राष्ट्रिय स्तरमा बालप्रतिभा उजागर गर्ने ‘किड्स ट्यालेन्ट हन्ट’ सम्पन्न
ललितपुर — ब्ल्याक बर्ड इन्टरटेन्मेन्टको आयोजनामा “नेपाल किड्स ट्यालेन्ट हन्ट २०८२” को ग्रान्ड फिनाले चैत २९ गते आइतबार ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा भव्य रूपमा सम्पन्न भएको छ। करिब दुई महिनासम्म सञ्चालन भएको प्रशिक्षण तथा प्रतिस्पर्धापछि उत्कृष्ट २० जना फाइनलिस्टहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली चलचित्र क्षेत्रका चर्चित तथा वरिष्ठ डान्स कोरियोग्राफर कमल राईको उपस्थिति रहेको थियो। कार्यक्रमलाई आकर्षक र ऊर्जावान बनाउँदै सोनित राज धुंगेलले सञ्चालन गरेका थिए।
गायन विधातर्फ दिक्षिता शाही विजेता घोषित भइन् भने प्रोषण परियारले पब्लिक च्वाइस अवार्ड जित्न सफल भए। त्यस्तै, छेसाङ लामा प्रथम रनरअप र श्रियुक्ता शाही द्वितीय रनरअप घोषित भए।
गायनतर्फका निर्णायकहरूमा गायक तथा संगीतकार रमेश पाठक, गायक चेतन राई तथा गायिका रानु निरौला रहेका...









