बाकुमा सम्पन्न ‘ग्लोबल टुरिजम कन्फ्रेरन्स’मा नेपालीलाई सम्मान
अजरबैजानको राजधानी बाकुमा ग्लोबल टुरिजम कन्फ्रेरन्स भव्य रुपमा सम्पन्न भएको छ । कोरोना कहरका कारण विश्वभर पर्यटन व्यबसायमा मन्दि भए संगै परेको असरको बारेमा विभिन्न देशका पर्यटन व्यबसायीहरुको सहभागिता रहेको उक्त सम्मेलनमा पर्यटन व्यबसायी वीच पर्यटन व्यबसायमा परेको असर र त्यसका समाधानका उपाय विषयक अन्तरक्रिया समेत गरिएको थियो । उक्त सम्मेलनले मुख्यत अजरबैजान पर्यटनको मुख्य गन्तव्य बन्दै गईरहेको सन्दर्भमा नेपालमा पनि अजरबैजानी पर्यटन भित्र्याउन पहलका विषयमा विशेष छलफल चलेको थियो ।अजरबैजानको लोकप्रिय संस्था टेम्पो ट्रिप्सले आयोजना गरेको उक्त सम्मेलनमा नेपाल, अजरबैजान लगायत विभिन्न देशकका पर्यटन व्यबसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।सम्मेलनमा बोल्दै आयोजक संस्थाकी प्रमुख सदागत तहमाजोभाले यस सम्मेलनले नेपाल अजरबैजानको पर्यटन प्रवद्र्धनमा विकास र टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको ...









