देशमा भैरहने प्राकृतिक विपत्तिबाट पिडित होस वा कुनै शिक्षा तथा स्वास्थ्योपचारबाट वन्चितको लागि सधै सहयोग लागि तत्पर रहने समाजसेवी रन्जिता गुरुङले हालै सर्लाही जिल्लाको पुनरवासमा अवस्थित सलेशदेव प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक तथा खेलकुद सामाग्री वितरण गर्नुभएको छ । समाजसेवा गरे वापत देश विदेशमा सम्मानित हुदै आउनुुभएकी रन्जिताले देशका विभिन्न स्थानमा घर विहिनलाई घर निर्माण गरि हस्तान्तरण गर्दै समाजसेवामा उल्लेख्य योगदान दिदै आउनुभएको छ ।

अन्तराष्ट्रिय नारी दिवस २०२२ को अवसरमा जेसीआई ईमाडोलको आयोजना तथा राष्ट्रखबर,पब्लिक सूचना,साल्ट ट्रेडिङ कर्पोरेशन लगायत युवा समाजसेवीहरु वरिष्ठ समाजसेवी रन्जिता गुरुङ,नायक तथा समाजसेवी श्रीदेव भट्टराई , संचारकर्मी तथा सर्लाही जिल्लाकै समाजसेवी सोनित राज ढुंगेल,वरिष्ठ सौन्दर्यविद तथा समाजसेवी मनिषा जि.सी.को पहलमा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वार्ड नं. २ मा अवस्थित सलेशदेव प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको हो ।

समाजसेवी राजाराम पासवानको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा लालबन्दी ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक निर्मल थापा,उक्त विद्यालयका प्रधानाध्यापक राशी पासवान, तथा व्यबसायी कृष्ण कान्त ठाकुर लगायत विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको कार्यक्रममा करीब १०० जना भन्दा विद्यार्थीहरुलाई स्कूल व्याग,फुटबल,व्याटमीन्टन,टिसर्ट,झोला ,स्कूल खाजा लगायतका सामाग्रीहरु वितरण गरिएको थियो ।


पूनर्वासको ४० वर्ष अगाडीको ईतिहासलाई सम्झदै विद्यालय र विद्यार्थीहरुले यस कार्यक्रम मार्फत पाएको सहयोगले विद्यार्थीहरु मात्र नभएर अभिभावक एवं स्कूल प्रशासन उक्त भेगका जनता समेत लाभान्वित भएको कुरा कार्यक्रमका अध्यक्ष तथा समाजसेवी राजाराम पासवानले बताउनुभयो । यसैगरि, उक्त कार्यक्रममा आगामी दिनमा पनि थप यस्ता राहत तथा सहयोग सामाग्री वितरण गरिने कुरा समाजसेवी तथा सर्लाही जिल्लाका विभिन्न स्थानमा असहाय तथ अशक्त व्यक्तित्वहरुलाई आवास निर्माण गर्दै आउनु भएकी समाजसेवी रन्जिता गुरुङले बताउनुभयो ।
उक्त अभियानमा सहयोग पुर्याउने व्यक्तित्वहरुलाई स्कूल प्रशासनले सम्मान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here