आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

भारतमा पछिल्लो २४ घण्टामा १० हजार बढी नयाँ संक्रमित, ३८० को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा १० हजार बढी नयाँ संक्रमित, ३८० को मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भारतमा पछिल्लो २४ घण्टामा १० हजार ६ सय ६७ नयाँ कोरोना संक्रमित भेटिएका छन् भने एकैदिन देशभरी ३ सय ८० को मृत्यु भएको छ । यसका साथै देशभरी कोरोनाका कूल ३ लाख ४३ हजार ९१ संक्रमित छन्, तीमध्ये १ लाख ५३ हजार १ सय ७८ सक्रिय संक्रमित छन् । जबकी १ लाख ८० हजार १३ बिरामी उपचारपछि निको भएका छन् । कोरोनाका कारण भारतमा ९ हजार ९ सय को मृत्यु भइसकेको छ । ...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । भारतमा कोरोना भाइरस कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार १९५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३११ जनाको मृत्यु भएको हो । त्यस्तै अहिलेसम्म कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या अहिलेसम्म भारतमा तीन लाख २० हजार ९२२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ११ हजार ९२९ नयाँ संक्रमित फेला परेका हुन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख चार हजार ५६८ संक्रमित फेला परेका छन् भने तीन हजार ८३० जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ४२ हजार ६८७ संक्रमित फेला परेका छन् भने ३९७ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ३८ हजार ९५८ जना संक्रमित ...
मणिपाल अस्पतालमा उपचाररत पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि

मणिपाल अस्पतालमा उपचाररत पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
मणिपाल शिक्षण अस्पताल अस्पतालमा उपचाररत ३५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सवारी दुर्घटनामा परी करिब ८ दिनअघि अस्पताल भर्ना भएका उनको शुक्रबार कोरोना पोजेटिभ देखिएको हो । उनी कुश्मा ३ का बासिन्दा हुन् । दुर्घटना लगत्तै उपचारका लागि पोखरा आएको कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए । ‘दुर्घटनामा परेर उनको हात र टाउकोमा चोट लागेको रहेछ उनले भने । मेयर जोशीले संक्रमित व्यक्ति कुश्मा पनि बाहिरी सम्पर्क नभएको र दुर्घटनापछि सीधैं अस्पताल गएकाले त्यही संक्रमण सरेको हुनसक्ने दाबी गरे । उनी आईसीयूमा छन् । ‘उनको अप्रेसन गर्ने कुरा थियो । अब कोरोना पोजेटिभ देखिएपछि त्यो पनि प्रभावित हुने भयो,’ उनले भने । पर्वतमा शुक्रबारमात्रै १३ जना कोरोना पोजेटिभ देखिएका छन् । जसमध्ये मणिपाल अस्पतालमा देखिएका विरामीबाहेक सबै भारतबाट आएका थिए । संक्रमित हुनेमा कुश्मा १९ ...
भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा झण्डै दश हजार संक्रमित

भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा झण्डै दश हजार संक्रमित

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा झण्डै दश हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि भएको हो । योसँगै भारतमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ५८३ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २७९ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ७ हजार ७४५ पुगेको छ । भारतमा अहिले पनि एक लाख ३३ हजार ६३२ जना संक्रमित अवस्थामै रहेका छन् भने सङ्क्रमण मुक्त भएकाहरुको संख्या एक लाख ३५ हजार २०५ रहेको मन्त्रालयले जनाएको छ ।कोरानाभाइरसको संक्रमण भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिदै आएको छ । महाराष्ट्रमा मात्रै बुधबारसम्म ९० हजार ७८७ जना सङ्क्रमित भएका छन् ...
स्याङजाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

स्याङजाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

समाचार, स्वास्थ्य
पोखरा । स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले उनको मृत्यु भएको पुष्टि गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो । जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई आइसोलेसनमा राखिएको थियो । संक्रमित व्यक्ति २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए । नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उद्धार गरेको थियो । उनी पहिलेदेखि नै बिरामी थिए । स्याङ्जाबाट छोरीको सम्पर्कमा पोखरा पठाएको र पोखराबाटै अस्पताल भर्ना गरिएको थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । ...
कोरोना भाइरस संक्रमणका कारण विश्वभर १२५ नेपालीको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण विश्वभर १२५ नेपालीको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म विदेशमा १२५ नेपालीको मृत्यु भएको गैर आवासीय नेपाली संघले जनाएको छ । तर नेपालीहरुको मृत्यु र संक्रमणको दरमा भने उल्लेख्य रुपमा कमी आएको एनआरएनएको भनाइ छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका छन । उनका अनुसार संक्रमण दर गतसाता भन्दा ७५ प्रतिशतले कमी हो । सो साता कतारमा ४ जना, कुवेतमा १ जना, युकेमा १ जना गरि ६ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् । समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका छन । १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्या...
भारत विश्वको पाँचौ धेरै संक्रमित भएको मुलुक

भारत विश्वको पाँचौ धेरै संक्रमित भएको मुलुक

समाचार, स्वास्थ्य
शनिबार बिहान कोरोना भाइरस संक्रमित संख्यामा इटालीलाई जित्दै छैठौं स्थानमा पुगेको भारत विश्वको पाँचौ धेरै संक्रमित भएको मुलुक बनेको छ। हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार शनिबार साँझ भारतले संक्रमित संख्यामा स्पेनलाई उछिनेको हो। अमेरिकाको जोनस् हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार भारतको कुल संक्रमित संख्या शनिबार साँझ २ लाख ४५ हजार ६ सय ७० पुगेको छ। स्पेनमा भने त्यो संख्या २ लाख ४१ हजार ३ सय १० रहेको छ। संक्रमित संख्या धेरै भएपनि कोरोनाबाट हुने मृत्युको संख्यामा भने भारत यी मुलुकभन्दा धेरै पछाडी रहेको छ। इटालीमा हालसम्म कोरोनाका कारण ३३ हजार ७ सय ७४ जनाको ज्यान गएको छ भने स्पेनमा त्यो संख्या २७ हजार १ सय ३४ रहेको छ। भारतमा कोरोनाबाट हालसम्म ६ हजार ६ सय ४२ जनाको ज्यान गएको छ। सातादिन अगाडि सम्म भारतको दैनिक कोरोना संक्रमण दर करिब ६५ सय रहेकोमा हाल ...
गोरखाको हिरासतभित्र रहेका एक युवकमा कोरोना पोजेटिभ

गोरखाको हिरासतभित्र रहेका एक युवकमा कोरोना पोजेटिभ

समाचार, स्वास्थ्य
जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतभित्र रहेका एक युवकमा कोरोना पोजेटिभ देखिएको छ । युवकमा पिसिआर परीक्षण गर्दा आइतबार कोरोना पोजेटिभ देखिएको हो । जबरजस्तीकरणी मुद्दाका आरोपी रहेका १७ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी बासुदेव खतिवडाले  जानकारी दिए । डीएसपी खतिवडाका अनुसार जवरजस्ती करणी अभियोगमा ती युवकलाई प्रहरीले दश दिनअघि पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै आरडिटी परीक्षण गर्दा नेगेटिभ आएपछि उनलाई हिरासतमा राखिएको थियो । कोरोना संक्रमित युवकलाई गोरखा अस्पतालको आइसोलेसनमा राखिने तयारी भइरहेको छ । कोरोना पोजेटिभ देखिएका ती युवकसँग हिरासतमा अर्का एक पुरुष पनि सँगै थिए । गण्डकी प्रदेश जनस्वास्थ्य प्रगोगशालामा गरिएको परीक्षणका क्रममा गोरखामा एकै दिन आइतबार दश जना संक्रमित फेला परेका थिए । यसअघि गोरखामा संक्रमित भेटिएका थिएनन्...
लकडाउनका कारण बालबालिकामा मानसिक असर पर्दै

लकडाउनका कारण बालबालिकामा मानसिक असर पर्दै

समाचार, स्वास्थ्य
हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोर किशोरीहरु लाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ । अमेरिकामा हालै गरिएको एक अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ । हाल कोरोना भाइरसको प्रकोपको नियन्त्रणका लागि भन्दै विश्वका विभिन्न देशमा लकडाउन गरिएको छ । यसका कारण बालबालिका तथा किशोर किशोरीहरु घरमा एक्लै बस्नुपर्ने अवस्था आएको छ । यसरी उनीहरुलाई एक्लै छोड्दा अहिले नै र पछि गएर पनि उनीहरुमा एक्लोपना रुचाउने र डिप्रेसनमा पनि जानसक्ने देखिएको हो । बालबालिका तथा किशोरकिशोरीहरुको एक्लोपना र मानसिक अवस्था विषयमा अमेरिकामा सो अनुसन्धान गरिएको हो । अमेरिकाको एक स्वास्थ्यसम्बन्धी जर्नलमा प्रकाशन गरिएको सो लेखमा ४ देखि २१ वर्षसम्मका बालबालिका र किशोर किशोरीहरुमा अनुसन्धान गरिएको थियो । यसरी गरिएको यस अध्ययनमा एक्लोपनमा बस्ने किशोरकिशोरीहरुमा अ...
विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ६० लाख माथी

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ६० लाख माथी

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर संक्रमित हुनेको संख्या ६० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६० लाख ६३ हजार ७२५ पुगेको छ । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा अहिलेसम्म १७ लाख ७० हजारभन्दा धेरै मानिस संक्रमित बनिसकेका छन् । ब्राजिलमा करिब पाँच लाख मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । रुसमा पनि संक्रमितको संख्या चार लाखको हाराहारीमा पुगेको छ ।  त्यस्तै विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि तीन लाख ६९ हजार २४४ पुगेको छ । अमेरिकामा अहिलेसम्म एक लाख तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने बेलायतमा ३८ हजारभन्दा बढीको मृत्यु भएको छ । इटालीमा ३३ हजारभन्दा बढीको कोरोना भाइरसको कारण मृत्यु हुँदा ब्राजिल र फ्रान्समा २८ हजारभन्दा ब...