१५३ विश्व कीर्तिमानी स्रष्टा डा.डीआर उपाध्यायको कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण
काठमाडौं – नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक १५३ विश्व कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघ र मिलाप मासिकको संयुक्त आयोजनामा सम्पन्न उक्त समारोह केवल पुस्तक विमोचनको औपचारिक कार्यक्रममा सीमित रहेन, बरु समकालीन नेपाली साहित्यको भावधारामाथि गम्भीर विमर्श र संवेदनशील संवादको सशक्त मञ्चका रूपमा स्थापित भएको थियो ।
सभाहलमा उपस्थित साहित्यकार, राजनीतिज्ञ, इतिहासविद्, गीतकार, कलाकार तथा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थितिले कार्यक्रमलाई विशेष गरिमा प्रदान गरेको थियो । कार्यक्रमका प्रत्येक क्षणमा साहित्यप्रतिको सम्मान, सिर्जनाप्रतिको अनुराग र समाजप्रतिको उत्तरदायित्वको स्पष्ट अनुभूति देखिएको थियो । कार्यक्रमका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकाली रहेका थिए भने प्रमुख अतिथि सा...









