राजनीतिक दलहरु फुटेर होइन, जुटेर अघि बढ
-डा.डी.आर.उपाध्याय खनाल/
काठमाडौं । राजनीति बिषय बस्तुका बारेमा धेरै लेखियो । पढ्नेले पढ्छन् , सुन्नेले सुन्छन तर देशको भबिश्य उज्जवल बन्न सकेन । यो स्वर्ग जस्तो देशको बारेमा सोच्दा चिन्ता लागेर आउँछ । राजनीति जसले गरेको छ, उसैले देशको प्रगति उन्नति हुन दिएको छैन । राजनीतिको नाममा धेरै बदमासी भइरहेको छ । जनतालाई धोका भइरहेको छ ।
बर्षाका च्याउँ सरी पार्टीहरु खोलीएका छन । राजनीतिमा सबै आउन रहर गरिरहेका छन । तर परम्परागत रुपमा थुप्रिदै आएको राजनीति फोहोरलाई सफा गर्ने हिम्मत भने कसैले गरेको देखिदैन ।जनताको नाम भजाएर देश लुटनेहरुको कमी छैन । देश लुटनेहरुलाई चुनावी माध्यमबाट जनताले सजाँय दिनु पर्छ । जनताले खाइ नखाई राज्यलाई कर तिर्छन तर राज्यले करको सहि रुपमा सदुपयोग गर्न सकेको छैन ।
हाम्रो देशमा राजनीति दल र नेताहरु मात्र बढि भए । धेरै राजनीति दल र नेता मात्र भएर देशको बिकास हुन सक्...









