बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

समाज

को हुन त आखिर निजी जहाज लिएर काठमाडौं आएकी मुन ?

को हुन त आखिर निजी जहाज लिएर काठमाडौं आएकी मुन ?

समाचार, समाज
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज तीन वटा चार्टड विमान राखिएको छ। तीमध्ये दुईटा सरकारी हुन जसमा म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन जहाज चार्टर्ड गरी बिहीबार काठमाडौं आएका थिए। उनीहरू आएकै दिन निजी जहाज ल्याएर आउने अर्की एक मान्छे भने सरकारी होइनन्। न त उनी उद्योगी वा व्यापारी नै हुन्। तर यी दुबै जना उनको संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन काठमाडौं आएका पाहुना हुन्। बमबार्डिएर सिआरजे सिरिजको निजी जहाज ल्याएर काठमाडौं ओर्लने ती महिला कोरियाली नागरिक हाक जा हान मुन हुन्। उनको संस्था युनिभर्सल पिस फेडेरेसनको नेपाल शाखाले आजदेखि होटल हायातमा ४ दिने समिट आयोजना गरेको छ। जहाँ विभिन्न देशका बहालवाला र पूर्वसरकार र राष्ट्रप्रमुख सहभागी छन्। त्यसमा ओसिनिया तीन टापु राष्ट्रका प्रमुख पनि रहेका छन्। यिनै भिभिआइपीको सवारीका लागि ट्राफिक प्...
कम्बोडियाका प्रधानमन्त्री सेनद्वारा पाटन दरबार क्षेत्रमा

कम्बोडियाका प्रधानमन्त्री सेनद्वारा पाटन दरबार क्षेत्रमा

समाचार, समाज
काठमाडौं, मंसिर १४। कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन्। नेपाल भ्रमणमा रहेका प्रधानमन्त्री सेनले शुक्रबार बिहान ऐतिहासिक तथा पुरातात्विक महत्वको पाटन दरबार क्षेत्र भित्र रहेकोे कृष्ण मन्दिर, पाटन संग्राहलय र नजिकै रहेकोे हिरण्य वर्ण महाविहारको पनि उतत्साहपूर्वक भ्रमण गरेका छन्। शुक्रबार विहान १० बजेतिर सो क्षेत्रमा पुगेका उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतले स्वागत गरे। उक्त अवसरमा उनको सम्मानमा नेवारी संस्कृति झल्कने खालका नेवारी बाजासमेत बजाइएको थियो। भ्रमणका क्रममा प्रधानमन्त्री सेनले भूकम्पले क्षति पुर्याएका सम्पदाहरूको पुनर्निर्माणबारे पनि चासो राखेका थिए। प्रधानमन्त्री सेनले पाटन दरबार क्षेत्रभित्र रहेका सम्पदाहरुको रुचिपूर्वक अवलोकन गरेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मह...
भारतीय दूतावासबाट एम्नेस्टीका अध्यक्ष र महासचिव पक्राउ

भारतीय दूतावासबाट एम्नेस्टीका अध्यक्ष र महासचिव पक्राउ

समाचार, समाज
काठमाडौं, मंसिर १४ । एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष बिक्रम ढुकुछु र महासचिव कर्ण कुँवरलगायत मानव अधिकारवादी नेताहरूलाई आज प्रहरीले पक्राउ गरेको छ। शुक्रबार विहान काठमाडौंस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्ने क्रममा एमनेस्टीका नेतालाई प्रहरीले पक्राउ गरेको हो। अध्यक्ष ढुकुछु सहित अन्य नेतालाई प्रहरीले महानगरीय प्रहरी वृत्त लैनचैरको हिरासतमा राखेको छ। एम्नेस्टी इन्टरनेशनल इन्डिया लगायत मानवअधिकार तथा परोपकारी सामाजिक संस्थामाथि भारत सरकारका अधिकारीले गरेको हस्तक्षपको संसारभरका एम्नेस्टीकर्मीहरूले विरोध प्रकट गरिरहेका छन्। भारतीय सरकारी अधिकारीहरू र प्रधानमन्त्री नरेन्द्र मादीले मानवअधिकारसित सम्बन्धित कामहरू दवाउन खोजेको एम्नेस्टीले आरोप लगाएको छ। गत कात्तिक ८ मा भारतीय सुरक्षा निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेटले एम्नेस्टी इन्डियाको बैंक खाता रोक्का गरेको थियो। बैंक खाता रोक...
लिम्बु भाषालाई सरकारी कामकाजमा

लिम्बु भाषालाई सरकारी कामकाजमा

समाचार, समाज
इलाम, मंसिर १४ । इलामको माङसेबुङ गाउँपालिकाले स्थानिय लिम्बु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिइएको छ । माङसेबुङ गाउँपालिका–५ मा हिजोदेखि औपचारिक रुपमा लिम्बु भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्न सुरु गरिएको हो । प्रदेश सांसद धिरेन्द्र शर्मा, माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोलगायत जनप्रतिनिधि, बुद्धिजिवी, भाषिक र साँस्कृतिक अगुवा तथा वडा बासीहरुलाई साक्षी राखेर वडा अध्यक्ष नरेन्द्र राईले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको घोषणा गरे । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रत्यायोजन अधिकारलाई प्रयोग गरी लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको बताइएको छ । अंग्रेजी, किरात सिरीजंगा लिपी र देवनागरी लिपीमा लेखिएको त्रैभाषिक वडा कार्यालयको सूचना पाटी वाचन गरेर अध्यक्ष इधिङ्गोले कार्यक्रमको उद्घ...
हट्यो जोर विजोर प्रणाली

हट्यो जोर विजोर प्रणाली

समाचार, समाज
१४ मंसिर, काठमाडौं । चौतर्फी विरोधपछि जोर विजोर प्रणाली हटेको छ । विहान साढे ११ बजेबाट जोर विजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एसिया प्यासिफिक समिटका लागि भन्दै १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागू गरिएको थियो । तर, पहिलो दिन नै यसको चर्को विरोध भयो ।  ट्राफिक प्रहरीले शुक्रबार सूचना जारी गर्दै गृह मन्त्रालयको निर्देशनमा जोरविजोर हटाइएको बताएको छ । ...
जानकी मन्दिरको सौन्दर्यकरणको काम सुरु

जानकी मन्दिरको सौन्दर्यकरणको काम सुरु

समाचार, समाज
जनकपुर । जनकपुरस्थित ऐतिहासिक तथा पुरातात्विक महत्वको जानकी मन्दिरको सौन्दर्यकरण सुरु गरिएको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले एक समारोहबीच हिन्दु बौद्ध परम्परा अनुसार मन्दिर सौन्दर्यकरणको शुभारम्भ गरेका हुन । प्रदेश सरकारको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत ८ करोड १५ लाखको लागतमा मन्दिरको सौन्दर्यकरणका लागि फ्लोर, गेट तथा ढल निकासको काम गर्ने गरिनेछ । यस्तै मन्दिरको गर्भ गृह र प्रांगणमा ग्रेनाइट बिच्छ्याउनुको साथै मुख्य ३ वटै द्वारमा व्यवस्थित द्वार निर्माण गरिनेछ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले मन्दिरको सुन्दरता बढाउने कार्यका लागि चाहिने आवश्यक खर्च प्रदेश सरकारले व्यहोर्ने प्रतिबद्धता जनाए । निर्माणको ठेक्का काठमाडौस्थित प्रेरा जेभी रन्जनलाई दिइएको छ ।...
एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुनको लागि आङसाङ सुची र हुन सेन काठमाडौंमा

एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुनको लागि आङसाङ सुची र हुन सेन काठमाडौंमा

समाचार, समाज
काठमाडौं । काठमाडौंमा यही मंसिर १४ देखि १७ गतेसम्म आयोजना हुने एसिया प्यासिफिक सम्मेलनमा सहभागि हुन विभिन्न देशका प्रतिनिधिहरु नेपाल आउने क्रम सुरु भईसकेको छ । यसै क्रममा म्यान्मारको राज्य परिषदकी सदस्य तथा विदेशमन्त्री आङसाङ सुची काठमाडौं आइपुगेकी छिन् । उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । त्यसैगरी कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि काठमाडौं उत्रिएका छन् । उनलाई पनि रक्षामन्त्री पोखरेलले स्वागत गरेका थिए । सम्मेलनमा आउने विशिष्ठ पाहुनाको सुरक्षालाई ध्यान दिइ उच्च सुरक्षा व्यवस्था मिलाइएको जनाईएको छ । यता विशिष्ठ अतिथिहरुको आगमनको व्यवस्थापनका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानको नियमित तालिका प्रभावित हुने भएको छ ।...
राजबिराजमा १३ वर्षीया बालिकाद्वारा शरीरमा आगो लगाई आत्महत्या

राजबिराजमा १३ वर्षीया बालिकाद्वारा शरीरमा आगो लगाई आत्महत्या

समाचार, समाज
राजविराज, मंसिर १३ । सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाएकी एक बालिकाको आज बिहान निधन भएको छ । निधन हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक बिष्टले जनाए । आफ्नै आमासँग विवाद हुँदा बुधबार साँझ अञ्जनीले शरीरमा मट्टितेल छर्किएर आगो लगाएर आत्महत्याको प्रयास गरेकी थिइन् । आगोबाट शरीर जलेर घाइते भएकी उनको विराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको प्रहरीले जनाएको छ । घटनाबारे बिस्तृत अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।...
भाइको हत्या प्रकरणमा दाजु पक्राउ

भाइको हत्या प्रकरणमा दाजु पक्राउ

अपराध, समाचार, समाज
बेत्रावती, मंसिर ११ । प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ । कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा लक्ष्मणको हत्यामा दाजु बलाराम संलग्न रहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिए । बलरामलाई सोमबार जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा अभियोगमा अनुसन्धानका लागि म्याद लिएको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ । लक्ष्मणको शरीरको पछाडितर्फ टाउको, कम्मर, ढाडमा धारिलो हतियार प्रयोग गरेको पाइएको छ । दाजुभाइबीच सामान्य विषयमा विवाद हुँदा चिर्पट प्रहार गरी हत्या गरेको बलरामले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)...
ढोरपाटनको नवी गाउँमा आगलागी, ३० घर जलेर नष्ट

ढोरपाटनको नवी गाउँमा आगलागी, ३० घर जलेर नष्ट

समाचार, समाज
गलकोट । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजे आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भए । नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे नियन्त्रणमा आएको स्थानीयवासीले बताए । ढोरपाटन शिकार आरक्षको कर्मचारी तथा नेपाली सेनाका हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको थियो । शिकार आरक्षमा रहेको हनुमान ध्वज गुल्मका गुल्मपति सेनानी रविजंग खड्काको नेतृत्वमा १०२ जना आगो नियन्त्रण टोली र ढोरपाटन शिकार आरक्षका कर्मचारीहरुको सहयोगमा बिहान मात्र आगो नियन्त्रणमा आएको हो । ढोरपाटन वरपर चिसो मौसमका कारण स्थानीय घनधनी घुम्ती बसाइका लागि तल्लो वोबाङ तथा अन्य ठाउँमा सरेका कारण स्थानीयवासी नभएको समयमा आगो लागेको जनाइएको छ । क्षतिको विवरण भने अहिलेसम्म औन सकेको छैन । नेपाली सेना र शिकार आरक्षका कर्मचारीको टोलीले गाउँ नै आगो लाग्नबाट बचाएको र आगो जङ्गलतर्फ पस्न नद...