‘शिक्षाका ती दिन’ संस्मरणात्मक कृति विमोचन
काठमाडौं, ०७ पौष – पुष्पराज पौडेलको संस्मरणात्मक कृति ‘शिक्षाका ती दिन’ को विमोचन गरिएको छ । शनिबार हेडस नेपालद्वारा पद्मकन्या क्याम्पसमा आयोजित कार्यक्रम माझ उक्त पुस्तकको विमोचन पूर्व शिक्षा मन्त्री एबम् साहित्यकार मोदनाथ प्रश्रितले गरे । पुस्तक विमोचन पस्चात कार्यक्रम माझ बोल्दै पूर्व मन्त्री प्रश्रितले ‘शिक्षाका ती दिन’ नेपालमा बिगत राणाकाल देखीको शिक्षण अवस्थालाई चित्रण गरेको उल्लेख गर्दै पौडेलको कृति इतिहासको दस्ताबेज रहेको उल्लेख गरे । साथै उनले पौडेलको लेखनी सरल र सरसपूर्ण रहेको भन्दै मुक्तकण्ठले प्रसम्शा समेत गरे ।
कार्यक्रममा कृतिकार पुष्पराज पौडेलले शिक्षाको महत्वलाई उजागर गर्ने उदेश्यका साथ आफूले निजी जिबनमा देखेका भोगेका, सुनेका कुराहरुलाई पुस्तकको रुपमा उतार्न खोजेको राय पेश गरेका थिए । कृतिको समिक्षl गर्दै साहित्यकार तिर्थराज वन्तले पुष्पराज पौडेलको शब्द चयन एबम...









