बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

स्वास्थ्य

कोरोना त्रासः ठूला सभा समारोह सम्मेलन र भोज भतेर नगर्न सरकारको आग्रह

कोरोना त्रासः ठूला सभा समारोह सम्मेलन र भोज भतेर नगर्न सरकारको आग्रह

समाचार, स्वास्थ्य
सरकारले ठूला सभा समारोह सम्मेलन र भोज भतेर नगर्न आह्वान गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आह्वान गरेका हुन् । मन्त्री ढकालले अप्ठेरो अवस्था आएमा अन्तर्राष्ट्रिय हवाई उडान पनि रोक्ने बताए । उनले विमानस्थल पुरै बन्द गर्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको बताए । मन्त्री ढकालले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले तीन चरणको तयारी गरेको बताए । ‘पहिलो चरणको तयारी अनुसार आवश्यक सावधानी अपनाउने र नेपाल भित्रिने नाकाहरुमा स्वास्थ्य जाँचको व्यवस्था गरिसकिएको छ, दोस्रो चरणको तयारी अन्तर्गत संक्रमित नेपालीलाई राख्न आवश्यक बेडको व्यवस्था गरिएको छ ।’ मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणले भयावह रुप लिए सबै अस्पताललाई उपचारका लागि प्रयोग गर्न सकिने बताए ।चीनमा कोरोना ...
बृहत रक्तदान कार्यक्रम तथा नि:शुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न

बृहत रक्तदान कार्यक्रम तथा नि:शुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न

समाचार, स्वास्थ्य
काठमाडौ- राजधानी काठमाडौं स्थित कालिमाटीमा बृहत रक्तदान कार्यक्रम तथा नि:शुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, नमो हारती वचत तथा ऋण सहकारी संस्था लि, रोटरी क्लब अफ काठमान्डौ वेष्ट तथा एफ एच ग्रुपद्वारा संयुक्त रुपमा आयोजित उक्त बृहत रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य परिक्षण शिविरको उद्घाटन पूर्व सांसद तथा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड संचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले गरेका थिए । उल्लेख्य संख्यामा रक्तदाताले रक्तदान गरेको सो कार्यक्रमको स्वास्थ्य शिविर अन्तर्गत डेन्टल, युरिक एसिड, ब्लडप्रेसर, फिजियोथेरापी, हाडजोर्नी तथा नशा, म्यानुयल थेरापी तथा पेनरिलिफ, जनरल हेल्थचेक अप, ग्यास्ट्रिक, फिस्टुला, पाईल्स सुगर आदीको निशुल्क चेकजाच गरिएको थियो । आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर माझ साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि. ले संयुक्त रुप...
लगनखेलमा आँखा, नाक, कान, घाटीको निशुल्क परीक्षण शिविर संचालनमा

लगनखेलमा आँखा, नाक, कान, घाटीको निशुल्क परीक्षण शिविर संचालनमा

समाचार, स्वास्थ्य
ललितपुर, २० ज्येष्ठ – लगनखेलमा आँखा, नाक, कान, घाटीको एक दिने निशुल्क स्वास्थ शिविर संचालनमा आएको छ । सोमबार आयोजित उक्त शिविर ललितपुर महानगरपालिका, जनस्वास्थ्य शाखा र ०५ नम्बर वडा कार्यालय वडा जनस्वास्थ्य कार्यान्वयन समितिको संयुक्त आयोजना र बिपी नेत्र प्रतिष्ठान, बाल आँखा, नाक, कान, घाटी अस्पताल तथा पुनर्स्थापना सेवाको सह आयोजनामा संचालनमा आएको हो । उपचारका लागि शिविरमा आएका बिरामीलाई निशुल्क रुपमा अौषधी र चश्मा वितरण गर्नुका साथै ७० बर्ष कटेका बृद्ध बृद्धालाई पौष्टिक आहार समेत वितरण गरिएको थियो । शिविरमा करिब १५० बृद्ध बृद्धा र अन्य उमेर समुहका केही ब्यक्तिले परिक्षण गराएको वडा जनस्वास्थ्य कार्यान्वयन समितिका अध्यक्ष शोभादेवी प्रधान श्रेष्ठले जानकारी गराएकी छिन् । बिशेष गरि ज्येष्ठ नागरिकको स्वास्थ अवस्थाको पहिचान गरि उनीहरुको स्वास्थमा सुधार ल्याउने हेतुले स्वास्थ कार्यक्रम अन्तर्गत उक...
ग्लोबल आंखा केन्द्रद्वारा आईटि उद्यमी एंव समाजसेवी सुवास न्यौपाने सम्मानित

ग्लोबल आंखा केन्द्रद्वारा आईटि उद्यमी एंव समाजसेवी सुवास न्यौपाने सम्मानित

समाचार, स्वास्थ्य
काठमाडौं – ग्रामिण क्षेत्रमा आँखा सम्बन्धी उपचार तथा जनचेतनामुलक कार्यक्रम गर्नका लागि विगत लामो समयदेखी महत्वपूर्ण भुमिका खेल्दै आउनु भएका युवा आईटि उद्यमी एंव समाजसेवी सुवास न्यौपाने सम्मानित भएका छन् । विश्व रेटीनोब्लास्टोमा दिवसको अवसरमा शुक्रबार ग्लोबल आँखा केन्द्रले न्यौपानेलाई “आउटस्टाडिङ कम्युनिटि भोलिन्टियर्स सर्भिस अवार्ड २०१९” (Outstanding Community Volunteer Service Award 2019) बाट सम्मान गरेको हो । प्रदेश ३ काठमाडौं क्षेत्र  नम्बर   ४ का सांसद नरोतत्म बैद्यको प्रमुख अतिथि, चर्चित गायक धिरज राई, लायन्स क्लबको गर्भनर सुर्दशनधर प्रधानांग विशेष अतिथि र केन्द्रका निर्देशक डा. बेन लिम्बुले न्यौपानेलाई संयुक्त रुपमा सम्मान गरेका थिए । आईटि सेक्युरेटि क्षेत्रमा कार्यरत रहेका उनी व्यवसायसगैं विभिन्न संघसंस्था मार्फत समाजीक कार्ययहरुमा सक्रिय छन् ।...
मिलाप फाउण्डेसनद्वारा नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

मिलाप फाउण्डेसनद्वारा नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

समाचार, स्वास्थ्य
नुवाकोट ।मिलाप फाउण्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर अयोजना गरिएको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको मिलाप फाउण्डेशनले जेठ ४ गते शनिबार नुवाकोटको विदुर नगरपाालिका, वडा नं। ७, साहुगाउँमा निःशुल्क स्वास्थ्य शिविर अयोजना गरेको हो । अल्का अस्पताल काठमााडौं र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटका चिकित्सकहरुले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । बच्छलादेवी बहुउद्देश्यीय सहकारी संस्था लि। नुवाकोटको सहकार्यमा भएको सो स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी व्यक्तिले स्वास्थ्य परिक्षण गराएका थिए । अल्का अस्पतालका स्त्री रोग विशेषज्ञ डा. जितेन्द्र सिंह र डा. गौरी शंकर यादव, एञ्जिला मालाकार लगायतले नुवाकोटको दुर्गम ठाउँमा आएर सेवा प्रदान गर्ने अवसर जुटेकोमा आयोजकलाई धन्यवाद दिएका थिए । स्वास्थ्य परिक्षणमा विरामीहरुलाई निःशुल्क औषधी पनि व...
स्वर्गीय नेता भरतमोहन अधिकारीको स्मृतीमा जेष्ठ आमा सम्मान तथा निःशूल्क स्वास्थ्य शिविर

स्वर्गीय नेता भरतमोहन अधिकारीको स्मृतीमा जेष्ठ आमा सम्मान तथा निःशूल्क स्वास्थ्य शिविर

समाचार, स्वास्थ्य
काठमाडौं, २२ बैशाख - पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मृतीमा जेष्ठ आमाहरुलाई सम्मान तथा निःशूल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको छ। आईतवार सानेपामा आयोजित उक्त कार्यक्रमको उद्घाटन उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरे । पूर्व सांसद लक्ष्मीदास मानन्धरको सभापतित्वमा आयोजित उक्त उद्घाटन सत्रमा पूर्व मन्त्रीहरु, सांसद, समाजसेवी लगायतको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको उद्घाटन पश्चात सभालाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वर्गीय भरतमोहन अधिकारी एक अनुकरणीय नेता रहेको बताउदै स्वर्गीय अधिकारीको सिको गर्न सकेको खण्डमा देशले छिट्टै समृद्धि हासिल गर्ने बताए । कार्यक्रममा पूर्वमन्त्री युवराज ज्ञवाली, सांसद सोमप्रसाद पाण्डे, सांसद कोमल वली लगायतले स्वर्गीय भरतमोहन अधिकारी ज्येष्ठ नागरीकप्रति निकै सदासयता राख्ने नेता ...
पहिलो पटक नेपालमा बर्ड फ्लुबाट एकको मृत्यु

पहिलो पटक नेपालमा बर्ड फ्लुबाट एकको मृत्यु

समाचार, स्वास्थ्य
१९ वैशाख काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु भेटिएको छ । बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्युसमेत भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो ।  ती युवकको नमूना परीक्षण गर्न जापान पठाइएको थियो । परीक्षणको रिपोर्ट वैशाख १७ गते आएको थियो जसमा बर्ड फ्लु पुष्टि भएको हो ।...
जानी राखौ यौन सन्तुष्टिकाबारे अनुसन्धानले बताएका कुरा

जानी राखौ यौन सन्तुष्टिकाबारे अनुसन्धानले बताएका कुरा

शिक्षा, समाचार, स्वास्थ्य
काठमाडौँ — चैत्र १९ । यौन सम्पर्क कुन समयमा गर्दा उपयुक्त हुन्छ ? यो सामान्य प्रश्न हो । यसको उत्तर पनि मानिसहरुले अति सरल रुपमा दिन्छन । जब चाहाना हुन्छ तब दुबैजनाको सहमतिमा सम्बन्ध राख्नुपर्दछ । यो कुरा पनि ठिक छ तर बिहान यौन सम्बन्ध राख्नाले स्वास्थमा निकै नै फाइदा पुग्ने तथ्य सार्वजनिक भएको छ । हेल्थ एन्ड फिटनेस कम्पनी फोर्जा सप्लीमेन्टको अध्ययनले विहानको समयमा यौन सम्बन्ध राख्नाले तनाव कम हुने र दिनको सुरुवात पनि राम्रो हुने देखाएको छ । बिशेषगरी बिहान साढे सात बजेको समय यौनको लागि बेष्ट हुँने अध्ययनले देखाएको छ । अध्ययनमा सहभागि मानिसहरुले बिहानको समय यौन सम्बन्ध राख्नाले पुरै दिन मुड फ्रेश रहने बताए । यसको एक लोजिकल कारण भनेको बिहानको समयमा पुरुषको टेस्टोस्टेरोन लेभेल निकै उच्च रहन्छ । जसले गर्दा उक्त समय यौन सम्बन्ध राख्दा निकै जोशिलो र धेरै समय टिक्ने हुन्छ । अध्ययनकर्त...
महिनावारी हुँदा स्कुल आउँदैनन् छात्रा, गाउँपालिकाद्वारा विद्यालयमा प्याड वितरण

महिनावारी हुँदा स्कुल आउँदैनन् छात्रा, गाउँपालिकाद्वारा विद्यालयमा प्याड वितरण

समाचार, समाज, स्वास्थ्य
लहान—फागुन २८। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले विद्यालयमा प्याड वितरण कार्यक्रम सुरु गरेको छ। यहाँका अधिकांश माध्यमिक तहका विद्यालयमा अध्ययन गर्ने छात्रा महिनामा कम्तीमा चार दिन विद्यालयमा गयल हुने गरेका छन् । गयल हुने कारण भने महिनावारी हो । यो समस्या बढ्दै गएपछि दक्षिणवर्ती सखुवानन्कारकट्टी गाउँपालिकाले उपाय निकालेको छ । गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवसहितको टोली सोमबार विद्यालय पुग्यो । उनीहरूले माध्यमिक तहमा अध्ययन गर्ने छात्रालाई महिनावारीमा प्रयोग गरिने प्याड वितरण गरे । प्याड पाएपछि त्यसको प्रयोग गरेर भए पनि छात्राहरू विद्यालय आउने अध्यक्ष यादवको विश्वास छ । कार्यक्रममा उनले प्याडसँगै करिब दुई हजार छात्र–छात्रालाई नोट पुस्तिकासमेत बाँडेका थिए । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत जगदीश मण्डलका अनुसार गाउँपालिकामा पर्ने चारवटा मावि तहमा अध्ययनरत छा...
रुई र सुई समेत नभएका अस्पताल

रुई र सुई समेत नभएका अस्पताल

समाचार, समाज, स्वास्थ्य
काठमाडौँ — फागुन २६। पाल्पा जिल्ला अस्पतालमा टिटानसको सुई सकिएको एक वर्ष भयो, घाउ पुछ्ने रुईसमेत छैन स्टोर शाखा प्रमुख भन्छन्, ‘टेन्डर गर्दै छौँ’ फलामले काटेर गम्भीर चोट लागेपछि तानसेन नगरपालिका–११ बन्दीपोखराका १५ वर्षीय गोविन्द बोहरालाई आमा भीमाले बिहीबार जिल्ला अस्पताल दौडाइन् । एक घन्टा हिँडेर आमाछोरा अस्पताल पुगे, तर अस्पतालमा टिटी सुई नै रहेनछ । जिल्ला अस्पतालको बिजोग त्यतिवेला थाहा लाग्यो, जब भीमाले छोराको आँखामाथि जमेको रगत पुछ्न रुई मागिन् । नर्सले भनिन्, ‘रुई छैन ।’ ‘१ घन्टा हिँडेर अस्पतालसम्म आयौँ, नर्सले टिटी सुई लगाउनुपर्छ, तर यहाँ सकिएको छ भन्दै मेडिकलतिर लैजान भन्नुभयो,’ भीमाले भनिन्, ‘लतपतिएको रगत पुछ्न रुई मागेको, त्यो पनि रहेनछ ।’ अस्पतालको इमर्जेन्सी तथा स्टोर शाखाका इन्चार्ज अहेव चन्द्रतारा बस्यालले टिटी सुई सकिएको एक वर्ष भएको बताए । अहिलेसम्म किन नल्याउनुभए...