आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

भ्रामक समाचारको सिकार बने शिव परियार : आयोगले बिना प्रमाण नाम राख्यो, गायक स्वयं बोल्न बाध्य

भ्रामक समाचारको सिकार बने शिव परियार : आयोगले बिना प्रमाण नाम राख्यो, गायक स्वयं बोल्न बाध्य

मनोरन्जन, समाचार
काठमाडौं। नेपालका लोकप्रिय तथा चर्चित गायक एवं कलाकार शिव परियारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा आफ्नो नाम “सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति”को रूपमा उल्लेख गरिएकोमा कडा आपत्ति जनाउँदै सार्वजनिक स्पष्टीकरण जारी गरेका छन्। परियारले नेपाल सरकार तथा समग्र नेपाली समाजसमक्ष विनम्र निवेदनसहित प्रस्तुत गरेको उक्त स्पष्टीकरणमा आफूमाथि लगाइएको आरोप वास्तविकतामा आधारित नरहेको दाबी गरेका छन्। वि.सं. २०८२ साल भाद्र २३ गते जेन–जी आन्दोलनको क्रममा देश अत्यन्त जटिल र संवेदनशील परिस्थितिमा थियो। उक्त अवधिमा सामाजिक सञ्जालमा विभिन्न सूचनाहरू तीव्र गतिमा फैलिरहेका थिए, जसका कारण आम नागरिकका लागि सत्य, तथ्य र आधिकारिक सूचना प्राप्त गर्ने अवस्था अत्यन्त अन्योलपूर्ण बनेको थियो। विवादास्पद पोस्टको वास्तविकता गायक परियारका अनुसार, भाद्र २४ गते सामाजिक सञ्जालमा “बेपत्ता पारिएक...
कलाकार संघमा नयाँ समीकरण, केसीको उम्मेदवारीले बढायो चासो

कलाकार संघमा नयाँ समीकरण, केसीको उम्मेदवारीले बढायो चासो

मनोरन्जन, समाचार
काठमाडौं ।  चलचित्र कलाकारबीच चुनावी सरगर्मी सुरु भएको छ । यहीबीचमा संघको अध्यक्षका लागि उत्तम केसीले उम्देवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उम्देवारी घोषणा गरेका हुन् । उनलाई संघका पूर्वअध्यक्ष रविन्द्र खड्का लगायतका वरिष्ठ कलाकारले समर्थन गरेका छन् । यही चैत २८ मा चलचित्र कलाकार संघको २१ औं साधारण सभा आयोजना हुँदैछ । सभाले १७ सदस्यीय नयाँ पदाधिकारी निर्वाचित गर्नेछ ।संस्थाको मतदाता बन्न १७ चैतसम्म सदस्यता नवीकरण गरिसक्नुपर्नेछ । त्यसअघि निर्वाचन आयोग गठनको तयारी छ । अहिले नवीकरण नगरेकासहित २५०० जना सदस्य संस्थामा रहेको जनाइएको छ ।  २०५५ सालमा स्थापना भएको कलाकार संघमा तीन वर्षे कार्यकाल हुने गरेको छ ।  रंगमञ्चदेखि चलचित्रसम्मको यात्रा तय गरेका कलाकार केसी नेपालमा टेलिभिजनको स्थापना अघिदेखि नै रंगमञ्चमा नाटक गर्ने कलाकार हुन । बाल्यकालदेखि कला क्षेत...
पुनम वस्याल र धर्मेन्द्र अर्यालको स्वरमा भजन  ‘नारायण हरिहरी’(भिडियो)

पुनम वस्याल र धर्मेन्द्र अर्यालको स्वरमा भजन ‘नारायण हरिहरी’(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौ  । गायिका पुनम वस्याल र धर्मेन्द्र अर्यालको आवाजमा भजन गीत ‘नारायण हरिहरी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गणेश बस्यालले मुखडा तयार पारेका छन् भने मौलिक साधारण सम्पूर्ण उमेर समुहका भजन प्रेमिले मन पराउने र जनजिब्रोमा झुन्डिन सक्ने ओझिला शब्दलाई पुनमले कलेक्सन गरेकी छन् । पुर्ण संयोगको म्युजिक एरेन्जमा तयार भएको यस भजनको म्युजिक भिडियोलाई राजु अर्यालले निर्देशन, प्रबिण थापाले कोरियिग्राफी, हरिस महराले छायांकन र नवीन घर्ती मगरले सम्पादन गरेका छ्न् । भजनको म्युजिक भिडियोमा पुनम बस्याल, फ्रेन्सिअ बस्याल, शंकर शाही ठकुरी, प्रमिला गहतराज, रेखा भट्टराई, साधना अर्याल लगायतको अभिनय र नृत्य देख्न पाइन्छ । उजेली, कुरा बुझिसके, सुनामी, चलाउ अभियान, नारायण लगायतका सिर्जनाकी सर्जक पुनम वस्यालले स्वर दिएका गीतहरूले नेपाली सांगीतिक बजारमा राम्रो चर्चा र लोकप्रियता कमाइसकेका छन् ।...
काठमाडौँमा ‘अन्तर्राष्ट्रिय नारी दिवस–२०२६’ अवसरमा १११ महिलालाई सम्मान

काठमाडौँमा ‘अन्तर्राष्ट्रिय नारी दिवस–२०२६’ अवसरमा १११ महिलालाई सम्मान

आर्थिक, समाचार, समाज
‘अन्तर्राष्ट्रिय नारी दिवस–२०२६’ को अवसरमा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडको आयोजना तथा संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठको सभापतित्वमा विशेष कार्यक्रम सम्पन्न भएको छ। समाजमा अतुलनीय योगदान पुर्याएका ११ महिला, सामाजिक कार्यमा सक्रिय १०० स्वयंसेवक महिला, महिला निर्वाचन प्रहरी र नेपाल प्रहरीलाई समेत सम्मान गरिएको थियो। पूर्व कुमारी चनिरा बज्राचार्य, सञ्चारकर्मी माल्भिका सुब्बा, अन्तर्राष्ट्रिय खेलाडी करुणा रावत क्षेत्री र अन्य ११ महिला प्रमुख सम्मानित महिला घोषित भए। कार्यक्रममा नेपाल आइडल गङ्गा सोनामको सांगीतिक प्रस्तुति र ‘सर्वनाम’ नाटकघरको नाटक प्रदर्शन पनि गरिएको थियो। कार्यक्रमसँगै पाटनको मंगलबजारमा रक्तदान तथा आँखा जाँच शिविरको कार्यक्रम पनि सम्पन्न भएको थियो, जसमा ७ जनाले रक्तदान गरेका थिए। संस्थाका नेतृत्वकर्ता तथा डिस्ट्रिकका प्रतिनिधिहरूले महिला सशक्ति...
मनिषा जिसी सौन्दर्य उद्यमी संघको उपाध्यक्षमा, सौन्दर्य क्षेत्रलाई अन्तर्राष्ट्रिय उचाइ दिने प्रतिबद्धता

मनिषा जिसी सौन्दर्य उद्यमी संघको उपाध्यक्षमा, सौन्दर्य क्षेत्रलाई अन्तर्राष्ट्रिय उचाइ दिने प्रतिबद्धता

आर्थिक, समाचार
काठमाडौं । नेपाली सौन्दर्य क्षेत्रमा स्थापित नाम बनेकी सनसिटी ब्युटि पार्लरकी प्रमुख तथा वरिष्ठ सौन्दर्यविद मनिषा जिसी हालै गठन भएको सौन्दर्य उद्यमी संघ नेपालको निर्विरोध उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। उहाँको निर्विरोध चयनलाई सौन्दर्य क्षेत्रले व्यावसायिकता, अनुभव र नेतृत्व क्षमताको सम्मानका रूपमा लिएको छ। मनिषा जिसीले विगत लामो समयदेखि सौन्दर्य व्यवसायलाई व्यवस्थित, मर्यादित र अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धी बनाउन निरन्तर योगदान दिँदै आउनुभएको छ। उहाँले नेपाल मात्र नभई दुबई, मलेसिया, अजरबैजान र इजिप्ट लगायत विभिन्न देशमा आयोजना भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाई थुप्रै अवार्डहरू जित्न सफल हुनुभएको छ। ती उपलब्धिहरूले नेपाली सौन्दर्य क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। उहाँ केवल सफल व्यवसायी मात्र नभई दक्ष ...
 महेश गोदारको “जाहेरी नलिए अग्निदाह” चेतावनीपछि प्रहरी सक्रिय -मुद्दा दर्ता

 महेश गोदारको “जाहेरी नलिए अग्निदाह” चेतावनीपछि प्रहरी सक्रिय -मुद्दा दर्ता

अपराध, समाचार
विवाह भोजमा भएको भनिएको जातीय विभेद प्रकरणमा व्यापक दबाब र विवादका बीच अन्ततः नेपाल प्रहरी मा जाहेरी दर्ता भएको छ। समाजमा चर्चाको विषय बनेको उक्त घटनामा पीडित पक्षले दिएको उजुरी लामो दबाब र पहलपछि प्रहरीमा औपचारिक रूपमा दर्ता भएको हो। जाहेरी दर्ता भएसँगै घटनाको अनुसन्धान प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ। यसअघि पोखराका कलाकार तथा राजनीतिकर्मी महेश गोदार ले जातीय विभेदसम्बन्धी घटनामा जाहेरी दर्ता गर्न ढिलाइ गरिएको आरोप लगाउँदै कडा संघर्षको चेतावनी दिनुभएको थियो। न्याय नपाए जिल्ला प्रहरी कार्यालय कास्की अगाडि अग्निदाह गर्ने घोषणा समेत उहाँले गर्नुभएको थियो। घटनाको पृष्ठभूमि फागुन ९ गते पोखरा महानगरपालिका–२६ स्थित एक विवाह भोजमा सहभागी भएका सन्तबहादुर विश्वकर्मामाथि जातीय आधारमा अपमानजनक व्यवहार गरिएको आरोप लागेको थियो। जाहेरीका अनुसार भोजमा स...
बहुआयामिक प्रतिभा प्रस्फुटनमा पिक प्वाइन्ट एजुकेशन नेटवर्क अग्रणी

बहुआयामिक प्रतिभा प्रस्फुटनमा पिक प्वाइन्ट एजुकेशन नेटवर्क अग्रणी

शिक्षा, समाचार
काठमाडौं । पिक प्वाइन्ट एजुकेशन नेटवर्कको आयोजनामा शनिबार ‘मेगा इभेन्ट्स’ अन्तर्गत विभिन्न विधाका प्रतियोगिताहरूको ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत ‘पिक प्वाइन्ट लिटिल आइकन’ को चौधौं संस्करण सम्पन्न भएको छ। ‘मास्टर किड २०८२’ को उपाधि सफल श्रेष्ठले जितेका छन् भने सलोन श्रेष्ठ प्रथम उपविजेता र इस्पन्दन तामाङ द्वितीय उपविजेता घोषित भएका छन्। त्यस्तै ‘मिस किड २०८२’ तर्फ खुसी श्रेष्ठ विजेता घोषित भइन्। सौम्या राई प्रथम उपविजेता तथा आर्या थापा द्वितीय उपविजेता बनेका छन्। यसैगरी ‘पिक प्वाइन्ट डान्सिङ स्टार’ को १३औँ श्रृंखला सम्पन्न भएको छ। अञ्जिला श्रेष्ठले यस वर्षको ‘डान्सिङ स्टार’ उपाधि जितिन् भने सोनाक्षी राई प्रथम उपविजेता र सिम्रिका गुरुङ्ग द्वितीय उपविजेता बने। त्यसैगरी ‘पिक प्वाइन्ट सिंगिङ स्टार’ को १२औँ श्रृंखला सम्पन्न भएको छ। प्रतियोगितामा प्र...
गायिका प्राश्ना शाक्य र निर्वाण केरुङ्गको ” प्रियतम” कोसेली सार्वजनिक(भिडियो)

गायिका प्राश्ना शाक्य र निर्वाण केरुङ्गको ” प्रियतम” कोसेली सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
युवा पुस्ताको ढुकढुकी र सर्वाधिक मन पराएकी गायिका प्राश्ना शाक्य जसको स्वरमा जादु छ ।“बादल वर्षा बिजुली ” गीतले सबै दर्शक र श्रोताका मन जितेका जसका थुप्रै सुपरहिट गीतहरू आवाज देउ , गाउँले जीवन छन्। गायिका प्राश्ना शाक्यले आफ्ना फ्यानहरूलाई खुसी बनाउन ” प्रेम दिवस”को उपलक्ष्यमा ” प्रियतम” नामक म्युजिक भिडियो सार्वजनिक गरिन्। गायिका प्राश्ना शाक्य लाई नेपाली सांगीतिक क्षेत्रकी ” द नाईटिङल भइस” पनि भन्ने गरिन्छ। https://youtu.be/FHup2oRoX3Q सानै उमेरदेखि नेपाली गीत संगीतमा रुचि राखिने उनले आफ्नो सांगीतिक कोसेली देश र विदेशमा थुप्रै स्टेज प्रोग्राममा गाइसकेकी छिन्। म्युजिक भिडियोमा मोडल सुदित र श्रीतिका को एकअर्काप्रतिको प्रेम समर्पण देखाइएको छ । निर्वाण केरुङ्गको शब्द र संगीत , उदयराज पौडेलको संगीत संयोजन किशोर थापाको मास्टर मिक्सिङ रहेको छ। गीतको म्युजिक भिडियो छायांकन त...
छानवीन प्रतिवेदन सार्वजनिक नभए चुनाव अर्थहीन हुने सभापति सर्वेन्द्र खनालको दाबी

छानवीन प्रतिवेदन सार्वजनिक नभए चुनाव अर्थहीन हुने सभापति सर्वेन्द्र खनालको दाबी

राजनीति, समाचार
समुन्नत पार्टी नेपालका सभापति सर्वेन्द्र खनालले जेनजी छानवीन आयोगको प्रतिवेदन तत्काल सरकारलाई बुझाएर सार्वजनिक गर्न माग गरेका छन्। उनले जेनजी आन्दोलनको औचित्य स्थापित गर्न तथा दोषीमाथि कानुनी कारबाहीको सिफारिस गर्न गठन गरिएको उच्चस्तरीय छानवीन आयोगको म्याद थपेर विषयलाई अल्मल्याउन खोजिएको आरोप लगाएका हुन्। नागरिकन्यूज सँगको कुराकानीमा अध्यक्ष खनालले आयोगले समयमै प्रतिवेदन नबुझाउँदा जेनजी आन्दोलनको औचित्य नै समाप्त हुने टिप्पणी गरेका छन्। उनले जेनजी आन्दोलनको उद्देश्यबारे स्पष्ट पार्दै आन्दोलन केवल निर्वाचनका लागि मात्रै नभएको बताएका छन्। उनका अनुसार आन्दोलनका मूल मुद्दा, उपलब्धि तथा जेनजी पुस्ताले खोजेको प्रणालीगत सुधारको विषयलाई सरकारले सही रूपमा बुझ्न नसकेको उनको आरोप छ। खनालका अनुसार भदौ २३ र २४ का घटनामा संलग्न व्यक्तिहरू अहिले चुनावी मैदानमै रहेका छन्। आन्दोलन दबाउने र व...
डान्स र जुम्बा प्रशिक्षणको उत्कृष्ट थलो: ‘निरी एकडेमी’ सबैको रोजाइमा

डान्स र जुम्बा प्रशिक्षणको उत्कृष्ट थलो: ‘निरी एकडेमी’ सबैको रोजाइमा

मनोरन्जन, समाचार
काठमाडौँ – काठमाडौँ को बालकुमारी–कोटेश्वर क्षेत्रमा सञ्चालनमा रहेको निरी डान्स एण्ड जुम्बा फिटनेस एकडेमी अहिले नृत्य र फिटनेस प्रशिक्षणका लागि सबैको रोजाइमा पर्न सफल भएको छ। अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका प्रतिष्ठित तथा दक्ष नृत्य प्रशिक्षकहरूको मार्गदर्शनमा यहाँ विभिन्न शैलीका नृत्य प्रशिक्षण गरिँदै आएको छ। अनुभवी प्रशिक्षक तथा कोरियोग्राफरहरूको सक्रिय नेतृत्वमा सञ्चालित एकडेमीले हिप–हप, कन्टेम्पोररी, बलिउड, फोक–फ्युजन लगायतका विविध नृत्य विधामा प्रारम्भिकदेखि उन्नत तहसम्म कक्षाहरू सञ्चालन गर्दै आएको छ। उमेर समूहअनुसार छुट्टाछुट्टै ब्याच व्यवस्थापन गरिएकाले बालबालिका, किशोर–किशोरी तथा युवाहरूले सहज रूपमा प्रशिक्षण लिन सक्ने वातावरण तयार गरिएको छ। जुम्बा प्रशिक्षणको विशेष व्यवस्था नृत्यसँगै स्वास्थ्य र फिटनेसलाई जोड दिँदै एकडेमीमा प्रोफेसनल प्रशिक्षकद्वारा जुम्बा प्रशिक्षण समे...