल बस्ती’, लघुकथासङ्ग्रह ‘पश्चाताप’ र गीतिसङ्ग्रह ‘मनका तरङ्ग’ को विमोचन गरिएको हो । विगतमा गोरखापत्र संस्थानका प्रशासकीय अधिकृत रहनुभका आचार्य संयुक्त राज्य अमेरिकामा केही वर्षको बसाइपछि साहित्यिक कोसोली लिएर हाल स्वदेश फर्कनुभएको हो । कृति सार्वजनिक कार्यक्रम डा. रामबहादुर विसीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य राख्दै स्रष्टा आचार्यले आफ्नो लेखनको सुरुवात २०३७ सालतिरबाट भएको जानकारी गराउँदै आफ्नो पहिलो सिर्जना ‘...
‘चाहना एउटै’मा मोडल आशा भारती(भिडियो)

‘चाहना एउटै’मा मोडल आशा भारती(भिडियो)

मनोरन्जन, समाचार
मोडल आशा भारती फिचर्ड चाहना एउटै बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक तथा संगितकार पवन भट्टको शव्द,संगित तथा एरेन्जमा तयार भएको गीतको भिडियोमा स्यवं भट्टलाई मोडल आशासंग रोमान्स गरेको भिडियोमा देख्न सकिन्छ । चोभार वरपरको मनोरम दृश्य कैद भएको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका छन भने सम्पादन हिम्मत चैसीर, कलर टेकेन्द्र शाह र निर्देशन रामकुमार केसीले गरेका हुन । प्रत्युस रानाभाटको निर्माण रहेको भिडियो कलाकार टिभी नामको यूटयूबबाट सार्वजनिक भएको छ । https://www.youtube.com/watch?v=jotNN7GNyIg पछिल्लो पटक थुप्रै म्यूजिक भिडियोमा व्यस्त मोडल आशा भारतीलाई यो भिडियोमा निकै आकर्षक रुपमा देख्न सकिन्छ । अभिनय यात्राको छोटो समयमा चर्चा बटुल्न सफल मोडल भारतीको उत्कृष्ट गीतहरुको भिडियो आउने क्रममा रहेको छ । आफ्नो काममा निकै लगनशिलता प्रस्तुत गर्ने भारती संचारकर्म संग संगै अभिनयमा समेत...
मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२२ को ताज यस्मिना र रोजिनालाई

मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२२ को ताज यस्मिना र रोजिनालाई

मनोरन्जन, समाचार
दक्ष इन्टरदेशनलद्धारा आयोजित सातौं मिस ब्युटीफुल नेपाल २०२२ को उपाधि यस्मिना मल्ल ठकुरीले हाँसिल गरेकी छिन् । सोही मञ्चमा आयोजना भएको छैटौं संस्करणको मिसेस ब्युटीफुल नेपाल २०२२ को उपाधि रोजिना अधिकारीले जितेकी छिन् । पूर्व मन्त्रि एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजकिशोर यादवको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रम जमल स्थित नाचघरमा सम्पन्न भएको थियो । सो प्रतियोगितामा मिस ब्युटीफुल नेपालमा फस्ट रनरअप, पन्चुअल तथा मिस पपुलरको उपाधि अनिता खत्रीले जितिन् । यसै गरी सेकेन्ड रनरअप तथा बेष्ट स्किनको उपाधि खुस्बु अग्रवालले र थर्ड रनरअप तथा मिस डिसिप्लेनको उपाधि अन्सु अर्यालले हाँसिल गरे । सोही क्रममा मिसेस ब्युटिफुल नेपालतर्फ फस्ट रनरअप तथा बेस्ट र्याम्पवाकको उपाधि मायाँ श्रेष्ठ मतिनाले, सेकेन्ड रनरअप, पपुलर तथा पन्चुअलको उपाधि इन्दु कुँवरले प्राप्त गरे । सोही कार्यक्रम मिस नेप...
रमा खड्का पौडेलले जितिन ‘द मम – व्युटी कन्टेस्ट’ को शिर्ष  उपाधी

रमा खड्का पौडेलले जितिन ‘द मम – व्युटी कन्टेस्ट’ को शिर्ष उपाधी

मनोरन्जन, समाचार
सौन्दर्य प्रतियोगिताहरु आयोजनामा आफ्नो बेग्लै छबि बनाएको मोडल सङ्ग्स नेपालले आफ्नो आयोजनामा नेपालमै पहिलोपटक आमा भै सकेका नारी लक्षित मोडलिङ सम्बन्धी प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘द मम – व्युटी कन्टेस्ट ’ को अन्तिम प्रतिस्पर्धा एक भव्य कार्यक्रमका विच सम्पन्न गरेको छ । शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘द मम – व्युटी कन्टेस्ट’ को शिर्ष उपाधी रमा खड्का पौडेलले जितेकी छिन । उनले बिजेताको ताजसँगै बिधागत तर्फको ‘मस्ट पपुलर’ अवार्ड समेत हात परिन । बिजेता बनेसँगै उनले नगद रू. २५,०००/- र अन्य विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरिन ।प्रतियोगिताको भोटिङ पार्टनरको रुपमा रहेको ग्लोबल अनलाइन पे को मुख्य प्रायोजनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व सुचना तथा प्रविधि एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवको उपस्थिति रहेको थियो । कार्यक्रममा ...
जेसिआइ इमाडोलको “स्तन क्यान्सर सचेतना तथा परिक्षण”शिविर

जेसिआइ इमाडोलको “स्तन क्यान्सर सचेतना तथा परिक्षण”शिविर

समाचार, समाज
जेसिआइ इमाडोलको आयोजनामा महिलाहरुको लागि “स्तन क्यान्सर सचेतना तथा परिक्षण” शिविर सम्पन्न भएको छ। फागुन १७ गते शनिबार महालक्ष्मी नगरपालिका सानागाऊमा आयोजित उक्त शिविर ब्लुक्रस अस्पतालको सहयोग मा संचालन गरिएको हो। स्थानीय महिलाहरुको उलेख्य सहभागिता रहेको उक्त शिविरको समुद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका कार्यकारिणी उपाधक्ष्य जेसी रमा प्याकुरेलले नेपाल जेसीज अन्तर्गतका शाखाहरुले आफ्नो क्षेत्रमा नागरिकको आधारभूत आवस्यकता स्वास्थ्य सम्बन्धि कार्यक्रम गरेर स्थानीय समुदायको लागि सेवा गर्ने बताउदै, जेसीजका युवाहरुले समाजको लागि दिएको योगदानको प्रसंशा गर्नु भएको थियो। त्यस्तै अङ्कोलोजिस्ट डाक्टर आरती शाहले नेपाली समाजमा महिलाहरुको स्वास्थ्य चेतना अझै कम रहेको र स्तन क्यान्सर बारेमा पूर्ण जानकारी नहुदा सामान्य समस्या पनि बिकराल समस्या हुने भन्दै महिलाहरुलाइ सचेतना मुलक कार्यकर्म ...
राजनीतिक ध्रुवीकरण बढेर जाने सम्भावना

राजनीतिक ध्रुवीकरण बढेर जाने सम्भावना

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, प्रधानमन्त्री शेर बहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी जसरी भए पनि संसदबाट पारित गराउनतिर नै ध्यान केन्दित गरिरहनु भएको छ । प्रमुख प्रतिपक्षी दल एमाले संग पनि उहाँले बेला बेलामा संवाद अघि बढाइरहनु भएको छ । आज एमसीसीकै कारण मुलुकको राजनीति तरंगित छ । भोली नेपाली राजनीति के हुन्छ यसै भन्न सकिने अबस्था छैन । यसले हरेक पार्टी, गठबन्धनमा समेत विभाजन ल्याउने संकेत देखिएको छ । राजनीतिक ध्रुवीकरण बढेर जाने सम्भावना देखिदै छ । अहिले सत्तागठबन्धन नै संकटमा छ । यही कारणले भोली दलका नेताहरु टुटफुट हुन सक्छन ।  राजनीकि ध्रुवीकरण बढेर गयो भने देश संकटमा पर्ने सम्भावना छ । त्यसैले राजनीतिक दलहरु गम्भिर बन्न जरुरी छ ।  सत्तागठबन्धन त धरापमा परि सक्यो । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्र तीव्र मतमतान्तर देखापरिरहेको छ । प्रम देउव...
झरनाले उचालिन् नेपाल्स नेक्स्ट सुपर मोडलको उपाधि

झरनाले उचालिन् नेपाल्स नेक्स्ट सुपर मोडलको उपाधि

मनोरन्जन, समाचार
मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन चाहने युवतीहरुका लागि एउटा प्रभावकारी प्लेटफर्म प्रदान गर्ने हेतुले आर एण्ड आर ग्रुपका लागि मन्जु श्रेष्ठद्वारा आयोजना गरिंदै आएको नेपाल्स नेस्क्ट सुपर मोडलको सिजन फाइभ भव्यताका सम्पन्न भएको छ । बूधबार साँझ नयाँबानेश्वर स्थित एभरेष्ट होटलमा सम्पन्न भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धा फेसन, ग्ल्यामर र स्टाइलको राम्रो संगम भएको पाइयो । आईआईएफटीका डिजाइनरहरु तथा पम्फाज् कुटरले तयार पारेका पहिरनमा आफ्नो उत्कृष्ट प्रस्तुतिहरु दिने क्रममा एक पछि अर्को गर्दै फेसनमय दृष्यहरु ¥याम्प माथि प्रदर्शन गर्ने क्रममा सहभागि प्रतिस्पर्धीहरु मध्येबाट अन्ततः च्यासल ललितपुरकी झरना रेग्मीले नेपाल्स नेक्स्ट सुपर मोडल सिजन फाइभको उपाधि आफ्नो नाममा सुरक्षित बनाउन सफल भइन् । उनले वेष्ट बडीको अवार्ड पनि जितिन् । रनवे मोडलिङको विविध पक्षमा आधारित भएर मुल्यांकन गरिएको ...