ढोरपाटनको नवी गाउँमा आगलागी, ३० घर जलेर नष्ट
गलकोट । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजे आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भए ।
नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे नियन्त्रणमा आएको स्थानीयवासीले बताए ।
ढोरपाटन शिकार आरक्षको कर्मचारी तथा नेपाली सेनाका हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको थियो ।
शिकार आरक्षमा रहेको हनुमान ध्वज गुल्मका गुल्मपति सेनानी रविजंग खड्काको नेतृत्वमा १०२ जना आगो नियन्त्रण टोली र ढोरपाटन शिकार आरक्षका कर्मचारीहरुको सहयोगमा बिहान मात्र आगो नियन्त्रणमा आएको हो ।
ढोरपाटन वरपर चिसो मौसमका कारण स्थानीय घनधनी घुम्ती बसाइका लागि तल्लो वोबाङ तथा अन्य ठाउँमा सरेका कारण स्थानीयवासी नभएको समयमा आगो लागेको जनाइएको छ ।
क्षतिको विवरण भने अहिलेसम्म औन सकेको छैन ।
नेपाली सेना र शिकार आरक्षका कर्मचारीको टोलीले गाउँ नै आगो लाग्नबाट बचाएको र आगो जङ्गलतर्फ पस्न नद...









