आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड सम्पन्न,शाहलाई नगद सहित दीर्घ साधना सम्मान

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड सम्पन्न,शाहलाई नगद सहित दीर्घ साधना सम्मान

मनोरन्जन, समाचार
विमेन्स एरा एण्ड मिडिया ग्रुप प्रा.लि. नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको जमलस्थिति होटल एलो प्यागोडामा परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष समारोहबीच शनिबार अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाहलाई नगद राशीसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । समारोहमा रङ्ग पत्रकारिता सम्मानबाट सञ्चारकर्मी पत्रकार हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुईंटेल, सूर्य चन्द, सुमन सापकोटा, शिबराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख अतिथि मन्त्री साउदले सम्मान गर्नुभएको थियो । यस्तै, हिमालयन सामाजिक व्यक्तित्व सम्मान-२०७९बाट वसुन्धरा लामा, सावित्री लामा, सुरेन्द्रप्रसाद सञ्जेल, हिक्मत कार्कीलाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख...
‘मोडल अफ दी ईयर नेपाल’ को उपाधी अग्रज श्रेष्ठलाई

‘मोडल अफ दी ईयर नेपाल’ को उपाधी अग्रज श्रेष्ठलाई

मनोरन्जन, समाचार
तेश्रो संस्करणको ‘मोडल अफ दी ईयर नेपाल’ को शीर्ष उपाधी अग्रज श्रेष्ठले जितेका छन्। ड्रीम मोडलिङ एजेन्सी एन्ड ईभेन्ट मेनेजमेन्टद्वारा ईटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न उक्त प्रतियोगिताको अन्तिम स्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै श्रेष्ठले शीर्ष ताज पहिरीएका हुन् । बिजेताले शिर्ष उपाधीसंगै नगद रु २०,००० सहित ५ लाख बराबरको विमा, ३ लाख बराबरको आकर्षक उपहारहरुसंगै विभिन्न म्युजिक भिडियो, विज्ञापन तथा शर्ट मुभीहरुमा अभिनय गर्ने अवसर प्राप्त गरेका छन। प्रतियोगितामा प्रसन राउतले फर्स्ट रनरअपको ताज हात पारे भने मनिश शंकरले सेकेन्ड रनरअपको ताज पहिरिन सफल भए। राउत र शंकरले उपाधीसंगै क्रमशः नगद रू १५ हजार सहित ३ लाख बराबरको बीमा र १० हजारसहित २ लाखबराबरको बीमा र अन्य आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। त्यसैगरी अर्गनाईजर चोईसको अवार्ड भने कृपा राईले हात पारेकी छिन। प्रेक्ष्या क...
रोटर्याक्ट क्लब अफ कान्तिपुरले मिनी म्याराथन गर्दै

रोटर्याक्ट क्लब अफ कान्तिपुरले मिनी म्याराथन गर्दै

समाचार, समाज
काठमाडौं । रोटर्याक्ट क्लब अफ कान्तिपुरले मिनी म्याराथन (रोटा रन- २०२३) को आयोजना गर्ने भएको छ । प्यारेन्टल क्लब रोटरी क्लब अफ कान्तिपुसँगको सहकार्यमा विश्व पृथ्वी दिवसको अवसरमा २२ अप्रिलका दिन (एसडिजीएस) लाई पहिचान गरी उक्त कार्यक्रम मनाउने गरी मिनी म्याराथनको आयोजना गर्ने भएको हो । आयोजक संस्था रोटर्याक्ट क्लब अफ कान्तिपुरका अनुसार मिनी म्याराथनबाट संकलन भएका रकम विशेष कोष खडा गरि अटिस्टिक वालवालिकाहरुका लागि सहयोग प्रदान गरिने छ ।अटिस्टिक भएका बालबालिकाका लागि सेवा प्रदान गर्ने मान्यता प्राप्त संस्था नेपाल एकेडेमी अफ साइकोलोजीमा अटिस्टिक बालबालिकाको कल्याणका लागि परोपकारको उद्देश्य अनुरुप सो रकम प्रदान गरिन लागिएको हो । रोटर्याक्ट क्लब एउटा समुदायमा आधारित संस्था हो जसमा १८ वर्ष र माथिका सदस्यहरू छन्, जसले आफूले सञ्चालन गर्ने तालिम, सेमिनार वा कार्यशालाहरू जस्ता कार्यक्रमहरू मार्...
बुनु श्रेष्ठको नेवारी गीत ‘बहनिया मिला’ सार्वजनिक(भिडियो)

बुनु श्रेष्ठको नेवारी गीत ‘बहनिया मिला’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं। नेपाली आधुनिक संगीतमा गायिका बुनु श्रेष्ठको गायन यात्राले दशकौं पार गर्न लागिसकेको छ। अढाई सय नेपाली गीतमा सुमधुर स्वर दिइसकेकी छन्। यद्यपि, गायन यात्रामा चुपचाप छायांमा नै पर्दैआएकी उनै गायिका बुनु श्रेष्ठले नेपालभाषाको सांगीतिक क्षेत्रमा पनि आयामिक रुपमा आफूलाई प्रस्तुत गरेकी छन्। नेपालभाषामा पहिलो पल्ट बहनिया मिला अर्थात रातको जुन बोलको गीत शनिवार काठमाडौंमा सार्वजनिक गरेर आफूलाई नेपालभाषाको बलियो गायिका मात्र नभइकन नायिकाको रुपमा प्रस्तुत गर्न सफल भएकी छन्। https://www.youtube.com/watch?v=m1Sc4DGSPNA आफ्नो गायनको गीत बहनिया मिलामा आफै नायिका बनेर बुलन्द अभिनय गरेकी बुनु श्रेष्ठ गायिका मात्र नभइकन नायिका पनि हुन भन्ने प्रमाणित गरेको छ। जुन गीतमा गायिका बुनु श्रेष्ठको अभिनयमा नेपाली चलचित्रका युगिन नायक धीरेन शाक्यले साथ दिएका छन्। बढी नेपाली चलचित्रमा मात्र सक्रिय बनि...
अव गीता एभिएसनबाटै पाईलट कोर्ष गर्न सकिने

अव गीता एभिएसनबाटै पाईलट कोर्ष गर्न सकिने

आर्थिक, समाचार
काठमाडौं । नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले शुभम् एभिएसनले फ्लाइङ स्कुलको लागि पहिलो पटक अनुमति पाएको छ । गीता एभिएसनको सहकार्यमा संचालित शुभम् एभिएसनलाई मन्त्रिपरिषदको निणर्य अनुसार फ्लाइङ स्कुल संचालनका लागि अनुमति प्रदान गरिएको हो । अव स्वदेशमै फ्लाइङ स्कुल संचालन पछि प्रशिक्षणका लागि विदेशिने करोडौं रकम रोकिने छ । लामो समयदेखि रोकिएको पाईलट प्रशिक्षण सम्बन्धि तालिमका लागि फ्लाइङ स्कुल स्थापना भए संगै नेपालमा व्यावसायिक उडान हुन नसकेका विमानस्थलमा फ्लाइङ स्कुल चलाउन सकिने छ । गीता एभिएसनका प्रमुख क्याप्टेन जनक अधिकारीका अनुसार लामो प्रयास पछि वल्ल यो पटकको मन्त्रीपरिषदले नेपालमै पाईलट कोर्षका लागि अनुमति प्रदान गरेको छ । त्यसका लागि एभिएसनले आफ्ना सम्पूर्ण तयारी पुरा गरिसकेको छ । लामो समयदेखि एभिएसन तालिम दिदै आएको गीता एभिएसनको सहकार्यमा शुभम् एभिएसनले ईएएसए(EASA) युरोपीयन स्...
‘गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’:श्रेष्ठलाई राष्ट्र सेवा सम्मान

‘गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’:श्रेष्ठलाई राष्ट्र सेवा सम्मान

मनोरन्जन, समाचार
काठमाडौं । गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्डको दोश्रो संस्करण भव्य रुपमा सम्पन्न भएको छ । होटल हायात प्यालेसमा सम्पन्न उक्त कार्यक्रमा चलचित्र, साहित्य, वातावरण लगायत विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएका ३७ जना प्रतिष्ठित व्यक्तित्वहरुलाई ग्यालेक्सि अवार्ड प्रदान गरिएको छ । निकिला मिडिया नेटवर्क, पव्लिक सूचना तथा भवानी इन्टरटेनमेन्टको सँयुक्त आयोजनामा ​सम्पन्न उक्त कार्यक्रममा चलचित्र, मोडलिङ, शिक्षा, साहित्य, स्वास्थ्य, गैरसरकारी सँस्था, सञ्चार, वातावरण, कला तथा सँस्कृति,खेलकुद लगायतका करिव डेढ दशकभन्दा लामो समयदेखि सक्रिय रहदै आएका उत्कृष्ट व्यक्तित्वहरुलाई अवार्ड वितरण गरिएको हो । प्रत्येक वर्ष करिव २ दशक भन्दा लामो समय क्रियाशील रहेर आफ्नो क्षेत्रबाट देश र समाजमा योगदान दिने व्यक्तित्वलाई राष्ट्र सेवा सम्मान गरिदै आएकोमा यस वर्ष  नेपाल महिला चेम्बरकी अध्...
टोखा नगरपालिकामा गर्नु पर्ने काम अझै धेरै छन् – मेयर अधिकारी

टोखा नगरपालिकामा गर्नु पर्ने काम अझै धेरै छन् – मेयर अधिकारी

राजनीति, समाचार
काठमाडौं । गत वैशाखको स्थानीय तह निर्वाचनमा टोखाको नगरपालिकाको मेयरमा प्रकाश अधिकारी दोस्रो पटक निर्वाचित भएका थिए । टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमदेखि सडक, खानेपानी, मेयर दिवा खाजा, स्वास्थ्य विमा कार्यक्रम, छात्राबृति,सामाजिक विकास कार्यक्रम अन्तर्गत स्वास्थ्य क्षेत्रमा ६० वर्ष उमेर नागरिकको होलबडी चेकअप निशुल्क तथा महिलाहरुको लागि क्यान्सर उपचार देखि निशुल्क ब्लड जस्ता कार्यक्रम मार्फत जनतालाई सेवा दिएको छ । टाेखा नगरपालिकाले हाल आफ्ना मुल मुल सडकहरुमा यसै वर्षभित्र बत्ति राखी सम्पन्न गर्ने योजनाका साथ निरन्तर लागिरहेको बताएको छ। कार्यक्रममा टाेखा नगर प्रमुख प्रकाश अधिकारीले ‘ मेयर उज्यालो कार्यक्रम’ सँगै मेयर सुरक्षा कार्यक्रम पनि टोखा नगरपालिकाको योजना रहेको बताउदै ‘ मेयर सुरक्षा कार्यक्रम’ अन्तर्गत मुख्य सडक, खोलाका किनार र चोरी लाग्ने स्थानहरुमा नगरपालिकाले सिसि क्यामेर...
रामेछाप साँस्कृतिक कलाकार समाजले नयाँ बर्षमा साँस्कृतिक कार्यक्रम गर्ने

रामेछाप साँस्कृतिक कलाकार समाजले नयाँ बर्षमा साँस्कृतिक कार्यक्रम गर्ने

मनोरन्जन, समाचार
रामेछाप कलाकार समाजले नयाँबर्षको अवसरमा आगामी बैशाख ९ गते साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । कलाकार कल्याणकारी कोष स्थापनाका लागी साँस्कृतिक कार्यक्रमका साथै स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्ने समाजले जनाएको छ । रामेछाप बाट निर्वाचित संघिय र प्रदेश प्रतिनिधिलाई सम्मान गर्नका साथै कलाकार कल्याणकारी कोष स्थापनाकालागी सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्ने रामेछाप सास्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले बताएका छन् । रामेछाप साँस्कृतिक कलाकार समाजले उक्त कार्यक्रम बारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । साँस्कृतिक कार्यक्रमबाट उठेको रकमले कल्याणकारी कोष स्थापना गरिने समाजको उदेश्य रहेको संस्थाका उपाध्यक्ष सन्ध्या सानुले बताईन । ...
‘नोजा’को नवौ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

‘नोजा’को नवौ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

समाचार, समाज
अनलाइन न्युजहरुको छाता संगठन ‘राष्ट्रिय अनलाइन पत्रकार संघ’ (नोजा)को नवौ  बार्षिर्केउत्सव समारोह भव्यताको साथ सम्पन्न भएको छ। संघिय सांसद सन्तोष चालिसेको प्रमुख आत्थ्यितमा भएको उक्त कार्यक्रममा लिभर क्यान्सर सम्बन्धि स्वास्थ्य सचेतना सहित अल्काइन पानि र अन्य पानि बीच छलफल तथा अन्तरक्रिया समेत आयोजना गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्दैसांसद सन्तोष चालिसेले अनलाइन मिडिया समाज परिवर्तन र आर्थिक विकासका लागि सूचना सम्वाहकको रुपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए । अनलाइन मिडिया सञ्चालन निर्देशिका सरकारले ल्याइसकेको र यसलाई थप मर्यादित एवं व्यवस्थितका लागि सञ्चार मन्त्रालयले प्रेस काउन्सिल नेपाल, सूचना बिभाग, पत्रकार महासंघ, राष्ट्रिय अनलाइन पत्रकार संघ लगायतका सरोकारवाला संघ संस्था र विज्ञहरुसँग छलफल गर्दै छिट्टै कार्यान्वयनमा ल्याउने पर्नेमा जोड दिनुभयो ।सस्तो लोकप्रियता र राजनी...
‘तिमी नै तिमी’ भन्दै घरमै भित्राए गायक रमेशले मोडल शिलालाई (भिडियो)

‘तिमी नै तिमी’ भन्दै घरमै भित्राए गायक रमेशले मोडल शिलालाई (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । हालै विवाह बन्धनमा बाँधिएका गायक एवं सङ्गीत व्यवसायी रमेश पाठकले आफ्नो जीवनमा परेका सकारात्मक प्रभाव र महत्वलाई साङ्गीतिक स्वरुप दिएका छन । पाठकको आफ्नै युट्युव च्यानल ‘रमेश पाठक’वाट सार्वजनिक गरिएको म्युजिक भिडिओ ‘तिमी नै तिमी’ मा उनले आफ्नो बिबाह र दुई आत्माको मिलन पछिका असीमित खुशीहरु पोखेका छन् । गायक पाठककै शब्दरचना र सङ्गीतमा रहेको यस युगल गीतमा नारायण डंगोलको सङ्गीत संयोजन, नरेन्द्र वियोगीको मिक्सिङ तथा माष्टरिङ रहेको छ भने पाठकलाई गायनमा सुमना गुरुङले साथ दिएकी छिन् । https://www.youtube.com/watch?v=nokCY_Xge2A&t=1s ‘तिमी नै तिमी’ को भिडिओ राजाराम गिरीको निर्देशन एवं सम्पादनमा तयार भएको हो । जसमा योगेश दाहाल, निमेष गुरागाईं र राजाराम स्वयमको सिनेम्याटोग्राफी रहेको छ । भिडिओमा रङ्ग सम्पादन भने दिनशन शाहले गरेका छन् । केही दृश्य वास्तविक र केही अभिनय रहेको यस ...