डिपी परिश्रमीको तिज गीत ‘माइतीको आँगनमा नाचम्ला’ ले पायो मिलियन भ्यूज(भिडियो)
प्रत्येक वर्ष नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा सयौंको संख्यामा तिज गीत सार्वजनिक हुने गर्छ । त्यस मध्ये कमै गीत मात्र दर्शक श्रोताको रोजाईमा पर्छ । त्यही रोजाई र दर्शक श्रोताको मन जित्न सफल भएको तीज गीत हो , गीतकार डीपी दाहाल परिश्रमीको शव्दमा तयार भएको ‘माइतिको आँगनमा नाचम्ला’ । सार्वजनिक भएको छोटो समयमा गीतकार परिश्रमीको तीज गीत माइतिको आँगनमा नाचम्लाले १० लाखभन्दा बढी पटक हेरिएको गीतको रेकर्ड राखेको हो।
https://www.youtube.com/watch?v=VDkUG2UsT4A&t=1s
अहिलेकी चर्चित गायिका शान्तिश्री परियारको स्वर तथा फिचरिङ रहेको गीतलाई संगीत पुरुषोतम न्यौपानेले दिएका हुन। भिडियोमा गायिका शान्तिश्री संगै मोडल अन्जली अधिकारी र मोडल नयन डिसी र रमा थपलियाको समेत अभिनय एवं नृत्य देख्न सकिन्छ । स्मृति तिमल्सिनाले निर्देशन गरेको भिडियोलाई भागिरथ गाह मगरले कोरियोग्राफी , रामशरण उप्...









