आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

डिपी परिश्रमीको तिज गीत ‘माइतीको आँगनमा नाचम्ला’ ले पायो मिलियन भ्यूज(भिडियो)

डिपी परिश्रमीको तिज गीत ‘माइतीको आँगनमा नाचम्ला’ ले पायो मिलियन भ्यूज(भिडियो)

मनोरन्जन, समाचार
प्रत्येक वर्ष नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा सयौंको संख्यामा तिज गीत सार्वजनिक हुने गर्छ । त्यस मध्ये कमै गीत मात्र दर्शक श्रोताको रोजाईमा पर्छ । त्यही रोजाई र दर्शक श्रोताको मन जित्न सफल भएको तीज गीत हो , गीतकार डीपी दाहाल परिश्रमीको शव्दमा तयार भएको ‘माइतिको आँगनमा नाचम्ला’ । सार्वजनिक भएको छोटो समयमा गीतकार परिश्रमीको तीज गीत माइतिको आँगनमा नाचम्लाले १० लाखभन्दा बढी पटक हेरिएको गीतको रेकर्ड राखेको हो। https://www.youtube.com/watch?v=VDkUG2UsT4A&t=1s अहिलेकी चर्चित गायिका शान्तिश्री परियारको स्वर तथा फिचरिङ रहेको गीतलाई संगीत पुरुषोतम न्यौपानेले दिएका हुन। भिडियोमा गायिका शान्तिश्री संगै मोडल अन्जली अधिकारी र मोडल नयन डिसी र रमा थपलियाको समेत अभिनय एवं नृत्य देख्न सकिन्छ । स्मृति तिमल्सिनाले निर्देशन गरेको भिडियोलाई भागिरथ गाह मगरले कोरियोग्राफी , रामशरण उप्...
माधव निर्दोषको ‘पश्चाताप’ सार्वजनिक (भिडियो)

माधव निर्दोषको ‘पश्चाताप’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
‘पश्चाताप’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्जना गुरुङद्धारा गायन यस गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठ र गीतकार तथा निर्देशक माधव निर्दाेषद्धारा निर्देशित एवम् लिखित गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । साउन २५ गते बुधबार एक समारोहका बिचमा उक्त गीतका गीतकार माधव निर्दाेष, मोडल विकास लामिछाने र सन्दिपा बाटा श्रेष्ठको सहभागितामा उक्त गीत माइक्रो टि.भी नेपाल युटुब च्यानलमार्फत सार्वजनिक भएको छ । समारोहमा बोल्दै गीतकार माधव निर्दाेष भन्नुहुन्छ,“यो गीत वियोगान्त गीत हो तर संयोगान्तमा टुंगिएको छ । सुन्दा पनि धेरै राम्रो छ साथै अभिनय पनि राम्रो रहेको छ । यसमा एकजना विश्वास गरेको पात्रलाई गुमाउँदा हुने उतारचढावको बारेमा देखाउन खोजिएको छ ।” त्यस्तै मोडल विकास लामिछाने भन्नुहुन्छ,“यो गीत दुःखमा आधारित गीत हो । गीत सुन्दा राम्रो अनुभव हुन्छ ।”भन्दै उहाँले सबैलाई यस गीतलाई माया गर...
कीर्तिमानी उपन्यासकार डा. डीआरको उपन्यास कृति ‘कसुर’ विमोचन 

कीर्तिमानी उपन्यासकार डा. डीआरको उपन्यास कृति ‘कसुर’ विमोचन 

समाचार, समाज
कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय खनालको उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको छ । बुधबार राजधानीमा एक विशेष सामारोहबीच डा. उपाध्यायको १४औं उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि निर्देशक÷लेखक तथा वशिष्टि कलाकार मोहन निरौला, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली समाजका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघकार उपाध्याक्ष वसन्त वित्यासी थापा, स्रष्टा डा. उपाध्याय, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, पुस्तकका सम्पादक कृष्ण भुसालले संयुक्त रुपमा कृतिको विमोचन गर्नुभएको थियो । उक्त कृतिमा संमिक्षात्मक टिप्पणी राख्दै श्रेष्ठले ‘कसुर’ सामाजिक उपन्यास रहेको बताउनुभयो । उहाँले हाम्रै समाजमा रहेका विभिन्न घटनाक्रमलाई स्रष्टा उपाध्यायले यो उपन्यासमार्फत उजागर गरेको बताउनुभयो । उपन्या...
उत्कृष्ठ गीतकारको अवार्ड माधव निर्दोषलाई

उत्कृष्ठ गीतकारको अवार्ड माधव निर्दोषलाई

मनोरन्जन, समाचार
काठमाडौ । गीतकार माधव निर्दोषले जिनियस म्यूजिक अवार्डबाट उत्कृष्ठ गीतकारको अवार्ड जितेका छन् । बर्षभरीका गीतहरुबाट छनौट भएका उत्कृष्ठ टप पाँचमध्येबाट उनको गीतले अवार्ड जितेको हो । राष्ट्रिय नाँचघर जमलमा आयोजित कार्यक्रममा अवार्ड वितरण गरिएको हो । गीत संगीत, गायन तथा अभिनयका क्षेत्रमा उत्कृष्ट शिर्जनाबाट टप पाँच उत्कृष्ट छनौट गरी एकएक विधामा एकजनाका दरले अवार्ड गरिएको आयोजक संस्था जिनीयस म्यूजिक क्रियशनले जनाएको छ । संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न साँगीतिक कलाकर्मीको उपस्थित रहेको थियो । ‘दोस्रो जिनियस म्यूजिक अवार्ड २०७६’ बिजेताहरुः बिजेताहरुको नामावोलीहरु १.सर्वोत्कृष्ट शव्द(लोकदोहोरी) सुबास बोगटी, झुठो तिम्रो माया २. सर्वोत्कृष्ट लय(लोकदोहोरी) प्रसाद लामिछाने, पानी छल्काले ३. सर्वोत्कृष्ट संगीत संयोजक(लोकदोहोरी) राज...
संचारकर्मी राजेन्द्र लुईटेल(राज)लाई पत्रकारिता पुरस्कार

संचारकर्मी राजेन्द्र लुईटेल(राज)लाई पत्रकारिता पुरस्कार

समाचार, समाज
संचारकर्मी राजेन्द्र लुईटेल (राज) लाई यो वर्षको जिनियस म्यूजिक अवार्डमा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । विगत डेढ दशकदेखि संचारकर्ममा सक्रिय संचारकर्मी लुईटेललाई संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठ तथा विशिष्ठ संगीतकार एवं संगित तथा नेपाल सङ्गित तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकूलपति शम्भुजित बासकोटाको हातबाट नगद रु.पन्ध्र हजार सहितको पत्रकारिता सम्मान प्रदान गरिएको हो । राष्ट्रिय नाचघरमा सम्पन्न जिनियस म्यूजिक अवार्डको तेश्रो संस्करण तथा जिनियस म्यूजिक क्रियसनको १८ औं वार्षिकोत्सवको अवसरमा उनलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । प्रत्येक वर्ष मनोरन्जन क्षेत्रमा सक्रिय कलम चलाउने पत्रकारहरुलाई नगद सहित सम्मान गरिने उद्देश्य अनुरुप यो वर्ष लुईटेल संगै मध्यान्ह दैनिकका वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठलाई पनि नगद सहित सम्मान गरिएको थियो । दि...
प्रिती आले र राजेश बर्देवाको ‘भेलु बाजे डान्स’ (भिडियो)

प्रिती आले र राजेश बर्देवाको ‘भेलु बाजे डान्स’ (भिडियो)

मनोरन्जन, समाचार
लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तीज गीत ‘भेलु बाजे डान्स’को म्यूजिक भिडियो सार्बजनिक भएको छ। भिडियोमा प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशब बाबुको एरेन्ज रहेको छ। https://youtu.be/5Ohs8p-UDGM दजनौं चर्चित गीतहरुमा स्वर दिएर चर्चामा रहेकी गायिका प्रिती आले र लोकप्रिय गायक राजेश बर्देवाको सहकार्यमा तयार भएको सार्बजनिक म्यूजिक भिडियोलाइ गायिका प्रिती आलेले नै निर्देशन गरेकी छन् । त्यस्तै, दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाइ नबिन घर्ति मगरले सम्पादन गरेका हुन्। भिडियोमा प्रिती आले र राजेश बर्देवा लगायत अन्य कलाकारहरुलाई फिचर्ड गरिएको छ। ...
लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो

लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं । संघीय र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएको छ । निर्वाचन मिति घोषणा संगै बिभिन्न राजनीतिक दलहरु चुनाव केन्द्रित बन्न थालेका छन । आजको मिति सम्मको कुरा गर्ने हो भने संघीय र प्रदेशसभाको चुनावमा पनि सत्ता गठबन्धन दलहरु मिलेरै चुनावमा जाने कुरा गरिरहेका छन । उनीहरुको चाहना के हो भने जसरी हुन्छ एमालेलाई कमजोर बनाउने र चुनाव पछि मिलिजुली फेरि सरकारमा जाने र मिलेर खाने यो बाहेक गठबन्धनको अरु कुरा केही देखिएन । लोकतन्त्रमा दलहरु एक्ला एक्लै प्रतिष्प्रर्धा गर्नु पर्ने हो, मिलेर चुनाव लडनुको के अर्थ ? यसले राजनीतिक अस्थिरता निम्त्याउने बाहेक अरु केही गदैन । नेकपा एमालेलाई कमजोर बनाउन खोज्दा के मुलुकको राजनीति अस्थिरता तर्फ त जादैन ? यो प्रश्न भोली गम्भिर रुपमा उठने छ । बिगत लामो समय देखि सत्ता र शक्तिमा रहेकाहरुले मुलुकको भबिश्य बनाउन सकेनन् । आम नेपाली जनत...
पुजा भइन ब्युटिसियन नेपाल २०२२

पुजा भइन ब्युटिसियन नेपाल २०२२

मनोरन्जन, समाचार
ब्युटीसियन नेपालको आठौं संस्करणमा भक्तपुरकी पुजा सापकोटा बिजयी भएकी छन् । हिमालयन मुुभिजको आयोजनामा बुधवार अपरान्ह राजधानीमा सम्पन्न कार्यक्रममा दिलाशा श्रेष्ठ, फस्ट रनरअप तथा शर्मीला डंगोल सेकेन्ड रनरअप भएका छन् । ब्युटीसियन नेपाल नेपाली सौन्दर्यकर्मीहरुको राष्ट्रिय स्तरको पेशागत सौन्दर्य प्रतियोगिता हो । जसको फाइनल चरणमा टप टेन प्रतियोगीहरुले प्रतिस्पर्धा गरेको थिए । दुलहीको पहिरनमा आफुले आपैmलाई श्रृंगार गरेर स्टेजमा उत्रिएका व्युटिसियनहरुले वेहुली चलचित्रको गितमा आकर्षक नृत्य गरेका थिए । प्रतियोगीहरुले परिचयात्मक चरण, प्रश्नोत्तर चरण, लिखित चरण गर्दै क्राउनिङ चरण सम्म पुगेका थिए । कार्यक्रममा विविध सवटाइटलहरु समेत वितरण गरिएको थियो, जसमा प्रतियोगीहरुले तालिम चरण मै प्रतिष्पर्धा गरेको सवटाइटल तर्पm वेस्ट मेक–अप विनरमा शर्मीला डंगोल, वेस्ट नेल आर्ट विनर प्रमिला चौरेल, वेस्ट मेहेन्दी ...
मिसेस क्यापिटल क्विन नेपालको उपाधी सुनितालाई

मिसेस क्यापिटल क्विन नेपालको उपाधी सुनितालाई

मनोरन्जन, समाचार
मिसेस क्यापिटल क्विन नेपाल २०२२ को उपाधी सुनिता पाख्रिनले जित्न सफल भएकी छन् । राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न सो कार्यक्रममा फस्ट रनरअप सम्झना राई एवं सेकेन्ड रनरअप पवित्रा सुब्बाले हात पार्न सफल भएका छन् । हिमालयन मुभिजको आयोजनामा सम्पन्न कार्यक्रम विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता हो भने , कार्यक्रमको श्रृखला अन्र्तगत यो पाँचौ संस्करण हो । सवटाइटल अवार्ड तर्पm भने विजेता सुनिता पाख्रिनले मोस्ट डिलिजेन्ट, उपविजेता सम्फना राईले मोस्ट कन्फिडेन्ट, सेकेन्ड रनर अप पवित्रा सुब्बाले वेस्ट फोटोजेनिक त्यस्तै गरी सुधा पोख्रेल मोस्ट स्मार्ट, दिपा श्रेष्ट मोस्ट ए्याक्टीभ, माया रसाइली वेस्ट डिसीप्लीन र मोस्ट पपुलर एवं अन्जु प्रधानले वेस्ट पर्सनालिटी र पब्लिक च्वाइस भिडियो अवार्ड हात पार्न सफल भएका छन् ।सिनीयर फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रममा प्र...
प्रमोद खरेल र अस्मिता अधिकारीलाई सर्वोत्कृष्ट युगल गायनको अवार्ड

प्रमोद खरेल र अस्मिता अधिकारीलाई सर्वोत्कृष्ट युगल गायनको अवार्ड

मनोरन्जन, समाचार
काठमाडौ ।‘नेपाली कला संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबर्धन गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ दोश्रो र तेश्रो संस्करणको जिनियस म्युजिक अवार्ड २०७८ सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा उड्ययन मन्त्री  जीवनराम श्रेष्ठको प्रमुख आतिथ्य तथा बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाको विशिष्ठ आतिथ्यमा सम्पन्न ‘जिनियस म्युजिक अवार्ड २०७८’मा गीतकार तथा बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. भोला रिजाललाई पच्चिस हजार नगद सहित दिर्घ साधना सम्मान प्रदान गरिएको छ भने वरिष्ठ तबला वादक कुमार महाराज थापालाई रजत सम्मान प्रदान गरिएको थियो । सञ्चारकर्मीव्दय सानुकाजी श्रेष्ठ र राजेन्द्र लुईटेललाई जनही पन्ध्र हजार नगद सहित पत्रकारिता सम्मान प्रदान गरिएको थियो । समारोहमा वरिष्ठ समाजसेवी एवं राजनीतिज्ञ गोपाल न्यौपाने,वरिष्ठ संगितकार राजु सिंह,वरिष्ठ संगितकार वसन्त सापकोटा, राजनीतिज्ञ सरिता दाहाल,गीतकार शान्ति...