आजबाट लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
काठमाडौं ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । ‘लैंगिक हिंसा र दुर्व्यबहार, छैन हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ १६ दिने अभियान सुरु भएको छ ।
नेपालमा २०५४ सालदेखि महिला तथा बालिकाको मानव अधिकारको संरक्षणको निम्ति, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैंगिक समानता कायम गर्न नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरिँदै यो अभियान सन्चालन गरिदै आएको छ ।
संघीय सरकारका मन्त्रालय, सातवटै प्रदेश सरकार, सबै जिल्ला समन्वय समितिले विभिन्न कार्यक्रम गरी सामाजिक सचेतना अभियान संचालन गर्ने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जानकारी गराएको छ ।
यसैबीच लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नु सन्देश जारी गर्...









