काठमाडौं । गत वैशाखको स्थानीय तह निर्वाचनमा टोखाको नगरपालिकाको मेयरमा प्रकाश अधिकारी दोस्रो पटक निर्वाचित भएका थिए । टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमदेखि सडक, खानेपानी, मेयर दिवा खाजा, स्वास्थ्य विमा कार्यक्रम, छात्राबृति,सामाजिक विकास कार्यक्रम अन्तर्गत स्वास्थ्य क्षेत्रमा ६० वर्ष उमेर नागरिकको होलबडी चेकअप निशुल्क तथा महिलाहरुको लागि क्यान्सर उपचार देखि निशुल्क ब्लड जस्ता कार्यक्रम मार्फत जनतालाई सेवा दिएको छ ।
टाेखा नगरपालिकाले हाल आफ्ना मुल मुल सडकहरुमा यसै वर्षभित्र बत्ति राखी सम्पन्न गर्ने योजनाका साथ निरन्तर लागिरहेको बताएको छ। कार्यक्रममा टाेखा नगर प्रमुख प्रकाश अधिकारीले ‘ मेयर उज्यालो कार्यक्रम’ सँगै मेयर सुरक्षा कार्यक्रम पनि टोखा नगरपालिकाको योजना रहेको बताउदै ‘ मेयर सुरक्षा कार्यक्रम’ अन्तर्गत मुख्य सडक, खोलाका किनार र चोरी लाग्ने स्थानहरुमा नगरपालिकाले सिसि क्यामेरा जडान कार्यलाई पनि प्राथमिकता दिएको ढल, खानेपानी र सडक कालोपत्रे भइसकेको स्थानमा सडक बत्ती र सिसि क्यामेरा राख्दै अघि बढ्ने नगरपालिकाको योजना रहेको टाेखा नगर प्रमुख प्रकाश अधिकारीको भनाइ छ।
कृषि, पर्यटन, रोजगार, यातायात तथा कौशी खेतीको प्रवद्र्धनका लागि नगरले विशेष सहयोग गरेको नगर प्रमुख अधिकारीले बताए । नगरभित्र कला, सांस्कृतिक सम्पदा तथा ऐतिहासिक मठ मन्दिर एवंम प्राकृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि विशेष योजना रहेको प्रमुख अधिकारी बताउँछन् ।