भुम्लु गाउपालिकाको प्रमुखमा जसपाका रमेश जिसि र उपप्रमुखमा सुन्दरी तामाङको उम्मेदवारी
काभ्रे जिल्लाको एक पालिका प्रमुख र वडा अध्यक्षमा लोकप्रिय युुवा नेताहरुको उम्मेदवारी परेको छ।काभ्रेको भुम्लु गाउँपालिकाबाट जनता समाजवादी पार्टी नेपालले आगामी स्थानीय तह निर्वाचनका लागि क्षमतावान व्यक्तित्वहरुको उम्मेद्वारी दर्ता गराएको छ ।उक्त गाउपालिका अध्यक्षको उम्मेद्वारका लागि जिल्ला सह-सचिव तथा उक्त पालिकाका लोकप्रिय युवा नेता रमेश जिसि (धिरज) ले आफ्नो उम्मेदावारी दर्ता गराएका छन ।
युवा नेता जिसि लामो समय देखि स्थानीय क्षेत्रमा समाजसेवामा ब्यस्त रहदै आएका थिए। समाजसेवा संगै राजनीतिमा सक्रिय जिसिलाई जनता समाजवादी नेपालको तर्फबाट उम्मेदवार बनाएर निर्वाचनमा पठाएको छ। जिसि भुम्लुको आश लाग्दो सहयोगी युवा नेता, वैचारिक, क्षमतावान, र जुझारु प्रष्ट वक्ता हुन् ।त्यस्तै ,उपाध्यक्ष पदका लागि क्षमतावान र प्रगतिवादी जिल्ला सदस्य महिला नेतृ सुन्दरी तामाङले उम्मेदावारी दर्ता गराएकी छिन । ताम...









