बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

प्रधानमन्त्रीद्वारा डडेल्धुरामा भएको बस दुर्घटनाप्रति शोक प्रकट

काठमाडौं, मंसिर ७ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डडेल्धुरामा भएको बस दुर्घटना प्रति दुःख प्रकट गरेका छन् ।

शुक्रबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले डडेल्धुराबाट डोटीतर्फ जाँदै गरेको विद्यालय बस दुर्घटनामा परी १८ जनाको निधन र ठूलो संख्यामा यात्री घाइते भएको खबरले आफू अत्यन्तै मर्माहत भएको जनाएका छन् ।

उनले दुर्घटनामा परी ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *