सेलेब्रिटी मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई भारतमा अन्तर्राष्ट्रिय सम्मान
नेपालका चर्चित सौन्दर्यकर्मी, सेलेब्रिटी मेकअप आर्टिष्ट तथा अन्तर्राष्ट्रिय इभेन्ट डाइरेक्टर टेकराज पाण्डे भारतको उत्तराखण्डमा आयोजित ‘आइकन अफ देवभूमि अवार्ड–२०२६’ बाट विशेष सम्मानित भएका छन्। उनलाई नेपाल र भारतमा सौन्दर्य क्षेत्रको विकास, दक्ष जनशक्ति उत्पादन तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न पुर्याएको योगदानको कदर गर्दै ‘नेपालकै सर्वोत्कृष्ट मेकअप ट्रेनर तथा सेलेब्रिटी मेकअप आर्टिष्ट’ को सम्मान प्रदान गरिएको हो। नेपालबाट उक्त अवार्ड जित्न सफल हुने एक मात्र नेपाली मेकअप तथा सेलीब्रेटी मेक अप आर्टिष्ट हुन ।
कुमाऊँ केसरीद्वारा आयोजित भव्य समारोहमा विभिन्न देशका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिबीच पाण्डेलाई सम्मान गरिएको थियो। आयोजकले सौन्दर्यकला, फेसन, प्रशिक्षण तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता र कार्यक्रममार्फत नेपालको गरिमा बढाउन खेलेको भूमिका...









